भोजपुरका ४२ वर्षीय दिवश राई जापानमा मृत फेला परे

-


     जनहित न्युज    
     पौष ३ गते २०७९


टोकियो – टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षिय दिवश राई गएराति मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नं ४ घरभई रोजगारीका सिलसिलामा विगत १३ वर्ष देखि जापानमा रहँदै आएका र हाल श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

राति साढे ११ बजे श्रीमती कामबाट फर्कदा राई मृत अवस्थामा भेटिएको र लगत्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीले जिम्मा लिए लगत्तै आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजादै गरेको पारिवारिक निकट स्रोतले जनाएको समुद्रपारि डटकमले आफ़नो समाचारमा उल्लेख गरेको छ ।

राईको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । स्वर्गिय राईकी नेपालमा ७ बर्षिय एक छोरी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?