विचार

नुन ढिके /purslane /कुल्फा

बाटोमा हिंड्दा देखिने ‘हरियो पात’ पौष्टिकताले परिपूर्ण हुनसक्छ । लट्टे पनि फलिरहेको हुन्छ, गाउँघरका बाटोमा कर्कलो फलिरहेको हुन्छ, प्राय कसैले वास्ता गर्दैनन् । त्यसैगरी ‘नुन ढिके’ (कुल्फा) एक यस्तो वनस्पति हो, जसमा भएको पौष्टिकताको कारणले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई “धेरै उपयोगी औषधीय बोटहरूको सूचीमा समावेश गरेको छबगैंचामा, सडक किनारमा यतिकै फलिरहेको हुन्छ, हुन्छ । तर हामीलाई यसको प्रयोगको बारेमा जानकारी यसको प्रयोग गरिदैन थियो । तर बिस्तारै यसको बारेमा जानकारी भएकाहरूले अहिले बगैंचामा रोप्न थालेका छन् । यो… पुरा पढौ

स्थानीय तहले नीति तथा कार्यक्रम र वजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरु

अहिले स्थानीय तहहरु नीति तथा कार्यक्रम र वजेटको तयारीमा छन । अन्यथा बाहेक, हाल निर्वाचित जनप्रतिनिधिहरुका लागि यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हुनेछ । निश्चय पनि स्थानीय तहले छोटो अवधीमा धेरै र देखिने काम गरेका छन । कोभिड-१९ को व्यवस्थापन लगायतमा स्थानीय तहले गरेका कामहरु सराहनीय छ ।केही पालिकाका पदाधिकारीहरु लगायतकाले मसँग नीति तथा कार्यक्रम र वजेटका लागि सुझाव माग्नु भएको थियो । मैले शशर्ती संविधान र कानून भित्र रही केही सुझावहरु वुँदागत रुपमा दिएको थिए ।ती सुझावलाई… पुरा पढौ

एनआरएनका धमिराहरु खबरदार !

नेपालका उखानेश्वर महादेवको पदवी पाएका पर-धानमन्तरी ओलीले गोरुलाई नांगै हिड्न के को लाज ? भनेजस्तै जापानका एनारानका हली, बाउसे, मुखियाहरुलाई अहिले पटक्कै लाज नमानेको देख्दा जापानका सारा नेपालीको अहिले अन्तरराष्ट्रिय बेइजत भएको छ । एक बिराउने, संसार पिराउने भनेझैं तरमार्न पल्केका केही बदमासहरुले गल्ती गर्छन् बिचरा सोझासिधाहरु बलिको बोको हुनुपरेको अवस्था छ । हुँदा हुँदा जापानबासी नेपालीको नाम नै संसारभरि गन्हाउन थालेको छ । यसको जिम्मा देविलालहरुले लिनुपर्छ कि पर्दैन ? पन्तहरुले लिनुपर्छ कि पर्दैन ? भट्टहरुले लिनुपर्छ कि पर्दैन… पुरा पढौ

देश बिगार्नेले आरक्षणको विरोध गर्ने ?

यो देशमा दलित कहिल्यै मूलधारमा छैनन् । त्यसैले देश बन्नु र नबन्नुको गुण दोष सीधै बाहुनलाई जान्छ । त्यसपछि अन्य गैरदलितलाई जाला । देश कति बन्यो र बनेन, त्यो तपाई हाम्रो अगाडि छर्लङ्गै छ । आरक्षणको विरोध गर्ने तपाईजस्ता क्षमतावानहरुकै हातमा छ यो देश । किन सक्ने जति पनि विकास नगरेर जताततै भ्रष्टाचार र नातावादको जालो फिँजाएको ? किन गरिवीको सूचका‌ंकलाई माथि उठाउन नसकेको ? किन भटाभट हरियो पासपोर्ट बनाउँदै युवा र बृद्ध/बृद्धालाई विदेश पठाएको ? किन कसैले दिनभर काम… पुरा पढौ

