जापान विशेष

मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्दै क्षेत्रीले दिए एनआरएनए जापानमा उम्मेदवारी

मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्ने मान्यताका साथ बागलुङ गलकोटका थमबहादुर क्षेत्रीले एनआरएनए जापानको आगामी कार्यकालको लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानलाई सबैको साझा संस्थाको रूपमा विकास गराउन समानुपातिक सहभागीतामा जोड दिदै क्षेत्रीले आफू लामो समयदेखि सामाजिक सेवा सक्रिय रहेकोले अझ ऊर्जाका साथ क्रियाशील हुनका लागि उम्मेदवारी घोषणा गरेको बताए । बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिव र हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमितिमा सदस्यको रूपमा… पुरा पढौ

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा प्रतिनिधिका लागि आवेदन खुल्ला

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट प्रतिनिधि छनोटका लागि आवेदन खुल्ला भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्यबाट ६५ % प्रतिनिधि छनौटको लागी अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमको माप दण्ड पुरा गरेकाहरुले आवेदन गर्न एनआरएनए जापानद्वारा सूचनामार्फ़त जानकारी गराइएको छ । रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधि सहभागि हुन पाउने र त्यसमध्य २५% प्रतिनिधि राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनेछन। त्यस्तै… पुरा पढौ

समुन्नत समाज निर्माणमा एनआरएनएजापानको भूमिका बढाउन कंडेलको उपाध्यक्षमा उम्मेदवारी

तेरो र मेरो होइन,हाम्रो र राम्रो बनाऊँ मन,बचन कर्मले एकता र सद्भाव जगाऊँ भन्ने मान्यताका साथ बागलुङ गलकोटका बालकृष्ण कंडेल (हिमाल)ले एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानमा देखिएका आर्थिक अनियमितता, गुटगत, व्यक्तिगत प्रवृतिका कारण सिङगो अभियानप्रति नेपाली समुदायको बिश्वास घट्दै गईरहेको अवस्थामा यस्ता प्रवृतिबाट माथि उठेर समुन्नत समाज निर्माणका लागि सामुहिक अपनत्व निर्माणका लागि आफूले उपाध्यक्षको पदमा उम्मेदवारी दिएको कंडेलले सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्ने क्रममा उल्लेख गरेका छन ।दुई दशकभन्दा… पुरा पढौ

जापानले टोकियोमा चौथो चरणको आपतकाल अगष्ट २२ सम्म थप

जापान-जापानको टोकियो लगायतका शहरहरुमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थामा जापानले टोकियोमा चौथो चरणको आपतकाल अगष्ट २२ सम्म थप गरेको छ । आगामी सोमबारदेखि लागु हुने गरि अगष्ट २२ सम्म लागु हुने गरि चौथो चरणको आपतकालिन अवस्थाको घोषणा प्रधानमन्त्री सुगा योशिहिदेले गरेका छन् । ओलम्पिकको समयावधि पनि यहि समयसम्म रहेको अवस्थालाई समेत मध्यनजर यो आपतकालको समय थप गरिएको बताइन्छ ।प्रधानमन्त्री सुगाले खोपको प्रदानका कारण अस्पतालका वेडहरुमा चिन्ताग्रस्त अवस्थामा रहेका विरामीको संख्या निरन्तर न्युन हुदै गएपनि भारतमा पहिलो पटक देखा परेको… पुरा पढौ

जापानको टोकियोका साथै नौ क्षेत्रमा लगाइएको आपतकाल फेरि थपिने, बिहिबार निर्णय सार्वजनिक हुने

जापान-कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेकोले जापान सरकारले टोकियोका साथै नौ वटा शहरमा जारी रहेको आपत्कालिन स्थितिलाई थप गर्ने योजना बनाएको छ ।तीब्र रुपमा फैलिरहेको कोरोना नियन्त्रणको एकमात्र विकल्प अापतकाल घोषणा नै रहेकोले यस सम्बन्धी निर्णय बिहिबारसम्म आउने बताएको छ । यो आपत्काल उच्च जोखिमयुक्त क्षेत्रहरुमा केन्द्रित गरिने समाचारका बताइएको छ । उच्च जोखिमका क्षेत्र भनेर खाराओके, रेष्टुरेण्ट, रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु, भिडभाड बडि हुने क्षेत्र लगायतलाई भनिएको छ । रेष्टुरेण्टहरुमा मद्यपानका लागि ७ बजेलाई नै कायम गरिने रअन्य सेवाहरु ८ बजेबाट… पुरा पढौ

