राष्ट्रिय समाचार

सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने

काठमाडौं ४ मंसिर । दोस्रो संघीय निर्वाचनको एबीसी टेलिभिजनले यस अघिका चुनावमा जस्तै यसपटक पनि एक्जिट पोल सर्वाजनिक गरेको छ ।एबीसीको प्रोजेक्सन अनुसार सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फ ६० प्रतिशत भन्दा बढी सीट जित्ने छ भने प्रतिपक्षीय गठबन्धनमा रहेका एमाले, जनता समाजवादी पार्टी र राप्रपाले जम्मा ३५ प्रतिशत सिटमा जित्ने देखिएको छ । दलगत रुपमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ६१ देखि ७०स म्म, माओवादी केन्द्रले २४ देखि ३१ सम्म, लोसपाले ३ देखि ४, एकीकृत समाजवादीले ७ देखि १०, राजमोले २… पुरा पढौ

मतदान सम्पन्न, मतदाताको उपस्थिती न्यून

काठमाडौँ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । राजनीतिक दलका कार्यकर्ताबीच विवाद, मतपत्र प्रयोगबारे विवाद लगायतका कारण मतदान स्थगित भएको बताइएको छ । यस निर्वाचनमा अपेक्षाभन्दा कममात्रै मत खसेको अनुमान गरिएको छ । मतदानका… पुरा पढौ

देशभर ४६ प्रतिशतसम्म मतदान,मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ

काठमाडौँ- गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका हुन् । उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको जिकिर गरे । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको बताए । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति… पुरा पढौ

नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा

अनेसास जापानको आयोजनामा जापानको नागोया सहरमा हुन लागेको नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ। जापानका लागि नेपाली राजदूत महामहिम डा दुर्गा बहादुर सुवेदीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा पुस्तक विमोचन, खुला रचना वाचन, बहस तथा गजल मेहफिल जस्ता अलग अलग सेसनहरू राखेर कार्यक्रम सम्पन्न गरिने संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरे ले जानकारी दिएका छन। कार्यक्रममा सुविन न्यौपानेको कविता संग्रह कमरेडको जनै र कथाकार म्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटोको जापान विमोचन हुनेछ।… पुरा पढौ

१२ः४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिएका हुन। उनले भने,’१२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशैभर मतदान भइरहेको छ । केही स्थानमा भएका छिटपुट घट्नाबाहेक बाँकी स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता रहेको देखिन्छ ।  बिहान ७ बजेबाट सुरु भएको मतदानमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् । तर बितेको झन्डै ६ घण्टामा १२… पुरा पढौ

जापानको टोकियोमा नेपाल बिजिनेश सेमिनार-२०२२ सम्पन्न,नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको सहभागी निष्कर्ष

जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोकियोको आयोजनामा शुक्रबार ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानीज कम्पनीहरुको सहभागितामा नेपाल बिजिनेस सेमिनार २०२२ सम्पन्न भएको छ ❘ जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो सेमिनारमा बिगत १२ बर्षदेखि जापानको बिभिन्न शहरहरुमा केन्द्रित रहेर नेपालमा बिदेशी लगानी भित्र्याउन यो सस्थाले जापानिज लगानीकर्ता हरुलाई संयोजन गरि रहेको छ❘ हाल सम्म जापानमा ७ वटा औपचारिक बिजिनेस सेमिनारहरु र ५० वटा भन्दा बढी अनौपचारिक बिजिनेससेमिनारहरु सम्पन्न गरको छ भने नेपाल जापान कूटनीतिक सम्बन्धको ६०… पुरा पढौ

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको मतदान कहाँबाट ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ । विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । सञ्चार तथा… पुरा पढौ

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले मतदान कार्यमा उल्लासका साथ सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेको छ । आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान कार्यमा भाग लिई आफूले रोजेको प्रतिनिधि मार्फत् शासन सञ्चालन गर्न पाउने अधिकार प्रयोग गर्न सबै मतदातालाई… पुरा पढौ

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

ढोरपाटन।“गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन । गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा… पुरा पढौ

कस्तो अवस्थामा मतपत्र बदर हुन्छ, बदर हुन नदिन के गर्ने ?

काठमाडौँ- मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन एक साथ हुँदैछ । निर्वाचनको दिन मतपत्र बदर हुन सक्ने उत्तिकै सम्भावना हुन्छ । किनभने विगतका निर्वाचनमा मतपत्र बदर भएकाले यसपटक मतदाताले ध्यान नदिँदा पनि बदर हुन सक्छ । मतपत्र बदर हुन सबैभन्दा बढी सचेत मतदाता नै हुनुपर्छ । मतदानको दिन मतदाताले सही तरिकाले मतपत्र चिह्नमा स्वस्तिक छाप नलगाउँदा बदर हुने गरेको छ । कतिपय मतदाताले मतदाता शिक्षा पाएका हुँदैनन् । यसअघि भएको स्थानीय, संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा मतपत्र… पुरा पढौ