राष्ट्रिय समाचार

भलिबल खेलको प्रवर्द्वनका लागि जापानमा कार्यरत १० जना खेलप्रेमीलाई सल्लाहकारमा चयन

नेपाल भलिबल संघ गलकोट नगर समितीले राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्वन गर्ने उद्येश्यले सल्लाहकार नियुक्त गरेको छ । समितीले देश विदेशमा रहेका गलकोटबासी नागरिकहरुलाई खेल क्षेत्रसँग जोडदै भलिबलको थप स्तरवृद्वि गर्न १० जना खेलप्रेमीलाई सल्लाहकार नियुक्त गरिएको नेपाल भलिबल संघ गलकोट नगर समितिका अध्यक्ष हुम थापाले जानकारी दिए । चयन गरिएका सल्लाहकारहरूमा डिलाराम निउरे, हिमाल कँडेल, दिनेश थापा, दुर्गा थापा, मनोज केसी, रमेश कुमार खत्री, महेन्द्र साहानी, भबिन थापा, राजा खत्री, प्रकाश केसी रहेको भलिबल संघले जनाएको छ ।… पुरा पढौ

टोकियोमा जापानी प्रविधिमा बन्ने केवल कारमा लगानीको अवसर र चुनौती’ विषयक अन्तरक्रिया हुने

जापानको टोकियोस्थित सिनओकुवोमा ‘जापानी प्रविधिमा बन्ने केवल कारमा लगानीको अवसर र चुनौती’ विषयक अन्तरक्रिया हुने भएको छ । आयोजकका अनुसार अन्तरक्रिया कार्यक्रम गजेबो होटलमा आज साँझ ६ बजेदेखि शुरु हुने भएको हो । सो कार्यक्रममाका लागी जापानी प्रविधिमा हालै सम्पन्न भएको नेपालको पोखरा सराङकोट केवल कारका सञ्चालक समितिका अध्यक्ष कालु गुरुङ र मुख्य लगानीकर्ता रामेश्वर थापालगायतको टोली टोकियो पुगेको छ । टोली निप्पोन केबलकारको विशेष निमन्त्रणामा आज जापान आइपुगेको हो । उनीहरूलाई अन्नपूर्ण केबलकार जापानका प्रतिनिधि तथा एनआरएनए जापानका सल्लाहकार… पुरा पढौ

वाइनको मूल्यमा गिरावट आएसंगै जापानमा ३० प्रतिशतले खपत बढ्यो

कुनैबेला उच्च कुलिन वर्गको पेय पदार्थको रूपमा लिने गरिएको वाइन अब सुविधाजनक स्टोर र सुपरमार्केटहरूमा ५०० येनबाट बिक्रीमा पाउन सकिन्छ जसले गर्दा सम्पूर्ण सर्वसाधारणले पनि सहज रूपमा खरिद गरेर घरमै रमाइलो गर्न सकिने भएको हो ।जापानी मदिरा निर्माता मर्सियानले अर्थ मन्त्रालयको भन्सार तथा ट्यारिफ ब्यूरो र राष्ट्रिय कर एजेन्सीले प्रकाशित गरेको तथ्याङ्क अनुसार सन् २०२० मा वाइनको घरेलु खपत ३ लाख ४७ हजार ७१० किलोलिटर रहेको पाइएको छ । कोभिड महामारीको प्रभाव लगायतका कारणबाट यस वर्ष गतवर्षको तुलनामा उपभोग दर… पुरा पढौ

माइक्रोसफ्टका संस्थापक विल गेट्स सँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पाए जापानको राजकीय सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई बिहिबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरेका हुन । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो ।… पुरा पढौ

मञ्जुलको कामी, मन्जुको साकुराको देशबाट र पारखीको मनको मन्दिर कर्मभूमि नया वर्षसंगै विमोचन हुने

नयाँ वर्ष २०२३ को अवसर पारेर अनेसास जापानले एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी ३ तारिक टोकियोको सिनओकुबोमा शुभारम्भ साहित्य कार्यक्रम सम्पन्न गर्न अनेसास जापान आवश्यक तायरी थालेको छ। सो कार्यक्रममा जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, के बी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ र मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ को कर्मभूमि विमोचन समेत गरिने भएको हो । कार्यक्रममा जापानमा बसेर मुक्तक सिर्जना गरिरहेका मुक्तककारहरूको विशेष मुक्तक वाचन ‘मुक्तक मञ्जरी… पुरा पढौ

जापान सरकारले कोभिड-१९ का संक्रमित बिरामीलाई अन्य संक्रामक रोग सरह व्यवहार गर्दै उपचार गर्ने तयारी

जापानको संक्रामक रोग नियन्त्रण कानूनले जोखिमको घट्दो क्रममा श्रेणी एकदेखि पाँचसम्म वर्गीकरण गर्दै COVID-19 र इन्फ्लुएन्जालाई नयाँ प्रकारका संक्रामक रोगहरूको छुट्टै स्लट तोकेको छ ।COVID-19 लाई अहिलेसम्म दोस्रो श्रेणीका रोगहरू जस्तै व्यवहार गरिएको छ । यसले सरकार र प्रिफेक्चरल गभर्नरहरूलाई संक्रमण रोक्नको लागि हरेक उपायहरू अबलम्वन गर्न बलियो अख्तियार दिएको छ । यद्यपि केन्द्र सरकारले यसलाई श्रेणी पाँचमा झार्ने विचार गरिरहेको बताईएको छ । दोस्रो श्रेणीका लागि गभर्नरहरूसँग बिरामीहरूलाई घरमा निको हुन अनुरोध गर्ने अधिकार छ। उनीहरूले गम्भीर रोगको उच्च… पुरा पढौ

जापानले कोरोना संक्रमणबाट मृत्यु हुनेको अन्त्येष्टी गर्दा प्लाष्टिकको झोलामा राखिनुपर्ने बाध्यात्मक अवस्थालाई हटायो

जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले कोभिड-१९ कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको शवलाई अन्त्येष्टी गर्दा प्लाष्टिकको झोलामा राखिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाउने भएको छ । कोभिड-१९ पीडितका लागि अन्त्येष्टि गर्ने मार्गनिर्देशनहरू लागि तयार पारेको मस्यौदा अनुसार रोगको फैलावटलाई कम गर्ने उपायहरूको रूपमा शवहरूलाई झोलामा राख्नुपर्ने बाध्यात्मक अवस्थालाई खारेज गरि महामारीको अघि जस्तै अन्तिम बिदाइ गर्न सहज अनुमति दिइने भएको हो । मन्त्रालयले २०२० को जुलाईदेखि कोरोना संक्रमणबाट मृत्यु हुने परिवारका सदस्यहरू, चिकित्सा कर्मचारीहरू र अन्त्येष्टि सेवा कर्मीहरू बीचमा कोरोनाभाइरसको फैलावट रोक्नको… पुरा पढौ

एनआरएनए क्युस्यु, फुकुओकाले लिभिङ सपोर्ट सेमिनार गर्ने

एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको गरिने भएको छ डिसेम्बर २१ तारिक गर्न लागिएको कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुबाट भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे… पुरा पढौ

प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै, समानुपातिकबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको आयोगले जानकारी दिएको छ । त्यसैगरी जनता समाजवादी पार्टी जसपा र… पुरा पढौ

विश्वकप फाइनलमा अर्जेन्टिना भर्सेज फ्रान्स, मेसी भर्सेज एम्बाप्पेको रोचक भिडण्त

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।  विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो ।कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोविरुद्ध सहज जित निकाल्यो । फ्रान्सको… पुरा पढौ