राष्ट्रिय समाचार

बसाइसराइले सुनसान बन्दै गाउँ 

सल्ला र सालका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) ।  फराकिला आँगन र कठबार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरि खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आँखैमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटर गाडी । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको सल्यान पछिल्लो समय बसाइसराइका कारण उजाडिँदै जान थालेको छ । एक दशक अघिसम्म बाक्लो बस्ती भएका गाउँ बसाइसराइका कारण पातलिँदै गएका छन् । बितेको एक… पुरा पढौ

ब्राजिलका लिजेण्ड फुटबल स्टार पेलेको ८२ वर्षको उमेरमा निधन

नाङ्गो खुट्टा गरिबीबाट माथि उठेर आधुनिक खेल इतिहासको सबैभन्दा महान् र चर्चित एथलीट बनेका ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।कोलोन क्यान्सरबाट थलिएका पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पताल त्यहाको स्थानीय समय दिउँसो ३:२७ मा उनको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका हुन। ब्राजिललाई तीन पटक विश्वकप जिताउन नेतृत्व गर्ने र "फुटबलका राजा" उपनामले चिनिने ब्राजिलको राष्ट्रिय टोलीका पूर्व सदस्य पेलेको २९ तारिखमा निधन भएको हो । साओ पाउलोको अस्पतालमा नोभेम्बरदेखि नियमित अस्पतालमा… पुरा पढौ

जापानमा बुधबार कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

जापानमा बुधबार नयाँ कोरोनाभाइरसको कारण देशव्यापी मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ ।  स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार मात्र देशव्यापी रूपमा एकैदिनमा ४१५ जनाको मृत्यु भएको हो । सेप्टेम्बर २ मा ३४७ जनाको मृत्युपछि यो  एकै दिनमा घोषणा गरिएको सबैभन्दा उच्च संख्या हो ।  यसका साथै मन्त्रालयका अनुसार २८ गते घोषणा गरिएको जापानमा विमानस्थल क्वारेन्टाइनमा रहेकासहित नयाँ संक्रमितको संख्या २ लाख १६ हजार २१९ रहेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय अन्तरगतको विज्ञ सम्मिलित… पुरा पढौ

‘जापान र नेपालबीचको सम्बन्ध थप उचाईमा पुर्‍याउने छु’ ‐ राजदूत डा.सुवेदी

जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापान बीचको सम्बन्धलाई उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । अंग्रेजी नयाँ वर्ष २०२३को पूर्वअवसरमा एनआरएनए जापानले टोक्योमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै राजदूत डा.सुवेदीले दुई देश बीचको सम्बन्ध उचाईमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् । जापान सरकार र जापानीज नागरिकबाट नेपालको आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक विकासमा सहयोग र साहायता जुटाउनु साथै अभिवृद्धि गर्न भूमिका निर्वाह गर्ने उनले बताए । राजदूत डा.सुवेदीले नेपाल र जापान बीच रहेको जनस्तरको सम्बन्धलाई अझ घनिष्ट र प्रगाढ… पुरा पढौ

गलकोट समाज जापानको आयोजना हुने ‘सॉंगीतिक धमाका-२०२३’ को सम्पूर्ण तयारी पुरा, प्रकाश, रचना, श्रीकृष्ण र इश्वर धमका मच्चाउन जापान आइपुगे

“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ”भन्ने मूल मान्यताका साथ स्थापित NPO法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ हुने ‘सॉंगीतिक धमाका-२०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिक ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जानकारी दिइन । ‘कार्यक्रमका लागि सोमबार नै कलाकार… पुरा पढौ

शोगात्सु मनाउँदै: जापानको नयाँ वर्ष परम्पराको पहिलो कदमको यथार्थता

जापानमा परम्परागत रूपमा नयाँ वर्ष तीन दिनसम्म रहन्छ , धेरै मानिसहरूले विस्तारित बिदाहरू प्रयोग गरेर परिवारलाई भेट्न, पुरानो सम्बन्धहरू नवीकरण गर्न वा घरमा आराम गर्न प्रयोग गर्छन्। जापानी लोककथा र शास्त्रीय साहित्यका एक विशेषज्ञले पुरानो चलनको उत्पत्तिलाई उजागर गर्ने प्रयास गरेका छन।नयाँ वर्षको सुरुवात मनाउने विश्वभरि एउटा महत्त्वपूर्ण घटना हो जनवरी १। धेरै देशहरूमा एक मान्यता प्राप्त बिदाको दिन पनि हो जनवरी १, जापानमा गान्तान (नयाँ वर्षको दिन) शोगात्सु भनेर चिनिने तीन दिनको उत्सवको सुरुवात हो। जापानको नयाँ वर्षको परम्पराको… पुरा पढौ

