विज्ञान प्रविधि

जापानमा टीभी स्क्रिन ‘चाटेर’ खानेकुराको स्वाद लिन मिल्ने अनौठो प्रविधि  

जापानी प्रोफेसरले चाट्न मिल्ने ‘लिकेबल’ टिभी स्क्रिनको प्रोटोटाइप सार्वजानिक गरेका छन् । यसलाई ‘टेस्ट द टीभी’ भन्ने नाम दिइएको छ जसका दशवटा ‘क्यानिस्टर’ ले स्वादहरु स्क्रिनमा स्प्रे गरिदिन्छ र दर्शकलाई चाट्नका लागि भनेर ‘हाइजिनिक’ अर्थात सफा फिल्म रोल गरिदिनेछ । यसको परीक्षण गर्न पुगेकी एक विद्यार्थीले स्क्रिनमा गएर आफूले गुलियो चकलेट खान चाहेको बताएकी थिइन् । त्यस लगत्तै उनको अर्डर स्क्रिनमा स्प्रे गरियो र चाटेर स्वाद लिइसकेपछि उनले दूधको चकलेट जस्तो स्वाद महसुस भएको बताएकी हुन् । निर्माता प्रोफेसर होमेइ मियाशिताले यसलाई… पुरा पढौ

जापानको गाडी उत्पादक कम्पनी टोयोटाद्वारा चन्द्रमामा गाडी पठाउने तयारी शुरु 

जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्थाले जनाएको छन। सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ । बाहिरी अन्तरिक्षमा पनि गाडीमै मानिसहरुले खान, काम गर्न,… पुरा पढौ

पैसा तिर्न क्यूआर कोड स्क्यान गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोस् यी चार कुरा

क्यूआर (क्विक रेसपोन्स) कोड प्रयोगमा आएको धेरै समय भइसकेको छ। अझ कोभिड-१९ पान्डेमिकको समयमा झन ‘क्यासलेस’ भुक्तानीको लागि यसको उपयोगिता बढेको छ। क्यूआर कोड भनेको एक प्रकारको वर्गाकार बारकोड हो जसलाई हाम्रो स्मार्टफोनको क्यामेराबाट स्क्यान गरेर अनलाइन भुक्तानी गर्न, छिटो वेबसाइट एक्सेस गर्न, एपहरु डाउनलोड गर्न तथा रेस्टुरेन्टहरुमा मेनु हेर्न समेत सकिन्छ। फोन नम्बर, इमेल लगायतका सूचना र डाटाहरु सेयर गर्न तथा पैसा ट्रान्सफर गर्न समेत क्यूआर कोडको प्रयोग बढिरहेका बेला आपराधिक मानसिकता भएका व्यक्तिहरुले यसको गलत प्रयोग गरी ठगी… पुरा पढौ

जापानी अन्तरिक्ष पर्यटक १२ दिनमा सुरक्षित रूपमा पृथ्वीमा फर्किए

एक जापानी अर्बपति, उनका निर्माता र एक रुसी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएपछि सोमबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।फेसन टाइकुन युसाकु माइजावा, उनका निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिनले बिहान ९:१३ मा कजाकस्तानको स्टेप्समा रहेको रुसी सोयुज क्याप्सुलमा जहेजकाजगान सहरबाट १४८ किलोमिटर दक्षिणपूर्वमा सफ्ट ल्यान्डिङ गरेका थिए। अन्तरिक्षबाट अवतरण गरेको सो टोलीलाई आवश्यकता अनुसारको उद्धारका लागि भनेर ल्यान्डिङ हुने क्षेत्रमा बादलको तल्लों सतहमा खोजी गर्न हेलिकप्टरसहितको उद्धार टोली तैनाथ गरिएको थियो ।अवतरित भएपछि सो… पुरा पढौ

आईफोनले रेकर्ड गर्नसक्छ तपाईंको गोप्य गतिविधि, थाहा पाउने कसरी ?

काठमाडौं । कतै आफूले प्रयोग गरिरहेको फोनले आफैंलाई रेकर्ड गरिरहेको त छैन भन्ने प्रश्न हामीमध्ये धेरैलाई आउन सक्छ । किनभने पछिल्लो समय यस्ता धेरै घटना सार्वजनिक भएका छन् । प्रयोगकर्ताको जानकारी बिनै मोबाइलमा विभिन्न सफ्टवेयर इन्स्टल गरिदिने र प्रयोगकर्तालाई निगरानी गर्ने गरेको पाइन्छ । यस्ता समस्या एन्ड्रोइड, आईओएस लगायतका सम्पूर्ण डिभाइसमा हुनसक्छ । तर, यहाँ हामी तपाईंले आईओएस, त्यसमा पनि आईफोनमा कुनै एपले तपाईंलाई रेकर्ड गरिरहेको त छैन ? त्यो कसरी पत्ता लगाउने भन्ने विषयमा जानकारी दिँदैछौं । हुन त… पुरा पढौ

ग्रहणः नाङ्गो आँखाले देखिने यो अद्भुत खगोलीय घटना के हो र कति किसिमको हुन्छ?

ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन्। ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ।  मंसिर ३ गते शुक्रवार पृथ्वीबाट यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण देखिन लागेको छ।  विज्ञहरूका अनुसार यो ग्रहणको अवधि झन्डै साढे तीन घण्टाको हुनेछ। पाँच सय ८० वर्षपछि यति लामो अवधिको खण्डग्रास अर्थात् आंशिक चन्द्रग्रहण देखिन लागेको बताइएको छ।  यो ग्रहण हेर्न नोर्थ अमेरिकालाई उपयुक्त स्थान मानिएको भए पनि नासाका अनुसार दुवै अमेरिकी महादेश, पूर्वी एशिया, अस्ट्रेलिया र प्रशान्त क्षेत्रबाट देखिनेछ। तर नेपालको आकाशमा भने… पुरा पढौ

‘कप २६’ अल्प विकसित मुलुकहरुका लागि ‘निराशाजनक’

लन्डन - अल्प विकसित मुलुकहरुको समूहले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कप २६) अल्प विकसित मुलुकहरु (एलडीसी) का लागि निराशाजनक रहेको जनाएको छ। ‘कप २६’ सकिए पछि प्रकाशित एक विज्ञप्तिमा अल्प विकसित मुलुकहरुको समूह (एलडीसी ग्रुप) का वर्तमान अध्यक्ष भुटानका सोनाम फुन्सो वाङ्गदीले भने, " ग्लास्गोमा सन् २०२५ सम्म अनुकूलनका लागि उपलब्ध गराउने रकम दोब्बर पार्ने विकसित मुलुकहरुको प्रतिबद्धताबाट हामी उत्साहित छौं। हाम्रा मुलुक र समुदायहरुका लागि अवश्यक भन्दा यो रकम कम हो, तर केहि प्रगति चाहिं हो।" यद्यपि… पुरा पढौ

सामाजिक संजाल फेसबुकले अनुहार पहिचान गर्ने प्रणाली बन्द गर्ने

सामाजिक संजाल फेसबुकले अनुहार पहिचान गर्ने प्रणाली बन्द गर्ने भएको छ । मंगलबार फेसियल-रिकोग्निसन सफ्टवेयर प्रणाली प्रयोग गर्न बन्द गर्ने योजना बनाएको छ । जसले सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्बिर र अङ्कीयदृश्य (भिडियो)हरूमा व्यक्तिहरूलाई स्वचालित रूपमा पहिचान गर्न सक्छ । अक्टोबरको अन्त्यमा आफ्नो प्रतिष्ठानको नाम मेटामा परिवर्तन गर्ने मुहार पुस्तिका (फेसबुक)ले पनि यो सफ्टवेयर(तन्त्राश )को प्रयोगबाट सङ्कलन गरेको तथ्याँक मेटाउने योजना बनाएको बताएको छ, जुन एक अर्बभन्दा बढी मानिसको अनुहारसँग जोडिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स(अप्राकृतिक प्रज्ञा )का उपाध्यक्ष जेरोम पेसेन्टीले यो… पुरा पढौ

फेसबुकले नाम फेर्यो, अब फेसबुक हैन मेटा भन्नुपर्ने

सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)ले आफ्नो प्रतिष्ठानको नाम मेटामा परिवर्तन गरेको छ । अब देखि फेसबुक हैन -मेटा भन्नु पर्नेछ । फेसबुकले आफ्नो प्रतिष्ठान(कम्पनी)को नाम परिवर्तन गर्दैछ किनकि यसले आफ्नो केन्द्रबिन्दु “मेटाभर्स” मा सार्दैछ । संस्थापक मार्क जुकरबर्गले बिहीबार फेसबुकले आफ्नो कर्पोरेट(सँस्था)को नाम मेटामा परिवर्तन गर्ने बताए । पहिले फेसबुक भनेर चिनिने कम्पनी(प्रतिष्ठान)ले पनि एक छापा विज्ञप्तिमा मार्फत् भन्यो की अब यसले स्टक टिकर “एमभिआरसी ” अन्तर्गत डिसेम्बर १ मा व्यापार सुरु गर्ने योजना बनाएको छ । “यो अर्को अध्याय सुरु… पुरा पढौ

‘ईडीभी’ खुला, कसरी भर्ने ? यसरी मोबाइलबाटै भर्न सकिन्छ अमेरिका जाने डीभी चिठ्ठा

काठमाडौँ- अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । नेपालस्थित अमेरिकी… पुरा पढौ