जापान विशेष

ओमिक्रोन समुदायस्तरमा फैलिएसंगै कंट्रयाक ट्रेसिंङमा पारेकाहरूको आइसोलेसनको अवधि घटाउदै

सरकारले कोभिड-१९ को पोज़ेटिभ देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेको पहिचान भएकाहरूका लागि हालको १४ दिनको आइसोलेसन अवधि घटाउने र अस्पताल भर्ना गराइ आराम गर्ने तथा क्वारेनटीनका नियमहरू पलाना गराउने विचार गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन ।ओमिक्रोन भेरियन्टको संक्रमण द्रुत रूपमा फैलिरहेको र चिकित्साकर्मीहरूले काम गर्न समेत असहजता आएको, उनीहरू नजिकको सम्पर्कमा रहेकाले सामाजिक अवस्थालाई समेत असर गरिरहेको बेला यस्तो कदम चाल्न लागिएको बताईएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले सरकारले कोभिड-१९ का बिरामीहरूको लागि अस्पतालमा भर्ना मापदण्डहरू परिमार्जन गर्नका लागि सुझाव दिएअनुसार… पुरा पढौ

टोकियोमा कोरोना संक्रमितको उपचारमा अस्पतालको बेड २० प्रतिशत प्रयोग हुदा उच्च रोकथामका उपाय लागु गर्ने र ५० प्रतिशत प्रयोग हुदा आपतकाल जारी गर्ने योजना सार्वजनिक

नयाँ कोरोनाभाइरस संक्रमणको तिव्र प्रसारका कारण अस्पतालमा भर्ना बिरामीहरूको संख्या बढ्दै गएकोले टोकियो महानगर सरकारले टोकियोमा बेड प्रयोग दर २० प्रतिशत पुग्दा फैलावट रोकथामका प्राथमिकताका उपायहरू लागू गर्ने र बेडको प्रयोग दर ५० प्रतिशत भन्दा बढि भएमा आपतकालिन अवस्था जारी गर्न केन्द्र सरकारलाई अनुरोध गरिने भएको छ ।टोकियो महानगर सरकारले टोकियोमा बेडको प्रयोग दर २० प्रतिशत पुग्दा संक्रमण फैलिने रोकथामका प्राथमिकताका उपायहरू लागू गर्न राष्ट्रिय सरकारलाई अनुरोध गर्ने सोच बनाएको गभर्नर कोइकेले बताएकी छन । अस्पतालको बेडको प्रयोग दर ५०… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न, आगामी कार्यकालको लागि दिनेश थापा अध्यक्षमा चयन

सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित दिनेश थापा बागलुङ जिल्ला तत्कालिन मल्मको मल्म क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरूको उल्लेख्य उपस्थितिमा मंगलबार टोकियोको शिन ओकुवोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त… पुरा पढौ

जापानको कोबेमा अध्ययनरत बागलुङका एक विद्यार्थी कोठामा मृत फेला

जापानको कोबे शहरमा विद्यार्थीको रुपमा अध्ययन गर्दै आएका बागलुङ नगरपालिका खहरेखोलाका २२ वर्षीय किरण खड्का आफ्नै कोठामा मृत फेला परेका छन् । ४ वर्षअघि विद्यार्थी भिसामा आएका खड्का बुधवार बिहान आफनै कोठामा मृत फेला परेका थिए । खड्का मृत भेंटिएपछि घटनाको बारेमा प्रहरीले निजको नेपालस्थित घरमा जानकारी गराइदिएको थियो । कोबे शहरको सुमियोसीमा बस्दै आएका खड्कालाई आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारिएको बताईएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताईएको छ । पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको समिक्षात्मक क्षेत्रीय भेला हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी आगामी हालसम्मको समीक्षा र भावी योजना तर्जुमासहित राष्ट्रिय समिति र क्षेत्रीय समितिले समानवयात्मक रूपमा कार्य गर्ने खाका तयारीको लागि क्षेत्रीय भेला गर्ने भएको छ ।जनवरी ३० तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रीय कार्यसमितिहरुले २०२१-२०२३ कार्यकालमा गरेको कार्यको समीक्षा र बाँकी कामहरूको योजना गराउने उद्देश्यले क्षेत्रीय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समितिका संयोजक समेत रहेका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी… पुरा पढौ

