टोकियोमा जापानी प्रविधिमा बन्ने केवल कारमा लगानीको अवसर र चुनौती’ विषयक अन्तरक्रिया हुने

-


     जनहित न्युज    
     पौष २ गते २०७९


जापानको टोकियोस्थित सिनओकुवोमा ‘जापानी प्रविधिमा बन्ने केवल कारमा लगानीको अवसर र चुनौती’ विषयक अन्तरक्रिया हुने भएको छ । आयोजकका अनुसार अन्तरक्रिया कार्यक्रम गजेबो होटलमा आज साँझ ६ बजेदेखि शुरु हुने भएको हो ।

सो कार्यक्रममाका लागी जापानी प्रविधिमा हालै सम्पन्न भएको नेपालको पोखरा सराङकोट केवल कारका सञ्चालक समितिका अध्यक्ष कालु गुरुङ र मुख्य लगानीकर्ता रामेश्वर थापालगायतको टोली टोकियो पुगेको छ । टोली निप्पोन केबलकारको विशेष निमन्त्रणामा आज जापान आइपुगेको हो ।

उनीहरूलाई अन्नपूर्ण केबलकार जापानका प्रतिनिधि तथा एनआरएनए जापानका सल्लाहकार सन्तोष पौडेलसहित निप्पोन केवल कारका तर्फबाट चिकायोसी किसु र हिदेको सातोले नारिता विमानस्थलमा स्वागत गरेका थिए । एनआरएनए जापानले आयोजना गरेको साँझको अन्तरक्रिया कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरूमा आग्रह गरिएको छ ।

विस्तृत जानकारीको लागि सन्तोष पौडेल 090-1195-9756 र शिवप्रसाद पौडेल 080-6527-7479 लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?