राष्ट्रिय समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको… पुरा पढौ

३० वर्षदेखि नेपालमै रमाएका जापानी ‘ओके बाजे’

अर्काको देशमा आएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन्। मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन्। आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ। जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन्। तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन्। देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा उनी… पुरा पढौ

कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो

राम्रै गैर सरकारी संस्थामा काम गर्थिन गर्थिन् निरु लामा। पढाइ ब्याचलर पास। आम्दानी पनि ठिकै। साथीहरू सबै विदेश गइरहेकै थिए। उनले पनि जापान जाने सोच बनाइन्। जापानी भाषा सिकिन्। भाषा उर्तिण गरे पनि बैङ्क स्टेटमेन्ट मिलेन भनेर उनको भिसा आएन। विदेश जाने योजनामा उनले नेपालको जागिर छाडिसकेकी थिइन्। एक पटक असफल भए पनि जापान जान्छु नै भन्ने भयो उनलाई। २०७६ सालको सुरुवाततिर फेसबुक चलाउँदै गर्दा सूर्य कर्पोरेसनको फेसबुक पेज देखिन्। विभिन्न साङ्गीतिक अनि पुरस्कार कार्यक्रमभन्दै उसले नेपालबाट विभिन्न कलाकारलाई विभिन्न… पुरा पढौ

वैदेशिक रोजगारीका लागि गएका ७ सय भन्दा बढी नेपाली जेलमा

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ७ सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् । सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना युएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरुष र १ जना महिला गरेर १२८… पुरा पढौ

गुल्मीको कफी जापान र फ्रान्स निर्यात हुन थालेपछि बढ्यो किसानको आकर्षण

रेसुङ्गा – गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन्। यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ। संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ। किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ। जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ। कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन… पुरा पढौ

विश्वकप २०२२ः अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीतर्फ… पुरा पढौ

भोजपुरका ४२ वर्षीय दिवश राई जापानमा मृत फेला परे

टोकियो – टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षिय दिवश राई गएराति मृत अवस्थामा फेला परेका छन् । भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नं ४ घरभई रोजगारीका सिलसिलामा विगत १३ वर्ष देखि जापानमा रहँदै आएका र हाल श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । राति साढे ११ बजे श्रीमती कामबाट फर्कदा राई मृत अवस्थामा भेटिएको र लगत्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।… पुरा पढौ

लाइभ दोहोरीमा ‘फोहोरी’ : बालकलाकारको बढ्दो प्रयोगबारे के भन्छन् सरोकारवाला?

हे जानु है बेलुकी पानी पिएर घुम्न जाउँ तलतिर दश लाख लिएर बालगायिका कमला घिमिरेले टुक्का सुनेर सबै हाँस्छन्। कमला पनि खित्का छाडेर हाँस्छिन्। एकछिन रोकिन्छिन् अनि सँगै दोहोरी गाउनेहरुले लय तान्दै गीत अघि बढाउँछन्। त्यसपछि गीत गाउने पालो आउँछ - सुमन परियारको। उनले कमलाको गीतको जवाफ दिँदै भन्छन: नानीको कुराले सातो गयो नि दश लाखको माया त मंहगो भयो नि यतिमै मात्र सीमित हुँदैन उनीहरुका दोहोरी। यस्तै हो छोडिदेऊ अब संसार चल्न त परिगो कोही - कोही अनुसार फेरि… पुरा पढौ

क्रोएसिया बन्यो फिफा विश्वकपको तेस्रो स्थानको विजेता

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ७ औं मिनेटमै जोस्को ग्भारडिओलको गोलमा क्रोएसियाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका लागि दोस्रो गोल मिस्लाभ ओर्सिचले ४२ औं मिनेटमा गरे। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा क्रोएसिया फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा रहन सफल भयो। यी दुई टोली एउटै… पुरा पढौ

६५.२४ सेन्टिमिटरका अफसिन बने विश्वकै होचा व्यक्ति

विश्वकै सबैभन्दा होचा जीवित व्यक्ति बनेका छन् इरानका अफसिन इस्माइल गदरजादे बनेका छन्। उनको उचाइ ६५.२४ सेन्टिमिटर छ । गिनिज वर्ल्ड रेकर्डले प्रमाणीकरण गरेकामध्ये चौथो सबैभन्दा होचा व्यक्ति हुन् । अफसिन इरानको पश्चिम अजरबैजान प्रान्तस्थित बुकान काउन्टीका हुन् । उनी कुर्दिस र फारसी दुवै भाषा जान्दछन् । जन्मिँदा उनको तौल ७ सय ग्राम मात्र थियो। अहिले उनको तौल ६.५ किलो मात्र छ । होचो भएकै कारण उनी स्कुल जान सकेनन् । तर, भर्खरै उनले आफ्नो नाम लेख्न भने सिकेका छन्… पुरा पढौ