’कहिं नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै एनआरएन जापान भित्रको घिनलाग्दो चर्तिकलाले आम जापानबासी नेपालीहरुको शिर गिराउने काम भएको छ । एनआरएन जापानको नाम सुन्दा बितिक्कै नाक खुम्च्याउनेहरुको संख्या दिन दुई गुणा, रात चौगुणा बढ्दो छ । यस्तो अवस्था आउनुमा को जिम्मेवार ? यसका पछाडिका खेलाडि को को हुन् ? कस्ता मान्छे चोरबाटोबाट भएको प्रवेशपछि यस्तो स्थिति आयो ? लगायतका एनआरएनलाई मागीखाने भाँडो बनाउने हेभिलालहरुको हर्कत बारे गोप्य सूचनाहरु धमाधम प्राप्त भईरहेका छन् । आवश्यक परे सप्रमाण क्रमशः भण्डाफोर कार्य जारी रहने छ ।
थुप्रै आर्थिक मामिलामा मुछिएको प्रमाणित भएर पनि बहालवला अध्यक्ष देविलाल भण्डारीलाई माथिल्लो निकाय र भण्डारीका मतियारहरुले राजीनामा गर्न कसले रोक्यो ? कुरो निकै रहष्यमय छ । झण्डै आधा दर्जन आर्थिक घोटाला प्रकरणमा मुछिएका देबिलाललाई चोख्याउने प्रयत्न योजनाबद्ध ढंगले धेरै पहिलेदेखिनै भईरहेको बुझिन्छ । यस कार्यमा केन्द्रदेखि एनआरएन जापानको कार्यसमिति भित्रैका केही हेभिलालहरुको भूमिका प्रमुख देखिन्छ । उनीहरु किन यसरी ज्यान फालेर लागे त भन्ने बिषयमा शायद धेरै कम मान्छेले भेउ पाएको हुनुपर्छ
जापानबाट आइसीसीमा प्रतिनिधित्व गर्ने पानीमरुवा हेभिलालहरु पनि संगै सति गएको देख्दा पो उदेक लागेर आउँछ त । नजिकै आइरहेको आइसीसी अधिवेशनमा भोट काटिन्छ, मार्केट बिग्रन्छ, भोटर रुष्ट हुन्छन् यहि हैन त तिम्रो स्वार्थ ?
संसारमै नभएको चलन निस्क्रिय बस्न लगाउने भन्ने नमार्द ब्यहोराको थामौतीपत्र संगै अनुगमन समितिको हवाला दिदैं बिषयान्तर गर्ने र थामथुम पार्ने उपाय अगाडि सारिएको छ । कुनै औचित्य नै नभएको कथित अनुगमन समितिमा रातारात नाम थप्दै जम्बो मनाईयो । यो सबै देविलालहरुलाई बचाउने हेभिलालहरुको नौटंकी हो भन्दा फरक पर्दैन । उपल्लो निकायले मातहतको निकायलाई नियन्त्रण वा कार्वाही गर्न नसकेको सबैभन्दा लाजमर्दो उदाहरण यो भन्दा अरु के हुन सक्छ ? आर्थिक अपचलन गरेको हाकाहाकी प्रमाणित भएको मान्छेलाई चोख्याउने अभियानमा आइसीसीदेखि अल्पमतमा परेको एनसीसी र त्यसका महासचिव, प्रवक्ता लगायतका देविलालका मतियारहरु जिम्मेवार छन् ।लाजै नमानिकन उनीहरु नै फेरि भोट माग्न अगाडि सर्दैछन् । अपराध गर्ने भन्दा अपराध गर्न उक्साउने वा अपराधीलाई संरक्षण गर्ने झन महाअपराधी हो, त्यस्ता मनुवाहरुको हिसाबकिताब जापानबासी नेपालीले अवश्य देखाईदिने छन्, लेखेर राखे हुन्छ ।
