विचार

“एनआरएनए जापान, युवालाई मतदान”

युवा नै समाजको रूपान्तरण, औद्योगिक, आर्थिक र देशकै अग्रगामी विकासको छलाङ्ग मार्नका लागि मुख्य आधार हुन्। शाब्दिक अर्थमा भन्नुपर्दा युवा अवस्था भनेको परिवर्तनकारी सोच,जोसिलो अवस्था,उत्साह र उमंगले भरिएको अवस्था हो। राष्ट्र निर्माणको समग्र उत्तरदायित्व बहन गर्नु पर्ने हामी लाखौ नेपाली युवा मातृभुमिको समृद्धि र विकास निर्माणको महत्वपूर्ण जिम्मेवारीलाई चटक्कै छोडेर भोको पेट र खाली खल्तीको वाध्यताले विश्वका विभिन्न मुलुकमा भौतारि रहेका छौ। रोजगारीकै लागि र आफ्नो परिवारका हरेक आवश्यकता पुरा गर्न सहजता होस् भनेर हातमा हरियो पासपोर्ट समाएर आकाशको बाटो… पुरा पढौ

चिट चोर्न उक्साउने परीक्षा प्रणाली

एक वर्षको फरकमा माध्यामिक तहको एसईई र कक्षा १२ मा राष्ट्रिय परीक्षा लिने व्यवस्था कायमै छ । यसले पनि नेपालको शिक्षामा पढाइभन्दा परीक्षा हाबी भएको प्रस्टै देखाएको छ । स्कुलदेखि विश्वविद्यालयका कक्षामा ‘परीक्षाको आतंक’ले शिक्षाको उद्देश्यलाई नै छायामा पारिदिएको छ । हामीले पढाएर परीक्षा लिने होइन, परीक्षा लिनका लागि पढाउँदैछौँ । परीक्षा कस्तो हुन्छ र कसरी लिइन्छ भन्ने कुराले वर्षभरिको कक्षालाई प्रभावित गर्ने नै भयो । हामीले चलाइआएको परीक्षा प्रणालीले स्मृति मापनको उद्देश्य राख्छ । वर्षभरि विद्यार्थीलाई किताब/नोट कण्ठ गर्न लगाउने, कत्तिको… पुरा पढौ

सामाजिक सेवाका नाममा संकलित रकम कति पारदर्शी ?

भनिन्छ भजन गाउने ओठहरुभन्दा सेवा गर्ने हातहरु नै महान हुन्छन। सामाजिक सेवाका लागि एउटाको हात मात्र काफी हुँदैन । सबैको हात मिल्नु पर्छ ।अहिलेको परिस्थितीलाई हेर्ने हो भने सामाजिक सेवा,सेवा मात्र नभएर मानवीय भावना र समवेदना दुबैको ब्यापार चलिरहेको जस्तो देखिन्छ । जस्ले गर्दा वास्तवमा मनदेखि नै सामाजिक सेवामा लागेकाहरु समेत बदनाम हुँदै गैरहेका छन । समाज सेवामा लागेका हामीहरू जतिसुकै आदर्श ,भिजनका कुरा गरेपनी हामीलाई चाहिने भनेको आर्थिक सहयोग अर्थात् donation हो । यथार्थलाई वकालत गर्दा तितो लाग्छ ।… पुरा पढौ

रक्सीबाज र तिनका बालबच्चाहरुको पिडा

कुनै एउटा व्यक्तिको खराब मनशायका कारण सुरु हुन्छ, समाजमा विकृति र विसगति जस्तो नकारात्मक व्यावहार । त्यसैले त परिवार, समाज र समुदायमा त्यो विकृति भन्ने शब्दको व्युत्पति भएको हुनसक्छ । भनिन्छ, मध्यपान सेवनको सुरुवात र निरन्तरता पहिलो त पारिवारिक रोग हो भने दोस्रो सामाजिक रोग पनि हो । जसले सेवन गर्नेलाई मात्र नभएर त्यस परिवारको सम्पूर्णलाई घातक प्रभाव पारेको हुन्छ । त्यसो त प्रयोग गर्ने व्यक्तिको जीवनमा जति असर पुर्याउँछ । त्यो भन्दा पनि बढि असर तिनका बालबच्चाहरु माथि पर्न… पुरा पढौ

कालीगण्डकी डाईभर्सनको योजनाभित्र के छ ?

