सामाजिक सेवाका नाममा संकलित रकम कति पारदर्शी ?

-


     दिलिप कंडेल    
     असार १९ गते २०७८


भनिन्छ भजन गाउने ओठहरुभन्दा सेवा गर्ने हातहरु नै महान हुन्छन। सामाजिक सेवाका लागि एउटाको हात मात्र काफी हुँदैन । सबैको हात मिल्नु पर्छ ।अहिलेको परिस्थितीलाई हेर्ने हो भने सामाजिक सेवा,सेवा मात्र नभएर मानवीय भावना र समवेदना दुबैको ब्यापार चलिरहेको जस्तो देखिन्छ । जस्ले गर्दा वास्तवमा मनदेखि नै सामाजिक सेवामा लागेकाहरु समेत बदनाम हुँदै गैरहेका छन ।

समाज सेवामा लागेका हामीहरू जतिसुकै आदर्श ,भिजनका कुरा गरेपनी हामीलाई चाहिने भनेको आर्थिक सहयोग अर्थात् donation हो । यथार्थलाई वकालत गर्दा तितो लाग्छ । तर गैरनाफामुलक सस्थाको चल्ने आधार भनेको नै अनुदानबाट हो। यस्ता संस्थाको आम्दानीको स्रोत नै अनुदानमा आधारित रहेको हुन्छ । तर समाजको सकारात्मक रूपान्तरणमा लगेका भनिएकाहरुले आर्थिक संकलनका लागि अनेकन मिठा र भावनात्मक कुरा गर्दै इमोशनल रूपका सर्वसाधारण तथा आर्थिक सहयोग गर्ने वर्गलाई लक्षित गरि उनीहरूमार्फ़त सहयोग संकलन गर्दछन । खोलो तर्यो लौरी बिर्सीयो भने झै दाताहरुको यथार्थपरक तथ्यांक संकलन गरेको पाईदैन ।

समाजको सकारात्मक रूपान्तरणमा लगेका भनिएकाहरुले आर्थिक संकलनका लागि अनेकन मिठा र भावनात्मक कुरा गर्दै इमोशनल रूपका सर्वसाधारण तथा आर्थिक सहयोग गर्ने वर्गलाई लक्षित गरि उनीहरूमार्फ़त सहयोग संकलन गर्दछन । खोलो तर्यो लौरी बिर्सीयो भने झै दाताहरुको यथार्थपरक तथ्यांक संकलन गरेको पाईदैन ।


मलाई लाग्छ हामीलाई थोरै रकम प्रदान गर्नेहरुप्रति उनीहरूको राम्रो दृष्टिकोणरहेको पाईदैन अर्थात् आखा लाग्दैन । न्यूनतम रूपमा आफ़नो पारिश्रमिक लिनेहरु जस्तै जापानको सन्दर्भमा कुक वा अध्ययन भिसामा रहेका बिधार्थीले समाजलाई थोरै पनि आर्थिक सहयोग गर्छ भने त्यो सहयोग ठूलो रूपमा हो भन्ने मेरो मान्यता छ । जसको जस्तो हैसियत छ सोही अनुसारको सहयोग गर्नु राम्रो कुरा हो ख़ासमा सहयोगमा स्वार्थ मिश्रित छ की यथार्थपरक त्यो मुख्य कुरा हो । तर समाजसेवी भन्न रुचाउनेहरुले हजारलाई समेट्न खोजेको पाईदैन, यो विडम्बनापूर्ण छ । हामी साच्चीकै समाज सेवा गर्ने हो भने गहिराइमा विश्लेषण गर्नु आवश्यक छ ।

जुनसुकै सामाजिक संस्थामा रहेका कार्यसमितिका साथीहरु यथार्थ कुरा बाहिर ल्याऊन तै चुप मै चुप छन् भने त्यहा मिलेमतो अवश्य हुन्छ । त्यसैले कि तपाई समाजिक सेवाबाट बाहिर निस्कनुस , होईन भने त्यहा भित्रका काला कर्तुत बाहिर निकालनुहोस , दुवै गर्न सक्नुहुन्न भने एउटा निरीह कोठा खोलेर त्यसको सदस्य बन्नुहोस ।। समाजमा लगीसके पछि जस अपजस बराबर लिनको लागि तयार भएर सामाजिक सेवामा लागौ ।

लेखक एनआरएनए जापानको २०२१-२०२३ को केन्द्रीय सदस्य पदमा उम्मेदवार घोषणा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?