राष्ट्रिय समाचार

घुम्टे युवा परिवार जापानले गर्यो विद्यालयका लागि शिक्षक व्यवस्थापन

घुम्टे युवा परिवार जापानले स्थानीय एक विद्यालयको लागि एक वर्षसम्म शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ७ टोकरीमा रहेको देउराली आधारभूत विद्यालयको लागि एक शिक्षकको एक वर्षसम्मको तलब व्यवस्थापनमा आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।“वैदेशिक रोजगारी, शहरीकरणप्रतिको आशक्ति लगायतका कारणले मानिसको बढदो बसाईसराईले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या दिनहुँ घटदो क्रममा रहेको र भएका विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको अभाव रहेको स्थानीयहरूको माग बमोजिम सहयोग… पुरा पढौ

स्थानीय तहले लिने पञ्जीकरण शुल्क हटाउने सरकारको तयारी

काठमाडौँ । सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरण सम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागितामा सार्वजनिक सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा पञ्जीकरणका लागि लाग्ने सबै शुल्क हटाउने विषयलाई प्राथमिकतामा साथ समावेश गरिएको छ । सरकारले महँगी नियन्त्रण गर्ने, कालोबजारी, अखाद्य वस्तुहरूको मिसावट र वस्तु… पुरा पढौ

जापान पठाइदिने भन्दै लाखौं ठगी

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर मोरङको सुनवर्षीका एकै परिवारका ४ जना फरार भएका छन्। राम्रो कमाई हुने प्रलोभन देखाउँदै जापान पठाइदिने भनेर सर्वसाधारणसँग रकम असुल्दै आएका सुनवर्षी नगरपालिका-६ का अजय राजवंशी, उनका भाइ रञ्जित राजवंशी, बहिनी विद्या राजवंशी र बुहारी (रञ्जितकी पत्नी) अनुराधा राजवंशी फरार बनेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। प्रशासनका अनुसार अजयको अगुवाइमा विभिन्न व्यक्तिसँग २ करोड ७९ लाख २० हजार रूपैयाँभन्दा बढी रकम असुली गरेको देखिन्छ। पीडित मोरङको सुनवर्षी र… पुरा पढौ

नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने

नेपालमा क्रिप्टोकरेन्सी साइट नचल्ने भएको छ। अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले साइट बन्द गर्न लागेको हो। नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा प्राधिकरणले क्रिप्टोकरेन्सीको साइट बन्द गराउन लागेको हो। प्रविधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जिम्मेवार निकायको आग्रहमा गैरकानुनी साइट बन्द गर्न लागिएको बताए। ‘गैरकानुनी साइट नेपालमा नचल्ने बनाउन सक्छौं, कतिपय बन्द भइसकेका छन्,’… पुरा पढौ

सार्वभौम संसदले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पौष २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।प्रतिनिधि सभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिनु नहुनेमा समेत जोड दिनुभयो ।“हामी भर्खरै जननिर्वाचित भएका छौं तर जनताको हामीमाथिको समर्थन सशर्त छ ।” वहाँले भन्नुभयो, “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं ? यो संसद… पुरा पढौ

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङको जैमिनी नगरपालिकाको तीन  वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ । जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।   कोतमा राखिएको तोप संरक्षण अभावमा केही… पुरा पढौ

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारले थाल्यो पहल

काठमाडौं। सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शङ्कदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले… पुरा पढौ

संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू

गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले… पुरा पढौ

सर्भरको समस्या समाधान भएसँगै सुरु भयो विद्युतीय राहदानीको वितरण

काठमाडौं । गत एक सातादेखि स्थगित राहदानी वितरण पुनः सुरु भएको छ । राहदानी विभागको सर्भरमा समस्या आउँदा गएको १७ गतेदेखि राहदानी वितरण रोकिएको थियो ।  सर्भरमा देखिएको समस्या समाधान भएसँगै आइतबारदेखि राहदानी वितरण सेवा नियमित भएको विभागले जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सेवा पुनः सुरु भएको जानकारी दिएको हो ।  “गत साताबाट सिस्टममा आएको सुस्तता हाल समाधान भएको छ,” विभागको सूचनामा भनिएको छ, “समस्या समाधान भएसँगै सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ ।” यसअघि विभागको सर्भरमा समस्या… पुरा पढौ

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ ।  मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय… पुरा पढौ