कुनै दुर्घटना वा उथलपुथलको संभावना उत्कर्षतिर

-


     जनहित न्युज    
     जेठ २५ गते २०७८


विदेशी घुसपैठ, एनजिओहरुको लगानी र दलकका झोलेहरुको दलिय नियुक्तिका कारणले न्यायपालिका ध्वस्त भैसकेको छ। अबान्छित शक्तिहरुका ग्या..का रुपमा परिणत भैसकेको संस्थाबाट देश, नागरिक र देश हितका पक्षमा अब कुनै काम हुने आशा नगरे हुन्छ भन्ने यथार्थता ंसंसद विघटन र पुनस्थापनाको विवादमा छर्लङ्ग भैसकेको छ। देशको सबै प्रणाली भङ्ग गर्ने विदेशीहरुको डिजाईन अनुसार नै यस्तो नतिजा निस्केको हो भन्ने कुरा प्रष्ट छ।

विदेशीहरुले छिन्नभिन्न पार्न नसकेको यौटे बाँकि संस्था सेना हो। देशको संकट अब नियन्त्रणभन्दा बाहिर जान सक्ने लक्षणहरु देखिन थालेका छन्। यसलाई अनियन्त्रित हुन नदिन सेनाले समयमैं हस्तक्षेप नगर्ने हो भने नेपाली सेना पक्षाघातको शिकार हुने र खाली ठाउँमा नयाँ सशस्त्र शक्ति जन्मने तथ्यमा पनि संका नगरे हुन्छ। किनभने खाली ठाउँ सँधै खाली रहन्न, त्यसलाई कसै न कसैले भरेर जान्छ भन्ने कुरा समाज विकासको नियम हो।

देशमा विदेशी एजेन्टहरु र विदेशी नागरिकहरुको ताण्डव नाँचलाई सदाको निम्ति अन्त्य गर्ने मौका सबैभन्दा अनुकूल बिन्दूमा पुग्न थालेको छ।

देशमा विदेशी एजेन्टहरु र विदेशी नागरिकहरुको ताण्डव नाँचलाई सदाको निम्ति अन्त्य गर्ने मौका सबैभन्दा अनुकूल बिन्दूमा पुग्न थालेको छ। यसका लागि आम नेपालीहरु मानसिक रुपमा तयार हुनु पर्दछ। हिजो मात्र प्रधान सेनापतीबाट आएको अभिव्यक्तिले परिस्थितिको.गंभिरतालाई स्पष्ट पार्दछ। देशको संकट सामान्य प्रकृयाबाट सुल्झिन सक्ने संभावना नै छैन। नेपालका शत्रुहरुलाई मटियामेट पार्ने दिशाबाटै अगाडी जानु पर्दछ।

विदेशीहरुले आफ्ना एजेन्टहरुलाई तयारी अवस्थामा राखिसकेको यथार्थता बाबुरामको अभिव्यक्तिबाट बुझ्न सकिन्छ। उनले पहिले पनि नेपालमा ईण्डियन अत्याचारको विरोध हुँदा यस्काम जारी रहे नेपाल कतै मर्ज (विलय) हुन सक्ने धम्कि दिएका थिए। अहिले फेरी मालिकको निर्देशन अनुसार उनले नेपाल ठूलो दुर्घटनाको संघारमा पुगेको चेतावनी दिएका छन्। अब यी सबै नेपाल विरोधि गिरोहहरुलाई चकनाचुर पार्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?