जापानको अदालतले आप्रवासी विदेशीलाई देश निकाला गर्ने अध्यागमनको कार्यलाई असंवैधानिक ठहर 

टोकियो जिल्ला अदालतले एक विदेशी नागरिकलाई शरणार्थी स्थिति खोज्ने उनको आवेदन खारेज गरि देश निकाला गर्ने अध्यागमन अधिकारीहरूको कार्य असंवैधानिक भएको फैसला गरेको छ ।सन् २०१९ मा एक अफ्रिकी व्यक्तिलाई शरणार्थीको रूपमा जापानमा रहनका लागि गरेको आवेदन खारेज गर्ने न्याय मन्त्रीको निर्णयको बारेमा जानकारी दिएकै दिनमा निर्वासन गर्ने प्रयासलाई जापानको क़ानून विपरित रहेको ठहर गर्दै असंवैधानिक भएको फैसला गरेको हो ।अध्यागमन अधिकारीहरूले ३० वर्ष उमेरका जापानको संविधानको धारा ३२ ले गरेको ग्यारेन्टीलाई कानुनी अदालतमा जानबाट रोकेको आधारमा व्यक्तिले जापानी सरकारलाई… पुरा पढौ

जापानका प्रमुख कम्पनीहरूमा हिउदे बोनस ९ प्रतिशतसम्म बढ्यो

यस वर्ष प्रमुख जापानी कम्पनीहरूमा औसत हिउदे बोनस एक वर्ष अघिको तुलनामा ८.९२ प्रतिशतले बढेको छ । कोभिड-१९ को महामारी पछिको प्रतिबन्धहरूबाट अर्थतन्त्र पुन: खोल्दा कम्पनीहरूको वित्तीय अवस्थामा सुधार हुँदा तीन वर्षमा पहिलो पटक औसत हिउँदे बोनस बढेको हो । जापान बिजनेस फेडरेसनले बिहीबार गरेको सर्वेक्षणका अनुसार बोनस वितरणलाई व्यवस्थित बनाईएको १९८१ पछि पछिकै पच्चिकाई सबैभन्दा तीव्र वृद्धि भएको बताइएको छ । यस वर्षको वसन्तमा मासिक तलब २ प्रतिशत भन्दा बढि बढेपछि "उच्च तलबको लागि गति जारी छ", देशको सबैभन्दा… पुरा पढौ

जापानमा कोभिड-१९ सङ्क्रमण बढेसंगै टोकियो क्षेत्रको स्वास्थ्य प्राणाली ‘हाइ अलर्ट’ मा

जापानको टोकियो महानगर सरकारले कोभिड सङ्क्रमण बढेसंगै बिहिबार सेप्टेम्बर ८ पछि पहिलो पटक चार-स्तरीय स्केलमा चिकित्सा तयारीको लागि आफ्नो सतर्कतालाई उच्च स्तरमा बढाएको छ ।जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख ५० हजार भन्दा बढि सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख ५० हजार जना सङ्क्रमित थपिएका हुन् । कोभिड–१९ का गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको र थप स्वास्थ्यकर्मीहरू भाइरसबाट संक्रमित भएका वा नजिकको सम्पर्कमा आएकाले राजधानीमा चिकित्सा… पुरा पढौ

नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने

तामाङहरूको राष्ट्रिय पर्व मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने भएको छ ।प्रवासमै रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उदेश्यले मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार (तावर ल्हो/बिरालो वर्ष) राष्ट्रिय पर्वमा नेपालबाट आमन्त्रित र स्थानीय कलाकारहरुको साथमा जनवरी २२ मा सास्कृतिक कार्यक्रम गरिन लागेको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी दिए ।टोकियोको नाकानो जिरो हलमा गरिने उक्त कार्यक्रमले आफ्नो जातीय पहिचानसहित सस्कृति र परम्परालाई बचाई राख्न पुस्तान्तरण गर्न… पुरा पढौ