अर्थतन्त्र

कृषि उद्यमको प्रबर्द्धन र बजारीकरणका लागि मोदीमा प्रदर्शनी मेला

“स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सामाग्री र कृषि उपजले प्रदर्शनीमा स्टल भरीभराउ थिए । दर्शकहरु आफ्नै गाउँघरमा उत्पादित आकर्षित र अनौठा सामाग्रीहरुमा केन्द्रित भएका थिए । उद्योमीहरु किनबिचमै व्यस्त । कोहि कोदोको मम खादै थिए त कोहि स्थानीय कला सांस्कृतिकमा रमाउदै थिए । यो दृश्य थियो, पर्वतको मोदि गाउँपालिकाको । मोदि गाउँपालिकाले जिल्लामै नमुना रुपमा स्थानीय लघु उद्यम तथा कृषि उद्यमको विकास, प्रबर्द्धन र… पुरा पढौ

अब थ्री फेज लाइन लिनु परेमा प्राधिकरणबाट तीन दिनभित्रै स्वीकृति पाइने

काठमाडौं । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्नुहुनेछ । वितरण केन्द्रका कर्मचारी वा प्राधिकरणका कुनै पनि निकायले ढिलाइ गरे नगरेको जानकारीसमेत दिन सक्नुहुनेछ । बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले… पुरा पढौ

सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगततर्फ सिद्धार्थ राणा, नबिल बैंक पनि सम्मानित यी हुन् उत्कृष्ट करदाता (सूची)

काठमाडौं। सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) छ। निर्यात उद्योगतर्फ शशिरञ्जन मिश्र, डाबर नेपालले सर्वाधिक कर बुझाएको छ।  विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन्। उनी एसियन पेन्टसका प्रमुख हुन्। कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढी कर बुझाएको भन्दै सम्मानित भएको छ। सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएएको छ। छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान… पुरा पढौ

सुन र चाँदीको मूल्य घट्यो‚ आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ घटेकोछ। नेपाल सुनचौँदी व्यवसायी महासंघले बुधबारका लागिग छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको छ। यसको मूल्य मंगलबार प्रतितोला ९४ हजार ३०० रूपैयाँ थियो। त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँ घटेको छ। बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। चाँदी… पुरा पढौ

जापानमा कर्मचारीको तलब बढाउन कम्पनीहरूको लागि नयाँ प्रोत्साहन प्याकेजको प्रस्ताव

जापान सरकारको आर्थिक नीति प्यानलले सोमबार कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई पुरानो आकारमा फर्काउनको लागि कर्मचारीको तलब बढाउन कम्पनीहरूको लागि नयाँ प्रोत्साहन प्याकेजको प्रस्ताव समावेश गरेको छ। आफ्ना कर्मचारीहरूको तलब बढाउन सहमत हुने व्यवसायहरूलाई तलब वृद्धिको सुविधाको लागि प्यानलले केही सब्सिडी कार्यक्रमहरु आकस्मिक प्रदान गर्नका लागि प्रस्ताव गरिएको छ । डिसेम्बरको अन्त्यसम्ममा तयार हुने वित्तीय बजेट २०२२ को प्रारम्भिक बजेटमा पनि प्रोत्साहन प्याकेजको अंश समेटिने स्रोतहरूले बताएका छन । प्रधानमन्त्री फुमियो किशिदाको "नयाँ पुँजीवाद" को दृष्टिकोणलाई साकार पार्न "अत्यावश्यक प्रस्तावहरू" को एक… पुरा पढौ

मोबाइल बैंकिङ एप प्रयोग गरी एटीएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने

एन आई सी एशिया बैंकले एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ एप प्रयोग गरी एटीएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधाको शुरु गरेको छ । सो बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले बैंकका देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने छन् । बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको प्रयोगकर्ताहरूले एप भित्र रहेको ‘कार्डलेस विथड्राल’ आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्सेक्सन… पुरा पढौ

कर्पोरेट करसम्बन्धी विषयमा विश्व नेताहरूले गरे ऐतिहासिक सहमति

विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन्।  बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो।  रोममा भइरहेको विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले उक्त सम्झौतामा सहमति जनाएका हुन। सम्मेलनमा छलफल हुने विषयवस्तुमा जलवायु परिवर्तन र कोभिड पनि छन्। कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। तर १९ वटा… पुरा पढौ

फेरि बढ़्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ। आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ… पुरा पढौ

कोरोना महामारीका कारण जापानमा बेरोज़गार महिलाको संख्या बढ्यो, बालबालिकाको शिक्षामा असर पर्नुका साथै गरिबीको मार निम्तिने चेतावनी

कोरोना महामारीका कारण अर्थतन्त्र र रोजगारीको क्षेत्रमा परेको नकारात्मक त्यसका असर र प्रभावबाट जापानका अधिकांश महिलाहरु लामो समयसम्म बेरोज़गार भै गरिबीको मार निम्त्याइरहेको तथ्य बाहिरिन थालेका छन।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको श्रम सर्वेक्षणअनुसार यस वर्षको अप्रिलदेखि जुनसम्म ६ महिनाभन्दा बढी समयसम्म जागिरबाट बाहिरिने महिलाको औसत संख्या ३ लाख ४० हजार पुगेको छ । जुन संख्या सन २०२० को यहि अवधिको अवस्थालाई हेर्दा २ लाख ८० हजारभन्दा धेरै भएको बताईएको छ । लामो समयसम्म कोरोना महामारीको कारण महिलाको बेरोजगारीले गर्दा… पुरा पढौ

जापानका मोबाइल सेवा प्रदायक कम्पनीले ग्राहकहरूलाई सम्झौता रद्द गर्दा असुल्ने शुल्क लिन बन्द गर्ने

जापान सरकारले मोबाइल सेवालाई सस्तों र प्रतिस्पर्धी बनाउने योजना अनुरूप प्रमुख तीन मोबाइल सेवा प्रदायक कम्पनीहरुले ग्राहकहरूलाई सम्झौता रद्द गर्दा लाग्ने गरेको शुल्क लिन बन्द गर्ने भएका छन ।सफ्टबैंक, ग्राहकहरूको हिसाबले जापानको तेस्रो ठूलो मोबाइल फोन सेवा संचालन गर्ने कम्पनीले २०१९ को सेप्टेम्बरमा गरेको सम्झौता आगामी फेब्रुअरीमा रद्द गर्न ग्राहकले चाहेमा सो बापत लाग्ने शुल्क भुक्तानी गर्न नपर्ने मंगलवार जानकारी गराएको छ ।जापान कै अग्रणी मोबाइल प्रदायक कम्पनी एनटिटी दोकोमोले यहि महिना देखि सम्झौता रद्द गर्दा लाग्ने रकम नलिने बताएको… पुरा पढौ