राष्ट्रिय समाचार

जापानको योकोहामाको पार्कमा नवजात शिशुको शव फ्याँकेको आशंकामा २० वर्षीया महिला पक्राउ

योकोहामाको सेया वार्डको पार्कमा शिशुको शव फ्याँकेको आशंकामा नजिकै बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ । अकुवानिशी सेया-कु, योकोहामामा बस्ने आंशिक कामदारको रूपमा कार्यरत मासासी नोमुरा सो आरोपमा पक्राउ गरिएको जापान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपी नोमुराले आफ्नो घरबाट करिब ५०० मिटरको दूरी सेया वार्डको अकुवाहिगाशीको पार्कमा शिशुको शव फ्याँकेको आशंका गरिएको छ। शुक्रबार दिउँसो करिब ३ः३० बजे नजिकैका एकजना बासिन्दाले ‘पार्कमा बच्चाको शव छ’ भनेर प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो । सेक्युरिटी क्यामेराको… पुरा पढौ

फिफा विश्वकपः मेस्सी र अल्भारेजको गोलले अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाका इन्जो फर्नान्डेजले गरेको आत्मघाती गोलका कारण अस्ट्रेलियाले एक गोल फर्कायो । खेलको ३५ औँ मिनेटमा  मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल… पुरा पढौ

जापानको फुकुओकामा युवतीमाथि चक्कु प्रहार

जापानको फुकुओका प्रान्तको कासुगा सहरको सडकमा व्यावसायिक विद्यालयमा पढ्दै आएकी २१ वर्षीया युवतीको घाँटीमा चक्कु प्रहार भएको छ ।शनिबार बिहान ३ बजेतिर कासुगा सहरको कासुगहरा हिगाशिमाचीमा एक महिलाले आफुमाथि घाँटीमा छुरा प्रहार गरेको खबर गरेपछी घटनास्थलमा प्रहरी पुग्दा साथीको कारमा रगत बागिरहेको घाइते अवस्थामा ती युवतीलाई फेला पारेको प्रहरीले जनाएको छ । प्रहरी र अन्य घटनास्थलमा पुगेपछि ती युवती बेहोस भएको र उनलाई अस्पताल लगिएको थियो । उनको घाँटीलगायत विभिन्न ठाउँमा छुरा प्रहार गरिएकोले स्वास्थ्य अवस्था गम्भीर रहेको बताईएको छ… पुरा पढौ

फिफा विश्वकपः नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ?(तालिकासहित)

कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो । सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो । ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । २२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो ।… पुरा पढौ

फिफा विश्वकपः स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा

समूह 'ई'को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ। एक पटकको विजेता स्पेनलाई पराजित गर्न जापानका लागि रित्सु डोआनले ४८ औँ मिनेट तथा एओ टानाकाले ५१ औँ मिनेटमा एक-एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले ११ औँ मिनेटमा एक गोल गरे । सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो।… पुरा पढौ

टोकियोमा “विशेष अण्डा” किन्न र खानको लागि पैसा दिइने भन्दै पिरामिड शैलीमा व्यापार गर्ने व्यापारी पक्राउ

जापानको टोकियोमा "विशेष अण्डा" किन्न र खानको लागि पैसा दिइने भन्दै पिरामिड शैलीमा व्यापारिक योजना संचालन गरि लगानीकर्ताहरूलाई उकसाएको आरोपमा दुई जना पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग (MPD) ले बताएको छ।प्रहरीको सामुदायिक अर्थ विभागले टोकियोको मिनातो वार्डका निवासी कम्पनी प्रमुख ५८ वर्षीय मसाहारु मिनेगिशी र चुओ वार्डमा निवासी ६३ वर्षीय मसातो शिओजावालाई सन् २०२१ को अक्टोबरमा पिरामिड योजना समूह खोली कोभिड-१९ महामारीका कारण आर्थिक रूपमा संघर्ष गरिरहेका वृद्धवृद्धा र अरूलाई लक्षित गरेर लगभग ३० करोड येन (लगभग $२.२ मिलियन)… पुरा पढौ

जापानको नर्सरी स्कूल (होइकुएन)मा बालबालिकामाथि दुर्व्यवहार हुने गरेको खुलासा

मध्य जापानको शिजुओका प्रिफेक्चरको एक निजी नर्सरी स्कूलले आफ्नो हेरचाहमा राखिएका बालबालिकाहरूलाई बारम्बार शारीरिक र मौखिक दुव्र्यवहार गरेको पाइएको स्थानीय अधिकारीहरूले बताएका छन।साकुरा होइकुएन नामक स्कूलमा तीन शिक्षकहरू संलग्न रहि आक्रमण र धम्कीपूर्ण व्यवहार का १५ वटा दुर्व्यवहारको घटनाहरू घटाई सकेको पुष्टि गरेपछि सुसोनोको स्थानीय सरकारले आपराधिक उजुरी दर्ता गर्ने तयारी गरिरहेको जापानी संचारमाध्यममा प्रकाशित समाचारमा जनाईएको छ । "हामी यसलाई दुर्व्यवहारको मामला मान्छौं," सुसोनोका मेयर हारुकाजे मुराताले पत्रकार सम्मेलनमा भने। अनुसन्धानका क्रममा विद्यालयले आफ्ना सबै कर्मचारीहरूलाई त्यहाँ के भयो… पुरा पढौ

क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा बेल्जियम बाहिरियो

क्रोएसिया समूह ‘एफ’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, क्रोएसियासँग बराबरी खेलेपनि बेल्जियम भने विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा क्रोएसियाले बेल्जियमसँग गोलरहित बराबरी खेल्दै विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो । पहिलो हाफमा तुलनात्मक रुपमा क्रोएसियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा बेल्जियमले गोल गर्ने राम्रो अवसरहरूखेर फाल्दा बराबरीमा रोकिएको हो । मोरोक्को समूह विजेता बन्दा क्रोएसिया उपविजेता बनेको हो ।… पुरा पढौ

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन् । दुईपटक त उनले बञ्जीजम्प गरिसके । परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन् । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै… पुरा पढौ

जापानमा फाँसी दिएर मृत्युदण्डको सजाय सुनाईएका कैदीहरूद्वारा नै सरकार विरुद्ध मुद्दा दायर

ओसाकाका तीन जना मृत्युदण्डको सजाए सुनाईएका कैदीहरूले मंगलबार राज्य विरुद्ध मुद्दा दायर गर्दै फाँसी दिएर मृत्युदण्ड दिने प्रथालाई अन्तर्राष्ट्रिय महासन्धिहरू अन्तर्गत अमानवीय कार्य भएको दाबी गरेका छन । तिनीहरुले झुण्ड्याएर मृत्युदण्ड दिने कार्यविरुद्ध संघर्ष गर्ने भएका हुन।  मुलुकमा मृत्युदण्डको नाममा कसैलाई झुण्ड्याइनु निकै अमानवीय कार्य भएको उनीहरुको जिकिर छ । उनीहरुले अदालतमा फाँसी दिइने भन्ने सन्त्राशका कारण परेको मनावैज्ञानिक तनावको क्षतिपूर्ति स्वरुप ३३ मिलियन येन ($ 237,000) क्षतिपूर्तिको पनि माग गरिरहेका छन् । न्याय मन्त्रालयले उजुरी नआएकाले प्रतिक्रिया दिन नमिल्ने… पुरा पढौ