राष्ट्रिय समाचार

वर्षकै सर्वाधिक सफल चलचित्र महापुरुष जापानमा प्रदर्शन हुने

टोकियो, जापान । यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानमा प्रदर्शन हुने भएको छ । नेपाली हांस्य कलाकारिताका सर्वाधिक लोकप्रिय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायत कलाकारहरुको अभियन रहेको चलचित्र राजधानी टोकियोको नाकानो जेरो हलमा जनवरी ७ तारिख शनिवार प्रदर्शन हुने भएको हो । चलचित्रलाई पर्वत समाज जापानले प्रदर्शन गर्न लागेको अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो ।चलचित्र नाकानो जेरोहलमा जनवरी ७ तारिख शनिवार दिउँसो ३ र साँझ ६ बजे गरेर दुई… पुरा पढौ

टोकियो महानगरले १८ वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई प्रति महिना ५ हजार येन प्रदान गर्ने

टोकियो महानगर सरकारले घट्दो जन्मदरसँग लड्नका लागि १८ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूलाई प्रति महिना करिब ५,००० येन (लगभग $३८.२८) रकम सुविधा उपलब्ध गराउने योजना बनाएको टोकियोका गभर्नर युरिको कोइकेले बताएकी छन । गभर्नर कोइकेले टोकियो महानगरीय सरकारको मुख्यालयमा बुधबार नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा देशकै घट्दो जन्मदरलाई सन्तुलित राख्नका लागि महानगर सरकारले सो सुविधा उपलब्ध गराउन लागेको जानकारी गराएकी हूँ । उक्त प्रदान गरिने लागेको सुविधामा आम्दानीको सीमा लगाउने कुनै योजना नरहेको बताइएको छ। महानगरीय सरकारले उच्च… पुरा पढौ

गलकोट समाज जापानले स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ आयोजित ‘सॉंगीतिक धमाका-२०२३’ जापानका चार शहरमा भव्यताका साथ सम्पन्न

जापानमा सबैले भन्ने चर्चित वाक्याश हो ‘जापान गलकोटेहरूले खाए ’ ।अंग्रेजी नयाँवर्षको स्वागतसँगै गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ जापानका मुख्य चार शहरमा आयोजना गरिएको ‘सॉंगीतिक धमाका-२०२३’ मा देखिएको उत्साहपूर्ण सहभागिताले यो वाक्याशलाई पुष्टि गरेको हो की भन्ने देखायो । बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशिल रहेका गलकोटे नेपालीहरूको जापानमा बाक्लो उपस्थिति रहेको र तिनै गलकोटेहरूद्वारा सन् २००६ मा स्थापित संस्था गलकोट समाज जापानले सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप गर्न आर्थिक संकलनका लागि गरिने कार्यक्रमका… पुरा पढौ

विमानस्थलले ल्यायो पोखराबासीको खुसीको बहार

पोखरा । पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो पर्यटकीय नगरी पोखरामा अन्तर्राष्टिय विमानस्थल। यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले। प्रचण्ड पहिलो र दोश्रो पटक प्रधानमन्त्री बन्दा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो। पोखरा विमानस्थल निर्माण गर्न सकेमा यसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नै उल्लेख्य असर पर्ने कुरा सोचेर चीनसँग निर्माणका लागि सहयोग खोजेका थिए प्रचण्डले। संयोग नै भनौं, आज प्रधानमन्त्री प्रचण्डले नै पोखरा अन्तर्राष्टिय विमानस्थलको उद्घाटन गरे। मन्तव्यका क्रममा उनले भने, ‘आजको… पुरा पढौ

