स्वर्गीय अनिश कटुवालको परिवारलाई नेपाल कल्याण समाज जापानले गर्यो आर्थिक सहयोग

-


     जनहित न्युज    
     पौष ३० गते २०७९


विद्यार्थी भिषामा ६ महिना अघि जापान आएका धनकुटाका अनिश कटुवालको आफ्नै कोठामा असामयिक निधनपछि उनको शव नेपाल पठाउनका लागि नेपाल कल्याण समाज जापानको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपालको धनकुटा स्थायी घर भई हाल जापानको टोकियो स्थित ताकाराजुका दाइगाकुमा जापानिज भाषा अध्ययनरत वर्ष २७ का स्वर्गीय अनिश कटुवालको शवलाई नेपाल पठाउन संचालन गरिएको अभियानबाट संकलित ५८ हज़ार ६०० रकम परिवारको आफन्तको खातामा जम्मा गरिदिएको समाजका केशव सुवेदीले जानकारी दिए ।
‘मृतकको शव नेपाल पठाउनको लागि आर्थिक सहयोगको आवश्यकता भएकोले बिभिन्न सामाजिक संस्थालगायत विभिन्न माध्यमबाट सहयोग रकम उठिरहेको सन्दर्भमा नेपाल कल्याण समाज जापानको तर्फबाटपनि थोरै भएपनि राहत पुगोस भन्ने हेतुले संचालन गरेको आर्थिक अभियान गरि रकम पठाएका हौ ।’ समाजद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ । आर्थिक सहयोग अभियानमा सरिक भइ पीडाको बेला,समस्या परेको बेलामा स्वस्फुर्तरुपमा सहयोग गर्नुहुने सबै सहयोगी मनहरु लाइ नेपाल कल्याण समाज जापानको तर्फबाट हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।
अँग्रेजी नयाँ वर्षको अघिल्लो दिनमा कटवालको आफु बस्दै आएको कोठामा नै निधन भएको उनीसंगै संगै बस्दै आएका साथीहरूले जानकारी दिएका छन । सन् २०२२ को जुलाईमा जापान आएका मृतक कटवालका साथीहरूका अनुसार अनुसार कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो) मा नै जनवरी १ तारिख बिहान मृत भेटिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?