विज्ञान प्रविधि

टिकटक अब ४० मिनेट मात्र चलाउन पाइने !

कतिपय देशमा टिकटक बन्द गरेको समाचार हामीले सुन्दै आएको छौं । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् । अब भने टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ । चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् । चिनियाँ भर्सनको टिकटकमा यो नियम लागू भएको हो । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् । टिकटकले सुरु गरेको 'टिनएज मोड' मा बालबालिकाले दैनिक ४० मिनेटभन्दा बढी टिकटकमा… पुरा पढौ

यी एपबाट मोबाइलमा सजिलै भिडियो एडिट गर्नुहोस्

कोरोनाभाइरसका कारण लामो समय घरमै बस्नुपर्ने भए पछि युट्युव भिडियो क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो एडिटिङका ससाना कामका लागि प्रोफेसनल एडिटरको आवश्यकता परिरहेको हुन्छ । मोबाइलमा केही एपको सहयोगमा सहजै प्रोफेसनल देखिने भिडियो एडिट गर्न सकिन्छ । हेर्नुहोस्  मोबाइलमै भिडियो एडिट गर्न सकिने सबैभन्दा महत्वपूर्ण एप   काइन मास्टर काइन मास्टर भिडियो एडिटिङका लागि उपलब्ध केही विकल्पमध्येको यो केही समय पहिलेसम्म सबैभन्दा अगाडि थियो ।यो एक उत्कृष्ट भिडियो एडिटिङ एप हो । यदि एक पटक तपाईंले यसका सबै फंसनलाई राम्रोसँग… पुरा पढौ

अझै कति वर्ष लाग्ला स्वचालित सवारी आउन ? ज्येष्ठ नागरिकले भरिएको जापानको प्रयास पनि सुस्त

जापान उसै पनि ज्येष्ठ नागरिकहरूको देश बनेको छ, तिनका निम्ति स्वचालित गाडी उपलब्ध गराउन त्यहाँको सरकारले चाहेको छ । तर, हालै भएको एक दुर्घटनाले भविष्यमा आउन सक्ने चुनौतीलाई रेखांकित पनि गरिदिएको छ । जापानसमेत अन्य कतिपय देशमा स्वचालित गाडी सडकमा कुदिरहेका छन् । जापान सरकारले त टेक्नोलोजी विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।गत वर्ष नै जापान केही अवस्थालाई पूरै नियन्त्रणमा लिने सवारी सार्वजनिक सडकमा गुडाउने अनुमति दिने पहिलो मुलुक बन्यो । उक्त होन्डा कारलाई ‘लेभल थ्री’ को स्वायत्तता दिइयो, अर्थात… पुरा पढौ

तपाईंको फेसबुक अरुले चलाएको कसरी थाहा पाउने

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ । फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ । तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ ।फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ, कसैले चलाएको छ कि छैन । भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ । यदि फेसबुक चलाउँदै गर्दा कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सकिन्छ । त्यतिमात्र होइन… पुरा पढौ

२६ वर्षको सेवापछि माइक्रोसफ्टको ब्राउजर इन्टरनेट एक्सप्लोरर् बन्द हुँदै

माइक्रोसफ्टको चर्चित इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर् आगामी वर्षदेखि बन्द हुने भएको छ।  २६ वर्षभन्दा बढी प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर् आगामी वर्ष बन्द हुने कम्पनीले जनाएको छ। माइक्रोसफ्टले आफ्नो ब्लगमा विन्डोज १० मा जुन २०२२ देखि इन्टरनेट एक्सप्लोररको सुविधा नहुने जानकारी दिएको हो। अधिकारीहरुका अनुसार विश्वभरका इन्टरनेट प्रयोगकर्तामध्ये ८ प्रतिशतले अझै इन्टरनेट एक्सप्लोरर् प्रयोग गर्दछन्। इन्टरनेट एक्सप्लोररको प्रतिस्थापनमा माइक्रोसफ्ट एजले काम गर्ने बताइएको छ। माइक्रोसफ्ट एजमा इन्टरनेट एक्सप्लोरर् मोड दिइने बताइएको छ। पुराना माइक्रोसफ्ट ढिला चल्ने भएका हुनाले त्यसलाई माइक्रोसफ्टले बन्द… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा… पुरा पढौ