जापानमा भारी वर्षाका कारण विपत्ती आउनसक्ने चेतावनी जारी

-


     जनहित न्युज    
     असार २६ गते २०७८


जापान – जापानको दक्षिण पश्चिम क्षेत्रमा मुशलधारे वर्षाको कारण विपत्ती आउनसक्ने भन्दै कोगोशिमा, मियाजाकी, कुमामोतो प्रिफेक्चरमा उच्च आपतकालीन अवस्थाको चेतावनी जारी गरिएको छ ।
भारी वर्षाका कारण ती प्रिफेक्चरहरुमा बाढी पहिरोको जोखिम उच्च रहेकाले स्थानीयबारीलाई सर्तकता अपनाउनका लागि सूचना जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।
अन्य वर्षको तुलनामा यस वर्ष वर्षतको समययमा भारी वर्षा हुनसक्ने मौषमविद्हरुले बताएकाछन् । उनीहरुका अनुसार जापानको कुनै क्षेत्र विशेषमा भारी वर्षा बाढी पहिरोको जोखिम उच्च हुने सर्तकता अपनाउन समेत भनिएको छ ।
कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राखेर जोखिमका क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा ल्यैजानका लागि भनिएको छ ।
उच्च सर्तकता रहन भनिएको क्षेत्रमा ओलम्पिक खेलका लागि आइतबारदेखि आवश्यक तयारीगर्न लागिएको समेत बताइएको छ । मौसमको कारण अब त्यो योजना अघिबढ्ने नबढ्नेमा दुविधा सृजना भएको छ ।
कायोशिमामा सडकहरु पानीले भरिएका छन् । वर्षाले सार्वजनिक यातायातमा समेत असर पारेको छ । कुमामोटो र कागोशिमा(चुओ स्टेशनहरूमा एकदिनका लागि शिन्कानसेन सेवाहरू स्थगीत गरिएको छ । छ। भने एक्सप्रस रेल सेवाहरुमा समेत अवरोध उत्पन्न गरेको छ ।
अधिकारीहरूले स्थानीयबासीहरुलाई सतर्क रहन आग्रह गरिरहेका छन्। उनीहरू भन्छन भारी वर्षाको अन्त्य भएपछि पनि बाढी र पहिरोको जोखिम भने रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?