प्रवास

वैदेशिक रोजगारीले बढ्दो दूरी : सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

‘यो मेरो बच्चा हुँदै होइन, एकपटक डीएनए टेस्ट गरौँ ।’ श्रीमान्‌‌को मुखबाट यस्ता शब्द निस्केलान् भन्‍ने उनले सोचेकी पनि थिइनन् । श्रीमान्‌‌को शंका र समाजको लाञ्छनाले काठमाडौँ, कुलेश्वरकी अनामिकालाई डिप्रेसनमै पुर्‍यायो । बिहे गरेको दुई महिनापछि नै अनामिकाका श्रीमान्‌ वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दुई-दुई वर्षमा दुई महिनाको छुट्टी लिएर आउँथे । बच्चा पाउने योजना बन्थ्यो, तर गर्भ बस्दैनथ्यो । उमेर ढल्किँदै थियो । सन्तानका लागि परिवारको पनि दबाब बढ्दै थियो ।  अनामिकाले शुक्रकीट सञ्चय गरेर उपचार गर्न सकिने पद्धतिबारे थाहा… पुरा पढौ

बागलुङ ताराखोलाका केसी एनआरएनए पोल्याण्डको अध्यक्षमा निर्वाचित

बागलुङ : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा ताराखोलाका जीवन केसी निर्वाचित भएका छन् ।संघको जुलाई १९ मा पोल्याण्डमा भएको अधिवेशनबाट केसी विजयी भएको सुजन केसीले जानकारी दिए । चार सय ८२ जना रहेका एनआरएनए पोल्याण्डका  पञ्जीकृत सदस्यमध्ये ३४९ जनाले मतदान गरेका थिए । निर्वाचनमा अध्यक्षमा जीवन केसी २१९ मत सहित विजयी भएका छन भने अन्य सबै पदाधिकारी समेत केसी समुहकै निर्वाचित भएको जनाइएको छ ।अध्यक्षका अर्का उम्मेदवार मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका छन्।डाक्टर उदयदेव आचार्य संयोजक… पुरा पढौ

थाईल्याण्डको एनआरएनएमा बाग्लुङका बस्नेतको अध्यक्षमा उम्मेदवारी

सामाजिक सेवामा सक्रिय रहदै एनआरएनएको अभियानमा एक दशक भन्दा बढ़ी समय क्रियाशील रहेको एनआरएनए थाईल्याण्डमा भबिन्द्र बस्नेतले २०२१-२०२३ को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । इमानदारिता पारदर्शिता र लगनशीलता सक्षम र साझा एनआरएनए मेरो प्रतिबद्धता भन्ने मान्यता राखी बस्नेतले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन ।आफ़नो थाईल्याण्डको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर कार्य गरिसकेका बस्नेतले सामाजिक सेवा गर्नका लागि आधा दर्जन भन्दा बढ़ी संघ संस्थाको ज़िम्मेवार कार्यकारी नेतृत्व पदमा रहेर कार्यसम्पादन गरेका छन। आफूसँग भएको… पुरा पढौ

एनआरएनए आईसीसी सदस्यमा गंगाप्रसादको उम्मेदवारी

बागलुङमा जन्मिएर बेल्जियमलाई कर्मथलो बनाएका गंगाप्रसाद शर्माले आगामी निर्वाचनका लागि एनआरएनएको आईसीसी सदस्यमा उम्मेदवारी दिने भएका छन । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने ग़ैर आवासीय नेपाली संघको अभियानमा क्रियाशिल रहँदै संस्थाको दिगो आर्थिक मजवुती, विश्वसनीयता र संस्थागत रुपान्तरणमा निरन्तर योगदान आएका शर्माले आगामी निर्वाचनमा आइसिसी उम्मेदवारका रुपमा आफुलाई प्रस्तुत गरेका हुन् । एनआरएनए बेल्जियम शाखाको कार्यसमितिमा रहेर काम गरेका शर्माले आफ्नो उम्मेदवारीको घोषणा गर्दै, आगामी दिनमा पनि साधन, श्रोत र शक्तिले भ्याएसम्म बेल्जियममा बस्ने नेपालीहरुको हक हितमा लाग्ने जनाएका… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाद्वारा संकलित राहत रकम परिवारलाइ हस्तान्तरण

कोभिड-१९ कोरोनाबाट अल्पायु निधन भएका गलकोट नगरपालिका वार्ड नम्बर ७ का स्वर्गीय भीमबहादुर थापाको परिवारलाई घुम्टे युवा परिवार जापान शाखाद्वारा संकलित राहत रकम हस्तान्तरण गरिएको छ ।पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थापाको मृत्युपछि परिवारमा रहेका एक छोरा एक छोरी र श्रीमतीलाई जीवन यापनमा सहजता होस भन्ने उद्देश्यले संकलित २१ लाख भन्दाबढि रकम बिहिबार परिवारलाई हस्तान्तरण गरिएको जापान शाखाका उपाध्यक्ष शिबु थापाले जानकारी दिए । जापान शाखाका साथै अन्य बिभिन्न अभियानबाट संकलित रकम वार्ड अध्यक्ष टिकाबहादुर थापा, स्थानीय राजनैतिक दलका… पुरा पढौ

टुङ्गिएन एनआरएनए नागोयाको विवाद, भएको सहमति किन मानिएन ?

