
काठमाडौँ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी गराएका हुन् । १५ स्थानमा मतदान स्थगन भएको र ६१ प्रतिशतभन्दा बढी मत खस्न सक्ने उनले बताए ।
निर्वाचन आयोगले सामान्य घटना बाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको बताउँदै उनले यो अपेक्षाभन्दा कम रहेको बताएका छन् । यस अभि बिहान आयोगले ७० प्रतिशत मत खस्ने आनुमान गरेको थियो ।
थपलियाले आजै रातिबाट काठमाडौं लगायतका स्थानमा गणना सुरु हुने पनि जानकारी दिए। हिमाली जिल्लाको भोलिबाट ढुवानी सुरु गर्ने पनि उनले बताए।
उनले ६१ प्रतिशत मतदान भएको बताए। अपेक्षाभन्दा कम मतदान भएको थपलियाको भनाई छ।



