विचार

स्वघोषित समाजसेवीको नाटक मञ्चन बन्द गरी आपसी सद्भाव कायम गरौ

विवादै विवादको चरम चुलीमा पुगेको वर्तमान अवस्थामा अहिले गैर आवासीय नेपाली संघ जापानको केन्द्र र क्षेत्रीय समिति नागोया राजनीति अवस्थाले जगडिएको हरेक क्षेत्र जस्तै एनआरएनए जापान पनि अछुतो रहन सकेको छैन। एउटै क्षेत्रमा दुई वटा समिति गठन भएको छ। एक पक्षले विधान विपरित उम्मेद्वार खड़ा गरी सपथ ग्रहण गराएको छ भने अर्कों पक्षबाट विधान विपरित काम भएको त्यस्तो कार्यलाई तुरन्त रोक्न आह्वान गर्दागर्दै कुनै सुनुवाई नभएपछि फेरी अर्कों समिति गठन गरेर सपथ ग्रहण गराएका छन।यो राजनीति खिचतानीले गर्दा साँच्चि नै… पुरा पढौ

यो समाजलाई अनियन्त्रित र छाडा लिंगहरु बाट जोगाऊँ !

हामी छोरालाई खेलौनाको रूपमा बन्दूक किनिदिन्छौं, छोरीलाई पुतली (डल) ! त्यही बिन्दु बाट नै विकसित हुन्छ- दमनको मनोविज्ञान ! पहिले एकजाना युवतीलाई रूपमा राम्री भएकै कारण भाइरल बनाइयो । कारण: उनले डोकोमा तरकारी बोकिन । रूपको बजार चलाएर महिला माथि विभिन्न शोषण र दमन गर्ने यस्तो शृंखला आजको हैन । विडम्बना, अधिकांश महिलाहरुले आफू माथि शोषण भइरहेको पत्तो नै पाउँदनन ! ‘डजन्ट म्याटर’ भन्न सम्म पछि पर्दैनन ! हुन त यो अभिव्यक्ति स्वतन्त्रताको युग हो । व्यक्ति आफ्ना रुची र… पुरा पढौ

कुनै दुर्घटना वा उथलपुथलको संभावना उत्कर्षतिर

विदेशी घुसपैठ, एनजिओहरुको लगानी र दलकका झोलेहरुको दलिय नियुक्तिका कारणले न्यायपालिका ध्वस्त भैसकेको छ। अबान्छित शक्तिहरुका ग्या..का रुपमा परिणत भैसकेको संस्थाबाट देश, नागरिक र देश हितका पक्षमा अब कुनै काम हुने आशा नगरे हुन्छ भन्ने यथार्थता ंसंसद विघटन र पुनस्थापनाको विवादमा छर्लङ्ग भैसकेको छ। देशको सबै प्रणाली भङ्ग गर्ने विदेशीहरुको डिजाईन अनुसार नै यस्तो नतिजा निस्केको हो भन्ने कुरा प्रष्ट छ। विदेशीहरुले छिन्नभिन्न पार्न नसकेको यौटे बाँकि संस्था सेना हो। देशको संकट अब नियन्त्रणभन्दा बाहिर जान सक्ने लक्षणहरु देखिन थालेका… पुरा पढौ

आँखालाई जति दुःख अहिले कुन अंगलाई होला र ?

कोभिड-१९ को दोस्रो लहरबाट संक्रमण दर वृद्धि र मृत्यु हुने संख्या बढे यता विभिन्न ठाउँमा लकडाउन सुरु गरियो । लकडाउन भए यता हाम्रो दैनिकीमा पनि फेरबदल भएर आएको छ, जस्तै : स्कुल, कलेज जाने विद्यार्थी अब अनलाइन कक्षा लिन थाले, विभिन्न कर्मचारीलाई ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने भन्ने अवधारणामा चल्न पर्यो भने आफ्ना साथी-भाइ, ईष्टमित्र, नातागोताका मान्छेहरूसँग इन्टरनेटका माध्यमबाट सामाजिकीकरण हुन पर्यो ।  चाडपर्वमा टीका र आशिष दिनेदेखि पूजा पाठलगायतका धार्मिक अनुष्ठानमा ‘भिडियो च्याट’बाट मन्त्र पाठ गरिनु सामान्य जस्तै… पुरा पढौ

घातक र अस्वीकृत अभिव्यक्ति

१. जसपाका नेताका रुपमा आफ्ना गलत विचारहरु बोक्न राजेन्द्र महतो स्वतन्त्र वा बाध्य भए पनि त्यस्ता खोटा विचारहरुको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन मिल्दैन । नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्यिता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौँ ।२. यस्तै उट्पट्याङ विषयले प्राथमिकता पाएका कारण पहिलो संविधानसभाको असफलता र… पुरा पढौ

वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव

कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ ।  “परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन । “कमाउने मानिस नै नभएपछि घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने, अहिले हामी साह्रै समस्यामा छौँ ।” उनका दुई छोरी र एक छोरा छन् । अहिले बाख्रा पालेर केही आम्दानी गरेकी उनले खाने र सरकारी विद्यालयमा छोराछोरी पढाउने सामान्य जोहो मात्र… पुरा पढौ

युवाहरूबीच चे ग्वेभारा

विश्व युवा जगतमा क्रान्तिकारी भावनाको उत्साह सञ्चार गर्ने एउटा लोकप्रिय नाम हो – अर्नेस्टो चे ग्वेभारा । क्रान्तिकारी विचारले मान्छेलाई साँच्चैको युवा बनाउँछ भन्नुहुने चे अमेरिकी साम्राज्यवाद र उपनिवेशवादविरुद्ध लड्ने एक योद्धा हुनुहुन्थ्यो । अर्जेन्टिनामा जन्मनुभएका चेले डाक्टरी पढ्दै गर्दा र डाक्टर बनिसकेपछि ल्याटिन अमेरिकाका अधिकांश देशहरूमा स्टेथस्कोपसहित भ्रमण गर्नुभयो । उहाँले ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादको दबदबा र अत्याचारलाई नजिकबाट हेर्नुभएको थियो । ल्याटिन अमेरिकामा व्याप्त असमानता, शोषण, अन्याय, बेरोजगारी, भोक, गरिबी र मानवसमाजका दुखान्तहरूसँगको साक्षात्कारले उहाँभित्र पलाएको साम्राज्यवादविरोधी भावना… पुरा पढौ

कोभिड – १९ को उत्पत्ति र विज्ञानमा आधारित खोज

जटिल काम तत्काललाई छोडेर अघि बढ्नु सबै पेशाकर्मीको स्वाभाविक कर्म हो । तथापि, संरा अमेरिकाका केही राजनीतिक नेता र सञ्चारमाध्यमले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धानमा गाडीको सबभन्दा पछाडि बसेको चालकको जस्तो व्यवहार देखाइरहेका छन् । कोभिड–१९ को उत्पत्ति गम्भीर र जटिल विज्ञानसँग सम्बन्धित विषय हो । संरा अमेरिकी नेता र सञ्चारमाध्यमहरूको यस्तो व्यवहारले राजनीतिक पूर्वाग्रह पालेर यो अनुसन्धानमा भाँजो हाल्न खोजिरहेका छन् । साथै राजनीतिक जालसाजीको लागि झुटा कुराले तथ्यलाई बङ्ग्याउन खोजिरहेका छन् ।संरा अमेरिका एउटा वैज्ञानिक शक्ति हो । तर, ऊ… पुरा पढौ

किन लोकतन्त्र भीडतन्त्रमा अभिव्यक्त हुँदै छ?

उदार लोकतन्त्रको मुखपत्रजस्तै मानिने ‘द इकोनोमिस्ट’ ले गत जनवरी १६ तारिखमा मेडिसन दुस्वप्नको संज्ञा दिँदै ‘भीडतन्त्रको शासनबारे राजनीतिक सिद्धान्तकारहरू दुई हजार वर्षदेखि चिन्ता गरिरहेका छन्’ भन्ने शीर्षकमा एउटा बहुचर्चित आलेख प्रकाशित गर्‍यो।  स्मरण रहोस्, संयुक्त राज्य अमेरिकाका चौथा राष्ट्रपति तथा अमेरिकी संविधानका संस्थापक पितासमेत मानिने जेम्स मेडिसन लगायतको एउटा प्रबुद्ध समूहले बहुचर्चित ‘द फेडेरालिस्ट पेपर’ तयार गरेका थिए। र, अमेरिकाको संविधानको मूल अन्तर्वस्तु तथा शक्तिको बाँडफाँड त्यही ‘फेडेरालिस्ट पेपर’ का आधारमा तयार गरिएको थियो। संविधानमा लोकतन्त्रलाई भीडको शासन बन्ने खतराबाट… पुरा पढौ

जापानमा नेपालीहरु के कसरी बसेका छन् त ? सकारात्मक पाटा र सुधार गर्नुपर्ने पक्ष

जापान नेपालीकोहरुको लागि अध्ययन, अध्यापन, रोजगारी र ब्यावसायको निम्ति आकर्षक मुलुक बनेको छ । जापानमा नेपाली डायस्पोरा प्रतिवर्ष विस्तारित भइरहेको छ । सन् २००६ मा ७ हजार ८ सय ४४ को संख्यामा रहेका नेपालीको संख्या प्रत्येक वर्ष बढेर सन् २०२१ फेब्रुबरी २ तारिकमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ छ । यो संख्या जापानमा विदेशीहरुको संख्याको पाचौं स्थान हो ।जापान सरकारले विदेशीलाई साधारणतया ६ प्रकारका भिसा दिने गरेको छ, जसमा कूटनीतिक भिसा, अफिसियल भिसा,… पुरा पढौ