
युवा नै समाजको रूपान्तरण, औद्योगिक, आर्थिक र देशकै अग्रगामी विकासको छलाङ्ग मार्नका लागि मुख्य आधार हुन्। शाब्दिक अर्थमा भन्नुपर्दा युवा अवस्था भनेको परिवर्तनकारी सोच,जोसिलो अवस्था,उत्साह र उमंगले भरिएको अवस्था हो। राष्ट्र निर्माणको समग्र उत्तरदायित्व बहन गर्नु पर्ने हामी लाखौ नेपाली युवा मातृभुमिको समृद्धि र विकास निर्माणको महत्वपूर्ण जिम्मेवारीलाई चटक्कै छोडेर भोको पेट र खाली खल्तीको वाध्यताले विश्वका विभिन्न मुलुकमा भौतारि रहेका छौ।
रोजगारीकै लागि र आफ्नो परिवारका हरेक आवश्यकता पुरा गर्न सहजता होस् भनेर हातमा हरियो पासपोर्ट समाएर आकाशको बाटो हुदै विभिन्न मुलुकमा पुगेका हामी युवा केहि समय यस्तै पारिवारिक समस्या समाधानमा खर्चेका छौ। त्यसपछि जसोतसो गरेर ३/४ आना जग्गाको खोजीमा रहन्छौ। जीवनकै सबैभन्दा उर्वर समय र शक्ति अरुको देशमा लगानि गर्छौ। र त्यहि जसोतसो जोडेको जग्गामा छाप्रो हाल्न वा तल्ला थप्दैमा व्यस्त हुन्छौ। भने केहि अभागीहरु आखाभरि सजाएका ती सपनाहरुलाई पुरा गर्न नपाउदै बाकसभित्र छोपिएर जानुपर्छ यो हामी नेपालीको यथार्थ हो।

भनिन्छ बिहानीको उदाउदो किरणबाटै पुरा दिनको अनुमान गर्न सकिन्छ, त्यसरी नै एनआरएनए जापानमा भएका विभिन्न वेथिती, अनियमितता, विसङ्गतिका र आफ्ना स्वार्थका रोटी सेक्नेहरुका विरुद्धमा बुलन्द आवाज उठाउदै युवाहरुलाई अग्रपंतिमा राख्नुपर्छ भनेर जोडतोडका साथ लाग्नुहुने युवाहरु नविन निउरे-वरिष्ठ उपाध्यक्ष, अनिल थापा(राम)-उपाध्यक्ष, जीवन गुरुङ-उपाध्यक्ष र दिलीप कडेल-सदस्य पदमा उमेदवारी दिनुभएको छ।

यहाँहरुको शान्त स्वभाव,सामाजिक भावना र जिम्मेवारीका हिसाबले अग्रस्थानमा हुनुहुन्छ र युवाहरुको आशा,भरोसा र ढुकढुकी हुनुहुन्छ। एनआरएनए जापानको मुख्य चुनौती आर्थिक पारदर्शीता,असक्षम कार्यसमिति र असक्षम नेतृत्वको विषयलाई लिएर यतिबेला विश्वका सबै एनआरएनएहरुको जापानतिरै ध्यान केन्द्रित भएको छ। यी र यस्ता बेथितीलाई चिर्नको लागि यहाँहरुजस्ता नविनतम सोच,उच्चतम जोश-जाँगर र परिवर्तनको अठोट भएका युवाहरु एक साथ भएर लाग्नु पर्ने देखिन्छ।

एनआरएनए जापानको आर्थिक पारदर्शीताको विधिको सुशासन संस्थागत विकास जवाफदेही नेतृत्व महान् अभियानमा अब कैयौ युवाहरु जोडिने छन्। त्यसका लागि दिर्घकालीन सोच र धेरै युवाहरूको सहभागिताका लागि प्रेरित गर्नु पर्ने देखिन्छ। एनआरएनए जापानमा युवा उमेदवारहरु उठेर वर्षातको भेल जस्तै धमिलिएको एनआरएनए जापानको अवस्थालाई निश्चल र कंचन एनआरएनए जापान बनाउने विषय जोडदार रुपमा उठ्न थालेको छ। एनआरएनएमा जोडिएकै भरमा आफ्ना स्वार्थका रोटी सेक्नेहरुलाई मिल्काएर भ्रष्टहरुलाई ठेगान लगाउने समय आएको छ।

जापानबासी नेपाली समुदायमा विभिन्न बाहानामा अभियान संचालन गरेर जनताको पसिनाले हात पखालेर सुकिला मुकिला भएर जापनको रंगिन शहरहरुमा घुम्न पल्किएको एक जमातलाई धुलो चटाउने भनेकै युवाहरुले हो। त्यसैले आगामी निर्वाचनमा आफ्नो अमुल्य मतको कदर गर्नुपर्छ। हामी आफै जाग्नुपर्छ। हामीले लगातार निशुल्क र निश्वार्थ रुपमा प्रदान गरेको मतको हिसाब किताब माग्न पर्छ। त्यसैले सचेत भएर एनआरएनए जापानमा,युवालाई मतदान गरौ ।