जापानबाट आइसीसीमा प्रतिनिधित्व गर्ने पानीमरुवा हेभिलालहरु पनि संगै सति गएको देख्दा पो उदेक लागेर आउँछ त । नजिकै आइरहेको आइसीसी अधिवेशनमा भोट काटिन्छ, मार्केट बिग्रन्छ, भोटर रुष्ट हुन्छन् यहि हैन त तिम्रो स्वार्थ ? सहिलाई सहि र गलतलाई गलत भन्न नसक्नेहरुबाट हामीले के आशा गर्ने ? आइसीसीका २, २ जना पूर्वअध्यक्ष, बहालवला कोषाध्यक्ष, पूर्व प्रबक्ता, आरसी, डिआरसी, काम न काजका बिना बिभागीय आइसी सदस्यहरु गरी आइसीसीका जम्बोटोली भएको जापानमा नागोयाको क्षेत्रीय निर्वाचनको हालत उस्तै छ, छि छि लाज त लाग्नुपर्ने हैन र ? हैन यिनीहरुको काम के रहेछ ? घरभित्रको झगडा पनि मिलाउन नसक्नेले अरु के गर्न सक्लान् ? तिम्रा खुट्टीबाटै सबै चाल पाईयो ।
यस्तो भद्रगोल हुँदासम्म ति मुखियाहरु कहाँ थिए, के हेरेर बसेका थिए, किन समयमै एक्शन लिईएन ? मुख बुझो लगाउनका लागि अनुगमन समितिमा भएभरका मान्छे भर्ती गरेको हो भन्ने कुरो सबैलाई थाहा छ, तिम्रा मोटा बुद्धि ।
जापानबासी नेपालीहरुलाई आँखामा छारो हालेर आइसीसीको स्वाङ पार्दै ढ्वाङ फुक्दै हिडेको सबै देखावटी आडम्बर मात्रै पो रहेछ । हुती नभएकाहरुले परिआउँदा गर्ने केही होइन रहेनछन् । यसरी गिजोलिएको एनारानमा अब जस्तोसुकै मै हुँ भन्ने माइकलाल आएपनि फोहोरको डुंगुर सफा गर्दा गर्दै २ वर्ष समाप्त हुन्छ, अनि हात्ती आयो फुस्सा हुने लगभग पक्का छ ।
त्यसो भएको हुनाले नयाँ जोगीहरुले पनि धेरै खरानी नघसेकै राम्रो । यो गर्छु र उ गर्छु भनेर सस्तो बकबास बन्द गर्दा हुन्छ, तिम्रो हैसियत र औकात पनि सबैलाई थाहा भएकै हो । यस्तो भद्रगोल स्थितिमा बर्षायामको च्याउसरी तँछाड र मछाड गरेर उम्मेदवारी घोषणा, सामाजिक सञ्जालभरि उनीहरुकै पूरा गर्न नपर्ने प्रतिबद्धता संप्रेषण भईरहेका छन् । आजको यो भद्रगोल स्थिति बनाउने जमात उत्पादन गर्नमा हिजोका मुखियाहरु नै जिम्मेवार छन् । उनै लबस्तरो मुखियाहरु फेरि अनुगमन समितिको नाममा समस्या समाधान गर्ने जिम्मेवारीमा बसेका छन् । यस्तो भद्रगोल हुँदासम्म ति मुखियाहरु कहाँ थिए, के हेरेर बसेका थिए, किन समयमै एक्शन लिईएन ? मुख बुझो लगाउनका लागि अनुगमन समितिमा भएभरका मान्छे भर्ती गरेको हो भन्ने कुरो सबैलाई थाहा छ, तिम्रा मोटा बुद्धि । यो भन्दा बढि मनपरि अब जापानका नेपालीलाई सैह्य हुने छैन । खबरदार हेबिलालहरु हो, अब तिमीहरुको कथालो समाउने दिन देख्न नपरोस्, चेतना भया ! (यो आलेख लेखकको फेसबुक वालबाट लिइएको हो र यो उहाँको निजी विचार हो )