एनआरएनए जापानको नागोया क्षेत्रीय समितिमा निर्वाचनको प्रक्रिया र त्यससँग जोडिएका विवादको समाधान हुनुको सट्टा झन जटिल र कठिन मोडमा पुगेको छ ।जुलाई १२ तारिकका दिन एसिया प्यासिफ़िक संयोजक गोविन्द श्रेष्ठ, उप संयोजक पारसमणि पोखरेल,एनआरएनएजापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव सरोज कंडेल र निवर्तमान संयोजक श्याम शितल सहितको बैठकले रुद्र मल्ल मनोजलाई संयोजक गंगा घर्तीमगरलाई संरक्षक र गठन भएका दुवै समितिकाहरुलाई समेटेर नया समिति बनाएर समस्या समाधान गरिएपनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै बुधबार मल्लले विज्ञप्ति जारी गरिएपछि विवादले… पुरा पढौ

इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्य गर्न एनआरएनए जापानमा मेरो उम्मेदवारी-केसी

जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको निर्मूलीकरण गर्नको लागि सम्वन्धित निकायहरुसंग समन्वय गरि पिडित पक्षलाई सहयोग प्रदान गर्ने उद्देश्यले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको लागि चन्द्रकुमारी केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।इमानदार भै निस्वार्थ रूपले सामाजिक कार्यमा आफू लागि रहेकोले अझ नेपाली समुदायसँग नजिक रहेर कार्य गर्नका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताइन ।सामाजिक क्रियाकलापमा सक्रिय केसी २०१३ बाट गैर आवासीय नेपाली संघ NRNA को सदस्य लिइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासँग… पुरा पढौ

एनआरएनए जापान निर्वाचन समिति-२०२१ कि सदस्यले सामाजिक संजालमा अपाच्य बोलेपछि पदबाट हटाईयो

जापान-सामाजिक संजालमा महिलाको बारेमा अस्वभनीय अभिव्यक्ति दिएर विवादमा तानिएकी गैर आवासीय नेपाली संघ जापानको निर्वाचन समिति २०२१ की सदस्य गृष्मा पौड्याललाई पदबाट राजिनामा गराइएको छ । पौडेलले सामाजिक संजालमा आफ्नो पदीय मर्यादा,निर्वाचनको आचार संहिता विपरित समाजलाई नै अपाच्य हुने समग्र महिलालाइ नै आँच पुग्ने अस्वभानिय अभिव्यक्ति जुलाई ९ तारिकका दिन सामाजिक संजालमा दिएको बिषयलाई ध्यानमा नैतिकताको आधारमा राजिनामा दिइएको र सो राजिनामा निर्वाचन समितिबाट आजै स्वीकृत भएको जनाईएको छ । पौडेलले सामाजिक संजालमा “फेरि त्यस्ती आइमाइलाई उपाध्यक्षको ज़िम्मेवारी?? लाजशरम केही… पुरा पढौ

२५ बुँदे प्रतिबद्धता सहित पौडेलले गरे एनआरएनए जापानको आगामी कार्यकालको लागि उम्मेदवारी घोषणा

जापान-जापानमा रहेका नेपाली मजदुर तथा व्यवसायीहरु बिचमा भएका देखिने समस्याहरु समाधान गर्न तथा नेपाली/ईन्डियन रेस्टुरेन्टहरुमा क्रियाशिल कुक पेशामा कार्यरतहरूको क्षमता अभिवृद्धिका लागि सेवा पुर्याउने योजना सहित शिवप्रसाद पौडेलले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकालको लागि उम्मेदवार घोषणा गरेका छन ।राजधानी टोकियोमा आइतबार पत्रकार सम्मेलनमार्फ़त २५ बुदे घोषणापत्र सहित एनआरएनए जापानलाई सबैको साझा र अभिभावकीय संस्थाको रूपमा विकास गरि नेपाली समुदायमा देखिने समस्या समाधानमा क्रियाशील रहन आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।जापानका विभिन्न प्रान्तहरुमा रहेका… पुरा पढौ

नेपाली पौडी खेलाडीहरूको अभ्यास सुरू

जापान - टोकियो ओलम्पीकका लागि जापान आइपुगेका नेपाली पौडी खेलाडीहरूको अभ्यास सुरू भएको छ । नारिता विमानस्थलबाट तोकुशीमा प्रिफेक्चरमा पुगेका पोडी खेलाडीहरू गौरिका सिहं अलेक्जेन्ड शाह (एलेक्स) तोकुशीमाको कुरामोतो स्विमिङ पुलमा अभ्यास सुरू भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । तोकुशिमामा नेपाली खेलाडीलाई नेपाली झण्डा र ‘मिहिनेत गर्नुहोस्’ लेखेका पम्प्लेट नेपाली पोशाक र टोपीमा सजिएका जापानी बालबालिकाले स्वागत गरेका थिए । खेलाडीहरूलाई अभ्यासको लागि केहि हप्ता अगाडि नै तोकुशिमा ल्याइएको हो । अभ्यास जुलाइ २० तारिकसम्म १२ दिन हुने जापानी… पुरा पढौ