जापानको लाहुरे बन्न छाडेर बाख्रापालन, सुरूमा कसैले ऋण पत्याएनन्

बागलुङको गलकोट नगरपालिका क्षेत्रका विभिन्न पहिचान छन् । धेरै पहिचान मध्य झट्ट सम्झने पहिचान हो‘लाहुरे’हरुको क्षेत्र । हुन पनि त्यस क्षेत्रका अधिकांश परिवारका सदस्य वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा नगएको परिवारका सदस्य पाउन कठिन हुन्छ ।वैदेशिक रोजगारीमा पनि गलकोट क्षेत्रका धेरै युवाहरु जापान छन् । जापानीज लाहुरेहरुको भिडबाट अलगै रहेर कृषी कर्मलाई आफ्नो जीवन निर्वाहको बाटो बनाएका छन, गलकोट नगरपालिका-७ टोकरीका विष्णु थापा । वैदेशिक रोजगारमा जाने लहरबाट भिन्न रहेर थापाले विगत दश बर्षदेखि टोकीमा व्यवसायिक रुपमा बाख्रा पाल्दै… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजित जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को उपाधी एनआरएनए चिवा क्षेत्रीय समितिले उचाल्यो

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले नया वर्ष २०२२ को अवसरमा आइतबार टोकियोको साइतामामा सम्पन्न गरेको जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को उपाधी एनआरएनए चिवा क्षेत्रीय समितिले उचाल्दै ३ लाख ५० हजार नगदसहित मेडल प्रमाण पत्र जित्न सफल भएको छ ।३० टिमको सहभागिता रहेको सो प्रतियोगिताको उप विजेताको उपाधी भने गोरखनाथ नुमाजु सिजुओकाले प्राप्त गर्दै १ लाख ७० हजार नगदसहित प्रमाण पत्र पाएको कार्यक्रम संयोजक सागर कार्कीले जानकारी दिए । मोना अन्तराष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यतामा… पुरा पढौ

जापानको फकुओकामा एक नेपालीको शंकास्पद मृत्यु, दुईजना नेपाली पक्राउ गरि अनुसन्धान जारी

जापानिज भाषाको अध्ययनका लागि विद्यार्थी भिषामा तीन वर्षअघि जापानको फुकुओकामा आएका एक नेपाली विद्यार्थीको बिहिबार आफनै कोठामा शंकास्पद मृत्यु भएको छ ।नेपाल गोरखा घर भएका बर्सिला थरका ती नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको भन्दै जापान प्रहरीले संगै बस्ने दुईजना नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धनका गरिरहेको नेपाली राजदूतबास टोकियोले जानकारी दिएको निष्पक्ष अनलाइनले आफ़नो समाचारमा जनाएको छ ।बिहिबार राती तीन जना संगै बसेको र मध्यरातमा झै झगड़ा भई हातपात हुदा निजको मृत्यु भएको हुनसक्ने आशंकामा जापान प्रहरीले ढकाल र मगर थरका… पुरा पढौ

नाजायज माग राखेको भन्दै एनआरएनए जापानले असन्तुष्ट पक्षलाई साथमा नलिइ अघि बढ़ने निष्कर्षमा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जापानले सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनि असंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई अगाडि बढाउने निचोडमा पुगेको बताएको छ । ५ महिने आफ़नो प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानले जुलाई ३० मा सम्पन्न निर्वाचनबाट उत्पन्न गराइएको असहज परिस्थितिमा पनि धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि समेटेर उनीहरूको बिचारलाई सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरिएको तर नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्नेगरि उठाईएका विषयहरु एनआरएनए जापानले र आईसिसिले… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति सेन्दाई द्वारा NRNAFC र NPPFFC लाई खेलकूद सामग्री हस्तान्तरण

नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समिति सेन्दाई द्वारा NRNAFC र NPPFFC लाई खेलकूद सामग्री जर्सी हस्तान्तरण गरेको छ ।शुक्रवार सेन्दाइमा आयोजित एक कार्यक्रम बीच नेपाली जनप्रगतिशील मंच सेन्दाईका अध्यक्ष तेज दाहालले NRNAFC र NPPFFC का कप्तान दिनेश शर्मालाई खेलकुदका लागि प्रयोग हुने जर्सीहरू हस्तान्तरण गरेका हुन ।मञ्च जापानको केन्द्रीय अध्यक्ष भवानी पन्त, सल्लाहकार समिति संयोजक तथा निवर्तमान अध्यक्ष हवलचन्द्र लामा र सेन्दाई क्षेत्रीय समिति इन्चार्ज बिनुका खड्काको सल्लाहमा उक्त सामग्री हस्तान्तरण गरिएको क्षेत्रीय अध्यक्ष दाहालले जानकारी दिए। बिदाई तथा खेलकुद… पुरा पढौ