हिन्दू नेपालीहरुको दसैँ पछिको दोस्रो ठुलो चाड तिहार (दीपावली) हो ।यो शरद ऋतुको कार्तिक कृष्ण त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म धुमधामका साथ मनाइन्छ । यो पन्छी काग,जनावरहरु कुकुर,गाई,गोरु तथा दाजुभाइलाई पूजा गरेर अध्यारोबाट उज्यालोतर्फ लैजाने प्रकाशको उत्सव हो । तिहारलाई दीपावली, यमपञ्चक, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व पनि भन्ने गरिन्छ । संविधानत नेपाल धर्म निरपेक्ष मुलुक भएपनि बहुसङ्ख्यक नेपालीहरु तिहारलाई सांस्कृतिक तथा धार्मिक दुवै दृष्टिले महत्वका साथ मनाउने गर्दछन । हिन्दु सभ्यतामा प्रत्येक शुभ कार्य दीयो बालेर शुभारम्भ गरिने भएको…
पुरा पढौ