कला / साहित्य

अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने

जापान।लामो समयदेखि नेपाली गीत संगितको क्षेत्रमा सदावहार गायक र ब्याण्डको रुपमा स्थापित अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने भएको छ। सन २०१८ पछि,पहिलो पटक जापानका डेढ लाख नेपालीहरुसँग सांगीतिक भेट गर्न मानवताको लागि संगीत भन्ने नारा सहित नेपथ्य जापान आउने भएको हो ।नेपथ्यले टोकियोको तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा कन्सर्ट गर्नेछ। यसपटक टोकियोमा नेपथ्य ब्याण्डलाई भिजोनिया कम्पनीले लिएर आउन लागेको हो।आयोजक कम्पनीका निर्देशक सुभास लामिछाने भने-“अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको… पुरा पढौ

‘म चन्द्रमा हुँ’ ग़ज़लको चर्चा चुलिदै

केही दिन अघि रिलिज भएको ग़ज़ल ‘म चन्द्रमा हुँ’ चर्चाको शिखरतिर छ । छोटो समयमा संगीत पारखीहरुलाई मोहित पारेको छ । ‘म चन्द्रमा हुँ’ को शब्द, संगीत र स्वर धेरैको मनमा बसेको छ ।ग़ज़ल युटुबको ट्रेडिंगमा रहेको छ । अमेरिका बस्ने बागलुङका सर्जक जिवनदास सुनारले ग़ज़ल लेखे । अनि गायक/ संगीतकार सिडी विजय अधिकारीले संगीत गरे । ग़ज़लकार स्वर समिक्षा अधिकारीले भरिन् । साहित्यकार सुनारले केही दिन अघि यिनै गायिका समिक्षाको अन्तरवार्ता हेरेपछी यो ग़ज़ल जन्मेको हो । उनका उतार… पुरा पढौ

पत्रकार सज्जनको पोखरामा… गीत रिलिज (भिडियो सहित)

बहुप्रतिभाशाली गायक, कलाकार तथा पत्रकार सज्जन कुमार सिंहको नयाँ गित/भीडियो पोखरामा… सार्वजनिक भएको छ । ‘’पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’’ गितको मुल थेगो रहेको छ । पोखराको मौसम जस्तै नानीहरुको भर हुन्न भन्ने भाव प्रति यहाँका केही महिलाले विरोध पनि जनाएका छन् । गितमा भनिएको छ, ‘’एकै छिनमा वादल लाउने एकैछिनमा पानी, पोखराको मौसम जस्तै रैछ तिम्रो बानी ।" पोखराको मौसम र प्रेमलाई बिषयवस्तु बनाएर तयार पारिएको गितको शब्द, संगित सज्जनको छ । गितमा सज्जन… पुरा पढौ

रमाइलो म्यूजिक एक्सप्रेसको तयारी पुरा, भोलि नाकानोमा सांगीतिक कन्सर्ट हुँदै

टोकियोमा आईतबार आयोजना हुने लोकगीत र आधुनीक गीतका लोकप्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहने रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । चर्चित तथा लोकप्रिय कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, गायिका एलिना चौहान र सुस्मिता क्षेत्रीले आईतबार साँझ ६ बजेबाट सुरु हुने रमाइलो म्यूजिक एक्सप्रेसमा आफ्नो प्रस्तुति दिनेछन । आयोजक पर्वत समाज जापानका महासचिव राम प्रसाद बास्तोलाका अनुसार रमाइलो म्यूजिक एक्सप्रेस कार्यक्रममा लोकदोहोरी स्रष्टाहरूलाई गरिनका लागि आवश्यक व्यवस्थापनसहित कार्यक्रमको प्रचारप्रसार, म्यूजिक तथा अन्य आवश्यक व्यवस्थापनका काम… पुरा पढौ

जापानमा सुरु भयो पर्वत समाज जापानको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम

पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानद्वारा आयोजना गरिएको ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रम जापानका विभिन्न शहरहरूमा सोमबारदेखि सुरु भएका छन ।नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र बिश्वकर्मा, एलिना चौहान र सुस्मिता क्षेत्रीको प्रस्तुति रहने उक्त कार्यक्रम फुकुओकाबाट मंगलबारदेखि सुरुवात भै मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा र निगातामा जुन ४ तारिख आईतवारका लागि तय गरिएको समाजका प्रवक्ता रबिन शर्माले जानकारी दिए । ‘मंगलबार फुकुओकामा भएको उपस्थितिले… पुरा पढौ

म विदेश आएको छु

लामो समय पछि। म विदेश आएको छुबा को पसिनाले निथ्रुक भिझेकोएक मुठी आशा बोकेरम विदेश आएको छुआमाको आशुले भिझाएकोगहभरीको माया बोकेरम विदेश आएको छुजन्मभुमिको तस्बिरआखाँभरि सजाएरबामैले नुहाउने खोलाहरुलेछोरो खोई भनेर सोधे भनेभन्दिनुमेरो छोरो पसिनामा नुहाउन गएको छबाम उकाली ओराली गर्नेपहाडहरुलेछोरो खोई भनेर सोधे भनेभन्दिनुमेरो छोरो तिमी भन्दा अग्लामहल बनाउन गएको छ।बा सकेँ छु भनेतिम्रो एक मुठी आशामासाहुको ऋण तिर्न पुग्नेपैसा थपेर पठाउँलाआमा सकेँ छु भनेतिमीले पठाएको ममतामाएउटा नयाँ चोली थपेरपठाउँलाबायदि म फर्किएन छु भनेआकाश तिर हेरेरआकाशलाई भन्दिनुभनिदिनुछोरो तिम्रो हुन आएको… पुरा पढौ

प्रकाश सपुतको सकम्बरी : एक विश्लेषण

प्रकाश सपुत मलाई मनपर्ने गायक हुन्। कान्तिपुर कन्क्लेवमा यसपटक उनको विमर्श सुनेपछि उनको सामाजिक चेतनाको उच्चताले मलाई कायल बनाएको थियो। तर, चेतनाको परीक्षा कस्तो हुन्छ भने - यसमा एउटा घडीको एउटा टिकटिके आवाजले मात्रै पास दिँदैन। दिएपनि सधैंलाई दिँदैन। प्रकाश जातीय या वर्गीय सवालमा तैबिसेक गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन्।उनले महिलालाई फगत हाटबजारको बिकाउ माल भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा भएपछि, अवसरको आश देखाएर महिलालाई… पुरा पढौ

अनेसास जापानको ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ विशेष कार्यक्रम वैशाख १ मा

नयाँ वर्ष २०८० को अवसर पारेर अन्तरराष्ट्रिय साहित्य समाज जापान च्याप्टरले नेपाली नया वर्ष २०२८० को अवसरमा वैशाख १ गतेको दिन ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ मञ्चन सहित वैशाख १ गते शुक्रबार एभरेस्ट इन्टरनेसनल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना गरिन लागेको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी दिए ।कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जनाको कर्ममा… पुरा पढौ

जापानको इताबासीमा ‘इम्ब्रियोनिक’ नाटक मञ्चन हुने

पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।   गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ । जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र… पुरा पढौ

‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानमा प्रदर्शन

भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर फोटोग्राफर सञ्जय महर्जनले निर्माण गरेको ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा  प्रदर्शन गरिएको छ।  सन् २०२२ डिसेम्बर १७ देखि मार्च १९ अर्थात आइतबारसम्म प्रदर्शन गरिएको हो। ‘गो टु ट्राभल–जर्नी अफ द आर्टिष्ट’ शीर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उनले खिचेका फोटो र डकुमेन्ट्री  देखाइएको हो। उक्त डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल,… पुरा पढौ