राष्ट्रिय समाचार

स्वर्गीय अनिश कटुवालको परिवारलाई नेपाल कल्याण समाज जापानले गर्यो आर्थिक सहयोग

विद्यार्थी भिषामा ६ महिना अघि जापान आएका धनकुटाका अनिश कटुवालको आफ्नै कोठामा असामयिक निधनपछि उनको शव नेपाल पठाउनका लागि नेपाल कल्याण समाज जापानको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।नेपालको धनकुटा स्थायी घर भई हाल जापानको टोकियो स्थित ताकाराजुका दाइगाकुमा जापानिज भाषा अध्ययनरत वर्ष २७ का स्वर्गीय अनिश कटुवालको शवलाई नेपाल पठाउन संचालन गरिएको अभियानबाट संकलित ५८ हज़ार ६०० रकम परिवारको आफन्तको खातामा जम्मा गरिदिएको समाजका केशव सुवेदीले जानकारी दिए ।‘मृतकको शव नेपाल पठाउनको लागि आर्थिक सहयोगको आवश्यकता भएकोले बिभिन्न… पुरा पढौ

जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन प्रधानमन्त्री प्रचण्डको आग्रह

जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’का सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाजीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ नेताहरूसँग भेट गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी छलफल गरेको हो । उक्त भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रूपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए… पुरा पढौ

आगामी अक्टोबरदेखि टोकियो महानगर सरकारले सबै दोस्रो बच्चाहरूको लागि ‘बाल हेरचाह’ निःशुल्क गर्ने

टोकियो महानगरीय सरकारले जापानमा द्रुत रूपमा घट्दो जन्मदरलाई सम्बोधन गर्नका लागि २०२३ अक्टोबर देखि राजधानी टोकियोमा बस्ने दोस्रो जन्मेका सबै बालबालिकाका लागि बाल हेरचाह सेवाहरू निःशुल्क गर्ने योजना भएको भएको छ।स्थानीय सरकारले एकभन्दा बढी बच्चा जन्माउने परिवारलाई प्रोत्साहन दिने लक्ष्यसहित यो योजनामा शून्यदेखि दुई वर्षसम्मका बालबालिकाको लागि लागू हुने बताइएको छ । टोकियो महानगरीय सरकारले भविष्यको गर्भधारणका लागि तयार रहन चाहने स्वस्थ महिलाहरूलाई उनीहरूको उमेर र गर्भधारण गर्नुको उद्देश्यलाई अध्ययन गरेर निश्चित सर्त पालना गरेमा मात्र अनुदान दिने बताइएको छ… पुरा पढौ

जेल मुक्त भए सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रबार) काठमाडौँ जिल्ला अदालतबाट रिहा भएका हुन्।  उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन्। सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी… पुरा पढौ

ओसाकाको समुद्रमा फेला परेको ह्वेलको मृत्यु भयो

ओसाकाको समुद्रमा फेला परेको ह्वेलको मृत्यु भएको ओसाका नगरपालिका सरकारले जनवरी जनाएको छ।स्पर्म ह्वेल मानिने उक्त जनावर विगत केही दिनदेखि गतिहीन रहेको र ओसाका नगरपालिकाले जनवरी १३ अर्थात् शुक्रबारका दिन बिहान आफ्नो कर्मचारी र विज्ञहरूलाई त्यसको जाँच गर्न पठाएको र जाँच गर्दा मृत रहेको पाइएको जनाएको हो।ह्वेल पहिलो पटक जनवरी ९ मा बिहान ८ बजे ओसाकाको निशियोदोगावा वार्ड सहरको हान्सिन एक्सप्रेसवेमा रहेको नाकाजिमा पार्किङ क्षेत्रको करिब ३५० मिटर दक्षिणमा रहेको पानीमा भेटिएको थियो।मत्स्यपालन एजेन्सीका अनुसार ह्वेल जमिनमा निकालिन र त्यसको… पुरा पढौ

रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा

भैरहवा । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेकाे छ, तस्करीकाे सम्भावित क्षेत्रकाे रुपमा मानिने साे ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेकाे अनुमान गरिएकाे छ ।  गाेलीकाे आवाज सुनिए पनि कसले किन चलायाे भन्ने खुल्न सकेकाे छैन, अनुसन्धानकाे काम जारि रहेकाे र मानवीय क्षति केही नभए पनि… पुरा पढौ

माधव नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ । जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्क्ष नेपालले भेटघाट गर्नुभएको हो । भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा सो अवसरमा छलफल भएको थियो । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा… पुरा पढौ

जापानमा शरणार्थीको लागि दुई पटक भन्दा बढी आवेदन दिने विदेशी नागरिकहरूलाई देश निकालाको लागि योग्य हुने गरि कानून संशोधन गरिने

जापानमा शरणार्थी स्थितिको लागि दुई पटक भन्दा बढी आवेदन दिने विदेशी नागरिकहरूलाई देश निकालाको लागि योग्य हुने गरि अध्यागमन कानून संशोधन गरिन लागेको छ ।विवादास्पद प्रस्तावलाई कायम राखेको भन्दै आलोचना उत्पन्न भएपछि सन् २०२१ मा फिर्ता लिएको उक्त विधेयक सरकार र सत्तारुढ दलहरूले पुन: पेस गर्ने योजना बनाएको सरकारी स्रोतहरूले बिहीबार बताएका छन ।हालै मात्र सरकारले अध्यागमन सुविधाहरूमा अवैध आप्रवासीहरूलाई हिरासतमा राख्ने सिद्धान्तलाई परिमार्जन गर्ने लक्ष्य राखेको बेला कदम आएकोले जनवरी २३ मा बस्न लागेको संसदको साधारण सत्रमा विपक्षी दलहरूले… पुरा पढौ

विदेश जान नपाउने सर्तमा क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

विदेश जान नपाउने सर्तमा उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। नाबालिग बलात्कारको आरोप लागेका उनलाई बिहिवार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटी लिएर सन्दीपलाई छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि कारागार पठाउने आदेशविरुद्ध सन्दीपको पक्ष उच्च गएको थियो। यस अगाडिको २ वटा पेशी सन्दीपको कानुन व्यवसायीको आग्रहमा स्थगित भएको थियो। विदेशमा क्रिकेट खेलिरहेको बेला… पुरा पढौ

वर्ल्ड पासपोर्ट र्‍याङकिङ सार्वजनिक : जापानको सबैभन्दा शक्तिशाली, नेपालको १०३ औं स्थानमा

हेन्ली पासपोर्ट इन्डेक्सले नयाँ वरियता सार्वजनिक गरेको छ । यसले विश्वभरका देशहरूको पासपोर्ट (राहदानी) को शक्ति देखाउँछ । जसमा १९९ देशका राहदानीहरू समावेश छन् । तर धेरै देशहरू एउटै वरियतामा रहेकाले १०९ औँसम्मको र्याङ्किङ जारी गरिएको हो । नयाँ वरियतामा पाकिस्तान विश्वको चौथो सबैभन्दा खराब पासपोर्ट भएको छ । सन् २०२२ को वरियतामा पाकिस्तानको स्थानमा कुनै परिवर्तन भएको छैन । गत वर्ष पनि यो विश्वको चौथो सबैभन्दा खराब पासपोर्टको सूचीमा परेको थियो । यो वर्ष पाकिस्तानको वरियतामा १०६ औँ स्थानमा… पुरा पढौ