
सयपत्री हाईड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारण सभाबाट साविक गलकोटका दुई ईन्जिनियर संचालकमा निर्वाचित हुनुभएको छ । आज काठमाडौंको धुम्वाराहीमा सयपत्री हाईड्रोपावरको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले डाक्टर एकनारायण चाँपागाईको अध्यक्षतामा नयाँँ संचालक समिति गठन गरेको छ । हाईड्रोपावरको संस्थापक शेयरधनीको तर्फबाट ईन्जिनियर गोपाल प्रसाद निउरे, नर बहादुर थापा, सपिला राजभण्डारी र स्वतन्त्र तर्फबाट बिराज गौतम तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ईन्जिनियरद्वय दिल बहादुर थापा र बिराज सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता अनन्त कार्कीले जानकारी दिनुभयो ।
सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित ताराखोला गाँउपालिका ३ निवासी दिल बहादुर थापा सिभिल ईन्जिनियर तथा गलकोट नगरपालिका ४ निवासी विराज सुवेदी आईटी ईन्जिनियर हुनुहुन्छ । ताराखोला गाँउपालिका ४ निवासी नर बहादुर थापा हाईड्रोपावरका सस्थापक संचालक हुनुहुन्छ ।
साधारण सभाको अवसरमा निवर्तमान अध्यक्ष डाक्टर बद्रि केसी, सचालकद्वय ईन्जिनियर बिकास श्रेष्ठ र ईन्जिनियर पवन ढकाल सम्मान गरिएको थियो । सयपत्री हाईड्रोपावर कम्पनी वि.स. २०७३ सालमा सयपत्री हाईड्रोपावर लिमिटेडमा रुपान्तरण भएको थियो ।
सयपत्री हाईड्रोपावरले केही समय अगाडि आईपिओ समेत जारी गरेको थियो । ताराखोला गाँउपालिका वडा नं ३ को घुस्मेलिमा निर्मित विद्युत गृहबाट २ दशमलव ५ मेगावाट विद्युत उत्पादन हुदै आएको सयपत्री हाईड्रोपावर लिमिटेडले जनाएको छ ।



