राष्ट्रिय समाचार

जापानमा चक्कु प्रहारबाट हत्या गरिएकी लक्ष्मी बस्नेत अधिकारीको नौ दिनपछि गरियो अन्तिम सस्कार, हत्यारालाई हदैसम्मको कारबाही गर्न नेपाली समुदायको माग

४२ वर्ष अघि बागलुङको गलकोटमा जन्मिएकी लक्ष्मी बस्नेत अधिकारी परिवारको सुन्दर सपनाको कल्पना गर्दै जापानमा आएकी थिइन । अपार्टमेण्टको आफ्नै कोठामा बसेकी अधिकारीलाई नोभेम्बर १६ तारिक बुधबार राती करिब ११ः३० बजे चक्कु प्रहारबाट मृत्यु होला कल्पना समेत पनि गरेकी थिइनन होला ।१७ वर्षीय छोरालाई बुटवलमा छाडेर श्रीमान धिरज बिक्रम अधिकारीसंग जापानको राजधानी टोकियोको उत्तरी भागमा पर्ने गुन्मा प्रिफेक्चरको ईसेसाकी सिटीमा आफ्नो कर्म गर्दै आएकी लक्ष्मीको हत्या गरिएको ९ दिनपछि अन्तिम दाहसंस्कारमा उपस्थित सबैका आखा रसाए संगै हत्याराप्रति आक्रोश समेत व्यक्त… पुरा पढौ

गलकोट समाज जापानको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालका चर्चित कलाकार प्रकाश सपुत,रचना रिमालसहित श्रीकृष्णबम मल्ल र इश्वर सिंहले तहल्का मच्चाउने

गलकोट समाज जापानले आयोजना गर्न लागेको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।जापानका चार वटा शहरमा गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका प्रकाश सपुत, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका रचना रिमाल, सुगम तथा मौलिक लोकगीतका सर्जक श्रीकृष्णबम मल्ल र आफ्नो आवाजमै मौलिकपन दिइरहेका ईश्वर सिंहको उपस्थितिमा सांगीतिक धमाका २०२३ गर्न लागिएको कार्यक्रम संयोजक रत्नसिंह बस्नेतले बताए ।"विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

टोकियो, नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। जापानको राजधानी टोकियोमा मंगलवार सम्पन्न अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिएका छन् । त्यसै गरी उपाध्यक्षमा भिक्टर ठाडा मगर, दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सह सचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सह कोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।भने सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव माईला(शर्मा),… पुरा पढौ

नागोयामा सम्पन्न दोस्रो नेपाल फेष्टिवल २०२२ को आयब्याय सार्वजनिक, नगद २५ लाख बढी बचत

नागोया । गत सेप्टेम्बर ३ र ४ तारिख जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको नेपाल फेष्टिवल नागोया २०२२ को आयब्याय सार्वजनिक भएको छ।नोभेम्बर १९ तारिख शनिवार नागोयामा एक कार्यक्रम गरि नेपाल फेष्टिवल नागोया २०२२ को आय-ब्याय सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको हो।फेष्टिवलबाट जापानी २५ लाख ५५ हजार २२१ येन नगद र कबुल गरेर उठ्न बाँकी रहेको ७ लाख येन गरि ३२ लाख ५५ हजार २२१ येन बचत सहित गत फेस्टिबल सपन्न भएको निष्कर्ष सहित नेपाल फेस्टिबल… पुरा पढौ

निर्वाचन अपडेटः देशभर भएको मत गणनामा नेकपा एमाले ७ स्थानमा अग्रता

काठमाडौं, ५ मंसिर । आज विहानबाट देशभर भएको मत गणनामा नेकपा एमाले ७ स्थानमा अग्रता कायम गरेको छ । काठमाडौं–७ , ललितपुर–१, २ र ३, झापा–२, बाँके–३, धनुषा –३ मा अग्रता लिएको छ । काँठमाडौं–७ का एमालेका उम्मेदवार श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो… पुरा पढौ

कतार विश्वकप : दोस्रो दिन सोमबार तीन खेलहरु हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औं स्थानमा छ । हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह ‘बी’ को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा… पुरा पढौ

बैतडीमा  प्रहरी सवार जिप दुर्घटना, कम्तीमा ३ प्रहरीको मृत्यु

बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।  मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”  जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ… पुरा पढौ

कतार विश्वकप :विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन

दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।  यसअघि जुन–जुलाइमा विश्वकप आयोजना हुँदै आए पनि कतारको तातो मौसमका कारण… पुरा पढौ

देशभर ६१ प्रतिशत मतदान, १५ स्थानमा स्थगित आयोग,रोकिएका १५ स्थानमा दुई दिनभित्र निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी गराएका हुन् । १५ स्थानमा मतदान स्थगन भएको र ६१ प्रतिशतभन्दा बढी मत खस्न सक्ने उनले बताए । निर्वाचन आयोगले सामान्य घटना बाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको बताउँदै उनले यो अपेक्षाभन्दा कम रहेको बताएका छन् । यस अभि बिहान आयोगले ७० प्रतिशत मत खस्ने आनुमान गरेको… पुरा पढौ

बाजुराको त्रिवेणीमा गोली चल्दा एकको मृत्यु, तीन घाइते

बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । घटनास्थलमा रहेका पत्रकार पारश विक्रम शाहले अएडीको मृत्यु भएको र घटनास्थलमा प्रहरीले हवाइ फायर गरेको जानकारी दिएका छन् । घाइतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले… पुरा पढौ