विदेशी दूताबास र एनजिओहरुको संविधानको दुष्परिणाम

राज्य प्रणाली कसले चलाईरहेको छ भन्ने कुरा यतिबेला कसैलाई थाहा छैन। राष्ट्रपति कार्यालयले आफूले गरेका नियुक्तिहरु सर्वोच्च अदालतले बदर गर्न नसक्ने वक्तव्य जारी गर्छ। सर्वोच्च अदालतले ओलीका नियुक्तिहरु बदर गर्छ। ओलीका प्रवक्ताले यसलाई आश्चर्यजनक भन्दै यसबाट ठूलो दुष्परिणाम निस्कने भाषण गर्छन। आफ्नो ईच्छा अनुसारको निर्णय नआउँदा सबैतिरका दलालहरुले सेटिङमा खेल भैरहेको दाबी गर्छन्। न्यायमूर्तीको पोशाकमा ठाँटिएका घुस्याहा फटाहाहरुले जताबाट ठूलो दबाब पर्छ त्यसै अनुसारका विरोधाभाषपूर्ण निर्णयहरु गर्दै जान्छन्। लोकतान्त्र नामको पापतन्त्र कसले हाँकिरहेको छ ? ओलीले ? चोलेन्द्रले ? मोदीले… पुरा पढौ

बियाँको बल

फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुुन्छ, खाना पचाउन पनि मदत गर्छ। यसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पुर्‍याउँछ । ओमेगा ३ को महँगो क्याप्सुुल किनेर खानै पर्दैन् । विभिन्न अध्ययनहरुले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख… पुरा पढौ

स्थानीय तहको योजना र बजेट तर्जुमा पद्धति

सिमित स्रोत र साधनबाट अधिकतम लाभ लिनका लागि अपनाईने विस्तृत विवरणलाई योजना भनिन्छ । योजना तर्जुमा गर्दा हामी कहाँ छौ । भविष्यको गन्तव्य के हो । उक्त गन्तव्यमा पुग्न के कति स्रोत र साधन चाहिन्छ । त्यसका लागि अपनाईने क्रियाकलापहरु के के हुन । अनुगमन र मूल्याँकन विधी के कस्तो हुन्छ । अपेक्षित उपलव्धि के हुन्छ । यी लगायतका विषयवस्तुहरु समावेश गरिन्छ । योजनावद्ध विकासबाट नै सकारात्मक परिवर्तन संभव छ । योजनाको विषयवस्तु तथा प्रवृत्तिको आधारमा योजना विभिन्न प्रकारका हुन्छन्… पुरा पढौ

आँगनमै औषधि

केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो… पुरा पढौ

बजेट ऐन, कानुन, नीति, निर्देशन, मापदण्ड, विधि-विधान र प्रचलित मूल्य मान्यता विपरीत ‘बजेट तथा कार्यक्रम’

हरेक वर्ष असार १ गते प्रदेश सरकारले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार गण्डकी प्रदेशमा पनि नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९को बजेट तथा कार्यक्रम पेश गर्ने नाममा बजेट तर्जुमा सम्बन्धी कुनै पनि ऐन कानुन, नीति, निर्देशन, मापदण्ड, विधि-विधान र प्रचलित मूल्यमान्यता विपरीत 'बजेट तथा कार्यक्रम' नै नभएको 'बजेट वक्तव्य'को लिखित भाषण पेश गर्नुभयो । संघ-संस्थाको वार्षिक साधारणसभामा पेश हुने वार्षिक आय र खर्च तथा प्रगति विवरण जस्तो पनि नलाग्ने प्रदेश… पुरा पढौ

संघीयताको कसीमा प्रदेशको वजेट : प्रदेश वजेटको नालीवेली

सवै प्रदेश सरकारले आज आ.व. ०७८/७९ का लागि वजेट ल्याए । बजेटको आकार हेर्दा सवभन्दा ठूलो वजेट बागमती प्रदेशले रु ५७.७२ अर्वको ल्याएको छ भने सवभन्दा सानो गण्डकी प्रदेशको रु.३०.०३ अर्वको छ । सबै सातवटै प्रदेशको कुल बजेट रु २६१.८ अर्वको छ । यो आ.व. ०७७/७८ मा २६४.२ अर्वको थियो । आ.व. ०७७/७८ सँग तुलना गर्दा आ.व. ०७८/७९ को बजेट रु २ अर्व ३८ करोडले कमी हो हो । प्रदेशगत रुपमा हेर्दा प्रदेश नं १ र २ को बजेट क्रमश… पुरा पढौ