जापानमा धनकुटाका २७ वर्षिय अनिश कटवालको असामयिक निधन

विद्यार्थी भिषामा ६ महिना अघि जापान आएका धनकुटाका अनिश कटवालको आफ्नै कोठामा असामयिक निधन भएको छ ।अँग्रेजी नयाँ वर्षको अघिल्लो दिनमा कटवालको आफु बस्दै आएको कोठामा नै निधन भएको उनीसंगै संगै बस्दै आएका साथीहरूले जानकारी दिएका छन । सन् २०२२ को जुलाईमा जापान आएका मृतक कटवालका साथीहरूका अनुसार अनुसार कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो) मा नै जनवरी १ तारिख बिहान मृत भेटिएका हुन् ।‘हामी बिहान ५ बजे नयाँ बर्षकोमा बाहिर मनाएर कोठामा पुगेका थियौं, भित्र हेर्दा… पुरा पढौ

किन र कसरी पुग्यो नेपाली कांग्रेस प्रतिपक्ष बेन्चमा ?

नेपाली कांग्रेस नेतृत्वले पौष १० गते आइतवार दिउसो एक बजेसम्म पनि गठबन्धनको प्रमुख सहयात्री माओवादीलाई प्रम छोड्न मानेन। उसले ८९ सीट ल्याएको पार्टी कांग्रेसको प्रम र राष्ट्रपति दुबै हुनुपर्छ भन्ने अडान कायम राख्यो। "साथीहरु मानेनन" भनेर शेर बहादुर देउवाले सत्ताको गोटी आफुसंगै राख्ने चाल चले । यस अघिको चुनावमा प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको कांग्रेसलाई सत्तामा पुराउने माओवादी नै थियो भन्ने हेक्का समेत राख्न सकेनन । सायद कांग्रेसको रणनीति थियो - समय घटेट्दै लैजाने र राष्ट्रपतिले दिएको आइतवार पॉच बजेसम्मको… पुरा पढौ

जापानी समुद्री क्षेत्रमा उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल प्रहार

उत्तर कोरियाले जापानी समुद्री क्षेत्रमा तीन वटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। राजधानी प्योङयाङबाट यी ब्यालेस्टिक मिसाइल प्रहार भएको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्। जापानले दुई शंकास्पद मिसाइल कोरियाको पेनिनसुलास्थित पूर्वी तटीय क्षेत्रमा खसेको बताएको छ। जापानी समाचार संस्था एनइचकेले उत्तर कोरियाले छोटो दूरीका शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उल्लेख गरेको छ। उत्तर कोरियाले यो वर्षमात्रै ३७ वटा ब्यालेस्टिक मिसाइल जापानी सामुद्रिक क्षेत्रमा प्रक्षेपण गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार ग-यो’, दक्षिण कोरियाका संयुक्त… पुरा पढौ

जापानमा कोरोना संक्रमण बढ्दै गएपछि चीनबाट आउने यात्रुमाथि निगरानी बढाईयो

चीनमा नयाँ कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि जापानमा ३० गते अर्थात् शुक्रबारदेखि अस्थायी रूपमा सीमा नाकाबन्दी गरिएको र नारिता विमानस्थलमा चीनबाट सिधा उडानमा आउने यात्रुको प्रवेशको समयमा निरीक्षण गरिएको गर्न थालिएको छ । संक्रमणको संख्या र रेकर्ड-स्तरको बढ्दै गई मृत्युको सामना गरिरहेकोले त्यहाँ बढ्दो संक्रमणको बिरूद्ध आपतकालीन उपायको रूपमा जापानले शुक्रबार चीनबाट आउने सबै यात्रुहरूको लागि कोभिड-१९ को परीक्षणहरू आवश्यक परेको बताएको हो । सरकारले ३० तारिखदेखि चीनबाट सिधा उडानबाट जापान प्रवेश गरेका वा ७ दिनभित्र चीनको मुख्य भूमि… पुरा पढौ

१२ औं तलाबाट हाम फाल्नु अघि निराकार पाण्डेले भने ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।  पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले उपलब्ध गराएको छ। उनले छोरासँग… पुरा पढौ

विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनु भएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले व्यापक विरोध गरेका थिए । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने… पुरा पढौ