आफ्नो पेशा, व्यवसायलाई दिने समयलाई व्यवस्थापन गर्दै समाजसेवामा लाग्नु आफैमा राम्रो कुरा हो । म आफैं चाहिँ सामाजिक संस्थाहरुको महत्व गहकहिलो हुन्छ भनेर बुझ्ने गर्दछु । समय राम्रै भइँरहँदा त विदेशमा कमाइन्छ, खाइन्छ, केही बचाइन्छ अनि रमाइन्छ पनि, तर समय सधैं एकनाशको रहँदैन, गाह्रो, अप्ठेरो पर्दा त समाज चाहिन्छ ।
यही समाजको कुरा गर्दै गर्दा जापानमा अहिले चुनावको माहोल छ । फेसबुकका वालमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु छाइरहनु भएको छ । तर दुर्भाग्यबस पछिल्लो समय जापानमा एनआरएनलाई हेर्ने दृष्टिकोण आम सर्वसाधारण नेपाली (अझ यो चुनावको माहोलमा भोटरहरु भनौं) हरुको त्यति सकारात्मक नभएको सबैले बुझेकै छौं । एनआरएनए आफैंमा पवित्र उद्देश्य बोकेर हिडेको संस्था भए पनि यसलाई हेर्ने दृष्टिकोणमा नकरात्मक प्रभाव पर्नु भनेको यस संस्थाको गरिमामा आँच आउनु हो ।
त्यसैले मेरो व्यक्तिगत सुझाव, फेसबुकमा देखिन र देखाउनु भन्दा पनि यो संस्थाको गरिमालाई उच्च राख्ने उद्देश्य सहित चुनावी माहोलमा होमीनु होला । नराम्रा, अनावश्यक तथा विवादमा आउने काम नगर्दा मात्रै पनि धेरै राम्रो हुन्छ यहाँ । सिधै बुझ्दा त सामाजिक काम वा संस्थामा लाग्नु भनेको लिने भन्दा पनि दिने ठाउँ भनेर सबैले बुझीरहँदा, जापानका नेपाली मिडियामा आएका पछिल्ला घटनाक्रमले त एनआरआएनमा लाग्दा त कमाउन पाइने रहेछ भनेर आम मानिसमा पर्न थालेको छापलाई बाक्लिन नदिइयोस ।
फेसबुकमा देखिन र देखाउनु भन्दा पनि यो संस्थाको गरिमालाई उच्च राख्ने उद्देश्य सहित चुनावी माहोलमा होमीनु होला । नराम्रा, अनावश्यक तथा विवादमा आउने काम नगर्दा मात्रै पनि धेरै राम्रो हुन्छ यहाँ ।
अहिले उम्मेदवारी घोषणा गर्दा नमस्कार गरेका फोटोहरुसँगै राखिने राम्रा, मिलाइएका, सिँगारिएका, बनाइएका नाराहरु थोरै भएपनि व्यवहारमा उतार्ने योजनाका साथ अगाडी बढी भोली आफुले पाएको जिम्मेवारी बहन गर्ने क्रममा ति नाराहरुलाई केही हद सम्म मात्रै पनि व्यवहारमा लागु गर्दै एनआरएनको धमिलीएको छबिलाई सङल्याएर अगाडी बढाउनुभएमा जापानबासी नेपालीहरुले एनआरएनलाई अझै बढि आफ्नो अभिवाकका रुपमा महसुष नगर्लान भन्न सकिन्न । ( यो लेखक निजी विचार हो । निजको फेसबुकवालबाट लिइएको हो )