कालीगण्डकी डाईभर्सनको योजनाभित्र के छ ? काे हुन याे षडयन्त्रमा लगानी गर्ने विदेशीहरू ? बिष्णु पाैडेल कसकाे प्रतिनिधि हाे भनेर चिन्न जरूरी छ । कम्युनिष्टको खोल ओढाएर पश्चिमाहरुले परिचालन गरेका आततायीहरुले नेपालको धर्म/संस्कृतिलाई समाप्त पार्ने योजनामा काम गर्न छाडेका छैनन्। देशद्रोहीहरुको् काम गर्ने तरिका मात्र फेरिएको छ। ०६५ सालमा पुष्पकमलको मन्त्रीपरिषदले नेपालको पात्रोलाई ११ महिनामा बदल्नु पर्ने निर्णय गरेर पञ्चाङ्ग निर्णायक समितिलाई दबाब दिएको थियो। ०६८ सालमा बनेको बाबुरामको सरकारले काठमाडौंका चाडपर्वहरुका लागि राज्यले दिंदै आएको सहयोग बन्द गर्ने र… पुरा पढौ

सत्ताको राजनीतिलाई अस्विकार गरौं

२०४६ मा म पोखरामा अध्यापन गर्थें। जनआन्दोलनको समयमा काठमाडौमा थिए। जुलुसमा हिंडे। लोकतन्त्र माग्दै नारा लगाए। त्यसबेला पंचायतको स्तुति गर्नुपर्थ्यो। म प्रजा होइन नागरिक बन्न चाहन्थे । त्यति समयमा गीता र मेरी पहिली छोरी युगिच्छाको जन्म भएको थियो। मैले ठुलठुला आँखा हेरेर औंला चुसीरहेकी छोरीलाई मैले भने, “तिमी म जस्तै अभागी होइन, तिमी सङ्ग लोकतन्त्र छ।” मैले ३१ वर्ष मुख थुनेर स्तुति गाउनु पर्यो र लागेको थियो अब जन्मिएका नेपाली बालबालिका देशको न्यानो माया पाउने छन । तर दुर्भाग्यवश, आजसम्म… पुरा पढौ

कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत

१७ असार, पोखरा । भारतको पञ्जाबबाट सन् १९६६ मा हरियाणा अलग बन्यो । त्यतिबेलादेखि नै पानीको विषयलाई लिएर पञ्जाब र हरियाणाबीच झगडा शुरु भयो । हरियाणामा पानीको अभाव पूर्ति गर्न शुरु गरेको सतलज यमुना लिंक नहर परियोजना अन्तिम चरणमा पुगेर पनि दुई प्रदेशको विवादका कारण अलपत्र अवस्थामा छ । अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन सतलज यमुना लिंक नहर परियोजनाको विवादमा वर्षेनि ठूलो आन्दोलन हुँदै आइरहेको छ । दुई प्रदेशका किसानबीच तनावपूर्ण अवस्था छ । यमुना नदीको पानी बाँडफाँड र अधिकारलाई… पुरा पढौ

‘तँलाई जेसुकै होस्, मतलव छैन, काममा हन्ड्रेड पर्सेन्ट चाहियो!’

मसँग जुरुक्क उठेर हिँड्नुको विकल्प थिएन। बस्‍न मन हुने कुरै भएन। भइरहेको कुराकानी अनावश्यक तन्काउनु पर्ने कारण पनि बाँकी थिएन। भारी मन अनि रसिला आँखा बिसाउन मन थियो तर त्यहाँ रुनु थिएन। त्यतिबेला थियो त केवल एउटा आकृति, ठीक अघिल्तिर अनुहारभरि आक्रोश बोकेर बसेको। मेरा आँखा टिलपिल हुनुअघि उसले भनेको थियो – 'मलाई कसैको 'मेन्टल, इमोसनल स्टेट'को मतलव छैन। बस् काममा 'हन्ड्रेड पर्सेन्ट' चाहियो।' पक्का भयो, कामका अगाडि मैले झेलिरहेका प्रश्नहरू, प्रश्नका कारण दिमागमा चलेको आँधी अनि मलाई लागेको चोट… पुरा पढौ

सिंहदरबार वैद्य खाना ,परम्परागत ज्ञान र आयुर्वेद ओझेलमा ?

कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भयो। साबुन, स्यानिटाइजर र मास्कको बारे त अब पाँच वर्षको बच्चाले पनि थाहा पाइसकेको छ। कोरोनाबाट प्रभावित भएकामध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखा पर्दैन भनेर थाहा भएको छ। अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्। जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ। अहिले ‘कालो ढुसी’ को कारणले झन् समस्या बढ्न थालेको छ। पूर्वीय… पुरा पढौ

अक्कलबिनाको नक्कल, कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ बेबी सावर”

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए । हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र पसेपछि हामी छक्क पर्‍यौं ।घरकी जेठी बुहारी पाँच महिनाकी गर्भवती रहिछन् । उनका वरिपरि जम्मा भएका मानिसहरू गर्भवतीको पेट देखाउँदै, हाँस्दै, रमाउँदै फोटा खिचाउँदै रहेछन्… पुरा पढौ