सन्दर्भ एनआरएनए जापानको चुनाव

आफ्नो पेशा, व्यवसायलाई दिने समयलाई व्यवस्थापन गर्दै समाजसेवामा लाग्नु आफैमा राम्रो कुरा हो । म आफैं चाहिँ सामाजिक संस्थाहरुको महत्व गहकहिलो हुन्छ भनेर बुझ्ने गर्दछु । समय राम्रै भइँरहँदा त विदेशमा कमाइन्छ, खाइन्छ, केही बचाइन्छ अनि रमाइन्छ पनि, तर समय सधैं एकनाशको रहँदैन, गाह्रो, अप्ठेरो पर्दा त समाज चाहिन्छ । यही समाजको कुरा गर्दै गर्दा जापानमा अहिले चुनावको माहोल छ । फेसबुकका वालमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु छाइरहनु भएको छ । तर दुर्भाग्यबस पछिल्लो समय जापानमा एनआरएनलाई हेर्ने दृष्टिकोण आम… पुरा पढौ

एनआरएनए जापानमा युवा संयोजक पदको लागि खनालको उम्मेदवारी

जापान-एनआरएनए जापानमा भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द आवाज उठाउने संकल्पका साथ राजेश खनालले आगामी कार्यकाल २०२१-२०२३ को लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा सदस्यका रूप रहेका खनाल संस्थामा रहेरै त्यसभित्रको सुधार गर्न सकिने भएकोले आफूले युवा संयोजक पदमा उम्मेदवारी दिएको बताउछन ।कार्यसमितिको सदस्य हुदा समयले साथ दिएसम्म आफूले राम्रो गर्ने प्रयास गरेको तर त्यहाभित्र केहि खराबी मौलाउदै गएको आफूले पाएकोले त्यस्तो प्रवृतिसँग जुधनको लागि पनि युवा समयोजक पद अपरिहार्य देखिएकोले सहयोग गर्न सबैसँग आग्रह गरेका… पुरा पढौ

एनआरएनए जापानको २०२१-२०२३ को लागि वरिष्ठ उपाध्यक्षमा कार्कीको उम्मेदवार

नायोया ।म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय उपाध्यक्ष समेत रहेका दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।एनआरएनएको अभियानमा एक दशक भन्दा लामो समयदेखि क्रियाशील रहेका कार्की नायोया क्षेत्रको क्षेत्रीय संयोजक समेत भैसकेका छन । सो क्षेत्रको संयोजक… पुरा पढौ

समाचार लेखेको विषयलाई लिएर अपशब्द प्रयोग गरि पत्रकार धम्क्याइनु निन्दनीय कार्य हो – महासंघ

जापान-जनहित न्युज डट कमका सहकर्मी विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैर आवासीय नेपाली संघ नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोज मल्लले अपशब्द प्रयोग गरि धम्प्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।सोमबार अध्यक्ष मोहन घले र सचिव शान्तकुमार पाहारीद्धारा संयुक्त रुपमा हस्ताक्षरित एक विज्ञप्ती प्रकाशित गदै प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचनको निम्ति बनेको ग्रुपमा अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्क्याउनु निन्दनीय कार्य हो भनिएको छ । साथै घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्न सम्बन्धित… पुरा पढौ

नैतिकता इमानन्दारिता र स्वाधीनता, महिला सहभागिताको मान्यता राख्दै एनआरएनए जापानमा कालिका थापाको महिला उपाध्यक्षमा उम्मेदवारी

जापान- नैतिकता इमानन्दारिता र स्वाधीनता, एनआरएनएमा महिला सहभागिता भन्ने मान्यताका साथमा एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि वर्तमान कार्यसमितिकी कोषाध्यक्ष कालिका थापाले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन । बिगतका योजना र प्रतिबद्धतालाई निरन्तरता दिनका साथै संस्थालाई विधि पद्धतिमार्फ़त संचालन गर्दै संस्थागत विकासमा जोड दिने, जापानमा रहेका महिलाहरूको परिवार र बालबच्चाबाट टाढा रहदाको तनावपुर्ण जीवनलाई सहज बनाउन मनोपरामर्शका कार्यक्रम संचालन गर्ने लगायतका योजना सहित सामाजिक संजालमार्फ़त थापाले सो पदमा उम्मेदवारी घोषणा गरेकी हुन । ‘’एनआरएनए जापानमा महिला संयोजक र… पुरा पढौ