
क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले जापानलाई पेनाल्टीमा ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।
यसअघि कतारको अल जानौब रंगशालामा दुवै टिमले निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमले १–१ गोलकै बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लागेको हो ।

अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।
जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित निकाल्यो ।लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए ।
पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक सावित भए । उनले जापानका तीन खेलाडीले प्रहार गरेको पेनाल्टी बचाउँदै क्रोएसियालाई जित दिलाए ।
जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया यसिदाले प्रहार गरेको बल क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए । क्रोएसियाका मार्को लिभाजाले मात्रै गोल गर्न सकेनन् । निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पसालिचले गोल गरे ।
क्रोएसियाले अब ब्राजिल र दक्षिण कोरियाबीच आजै मध्यरातमा हुने खेलको विजेतासँग खेल्नेछ ।



