राष्ट्रिय समाचार

तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३० दशमलव ० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष… पुरा पढौ

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको दायित्व(सञ्चालनसम्बन्धी निर्देशिका २०८० सहित)

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफै उपस्थित भई सूचना तथा सञ्चार मन्त्रालयमा सूचिकरण गर्नुपर्ने भएको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था गरेको छ। सामाजिक सञ्जाल सञ्चालन गर्दा फेक आइडीहरु सञ्जाल गर्न नपाईने भएको छ।   यस्तो छ पूर्णपाठ: सञ्चालनसम्बन्धी निर्देशिका २०८० का मुख्य विशेषता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको दायित्व –सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ।   –निर्देशिका जारी… पुरा पढौ

पहिले तिहारमा मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, अहिले बिक्दैनन्

एक दशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइ नभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।  आजभोलि मादल बिक्री नहुँदा व्यवसाय नै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बूढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन् । प्रविधिको विकाससँगै आजभोलि मादलको सट्टा ‘इलेक्ट्राेनिक्स साउण्ड सिस्टम’ बज्ने गर्छन् । बागलुङको निसीखोला गाउँपालिकाका वीरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष भएको छ… पुरा पढौ

नेपाली कम्युनिटी आएरल्याण्डमा कलाकार प्रस्तुतिसहित दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाली कम्युनिटी आएरल्याण्डमा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आएरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले प्रवासमा गरिने यस प्रकारका कार्यक्रमले नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजलाई बचाउन र दोस्रो पुस्तामा हस्तान्तरण गर्न सहज हुने भनाइ व्यक्त गरे । नेपालबाट आमन्त्रित कलाकार हेमन्त राना र इश्वर सिंहको प्रस्तुति रहेको कार्यक्रममा आएरल्याण्डका लिम्रिक सिटि मेयर आज़ाद तालुक़दारले शुभकामाना मन्तव्य व्यक्त गर्दै दुई देशको कला संस्कृतिको आदान प्रदान गर्न कार्यक्रमले सहयोग प्रदान गरेको विचार व्यक्त गर्दै नेपाली… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

जाजरकोटमा ९ हजार ७ सय घर पूरै भत्किए, ६७ हजार स्थानीय विस्थापित

गत शुक्रबार गएको भूकम्पबाट जाजरकोटका मात्रै ९ हजार सात सय १४ घरहरु पूर्णरुपमा क्षति पुगेको छ। जिल्लाका सातवटा स्थानीय तहमा भूकम्पले ठूलो क्षति गरेको हो।गत शुक्रबार ९कात्तिक १७० गते राति ११ः४७ बजेको समयमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका प्रभावित सात तहमा सबैभन्दा बढी भेरी नगरपालिकामा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकमा २ हजार ५३० घर, नलगाड नगरपालिकामा दुई हजार १०८, छेडागाड नगरपालिकामा १ हजार ९४५ घरधुरी, बारेकोट गाउँपालिकाका एक… पुरा पढौ

जापानमा अन्य व्यक्तिको क्रेडिट प्रयोग गरि ३० करोड बढीको शिन्कान्सेन ट्रेनको टिकट खरिद गर्ने ५ जना पक्राउ

३० करोड येन (२ मिलियन डलर) भन्दा बढीको क्षति हुने अन्य व्यक्तिको क्रेडिट कार्ड डाटा प्रयोग गरेर अनलाइनमार्फत शिन्कान्सेन ट्रेनको गरि टिकट खरिद गरेको आरोपमा एक जापानी र चार चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरिएको छ।शंकास्पद व्यक्तिहरूमा निश्चित ठेगाना नभएका २८ वर्षीय चिनियाँ नागरिक झाङ सियाउ र पश्चिमी जापानको कोबेमा बस्ने ५५ वर्षीय जापानी कम्पनीका कार्यकारी अधिकृत योशिसुके हायाशिदासहितलाई सोमबार पक्राउ गरेको जापान प्रहरीले जनाएको जापानी सञ्चारमाध्यमले आफनो समाचारमा उल्लेख गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ७८० जना व्यक्तिको अवैध रूपमा क्रेडिट… पुरा पढौ

यस वर्षको भाइटीकाको साइत नेपाल र विदेशमा कति बेला? जापानमा भने १०: ४५ बजे

यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ । त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।  यस… पुरा पढौ

बुर्तिबाङ बजार नजिकै ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

बुर्तिबाङ बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ बजार नजिकै गए राती ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ । बागलुङकै वडिगाड गाउँपालिकाको भिमगिठे हुँदै सोमबार राती सवा १० बजेतिर बुर्तिबाङ बजार तर्फ आइरहेको ध १ ज ९९४ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका २ मलकटिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा चालक,सावरी धनी तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिका २ पाखुते बस्ने २८ वर्षीय होमबहादुर पुन र ट्याक्सीमा सवार वडिगाड गाउँपालिका ६ छिसफाँट बस्ने ३२ वर्षीय अश्विन परियारको… पुरा पढौ

‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, त्यसको अर्थ के?

नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको छ।  त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।  तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ।  चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य… पुरा पढौ