२६ वर्षको सेवापछि माइक्रोसफ्टको ब्राउजर इन्टरनेट एक्सप्लोरर् बन्द हुँदै

-


     जनहित न्युज    
     जेठ १२ गते २०७८


माइक्रोसफ्टको चर्चित इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर् आगामी वर्षदेखि बन्द हुने भएको छ। 

२६ वर्षभन्दा बढी प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर् आगामी वर्ष बन्द हुने कम्पनीले जनाएको छ।

माइक्रोसफ्टले आफ्नो ब्लगमा विन्डोज १० मा जुन २०२२ देखि इन्टरनेट एक्सप्लोररको सुविधा नहुने जानकारी दिएको हो।

अधिकारीहरुका अनुसार विश्वभरका इन्टरनेट प्रयोगकर्तामध्ये ८ प्रतिशतले अझै इन्टरनेट एक्सप्लोरर् प्रयोग गर्दछन्।

इन्टरनेट एक्सप्लोररको प्रतिस्थापनमा माइक्रोसफ्ट एजले काम गर्ने बताइएको छ।

माइक्रोसफ्ट एजमा इन्टरनेट एक्सप्लोरर् मोड दिइने बताइएको छ।

पुराना माइक्रोसफ्ट ढिला चल्ने भएका हुनाले त्यसलाई माइक्रोसफ्टले बन्द गर्न थालेको हो। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?