राजनीति

महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न नेता- कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् । यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार प्रचण्डले बुधबार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोन वार्ता गर्दै… पुरा पढौ

एमालेको असार २ गते बोलाईएको स्थायी समितिको बैठकलाई नेपाल खनाल समूहले गुटको संज्ञा दियो

काठमाडौ-नेकपा एमालेको असार २ गते बोलाईएको स्थायी समितिको बैठकलाई नेपाल खनाल समूहले बालुवाटारवाला गुटको बैठकको संज्ञा दिएको छ। मंगलबार राती अबेर आफ़नो फेसबुकमार्फ़त सो समूहकी नेत्री रामकुमारी झाक्रीले आफ़नो समूहले उठाएका विषयहरुको सम्बोधन नभएकोले सो बैठकलाई बालुवाटारवाला गुटको मात्र बैठक हुन लागेको बताएकी हुन । “हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन’’ झाक्रीले स्पष्ट परेकी छन। एमालेमा एकताको पहल तिव्र… पुरा पढौ

सांसद थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेद दर्ता गरिएको थियो । पुरा पढौ

मैले चाहेको भए मनाङेको सांसद पद नै जान्थ्यो : गुरुङ

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेबाट धोका पाएको बताउनुभएको छ । उहाँले आइतबार आयोजित पत्रकार सम्मेलनमा मनाङ्ेले गम्भीर धोका दिएको बताउनुभएको हो । राजनीतिमा रत्नाकर डाँकु पनि वाल्मीकी बन्न सक्छ भने, एउटा समाजमा हिजो डाँकुको सरदार थियो, हाम्रो दीपक मनाङे हामीजस्तै एउटा राजनीतिज्ञ किन बन्न सक्दैन, म सुध्रिन्छु, समाजसेवामा आउँछ भने किन सक्दैन, भन्ने सोचका साथ मैले सघाएको हो गुरुङले भन्नुभयो, कहिले कहिले के हुन्छ भने सबै डाँकुहरु वाल्मिकी त हुँदो रहेछन् ।’मनाङेलाई आफुले चुनावमा सघाएकोमा पश्चाताप लागेको… पुरा पढौ

राष्ट्रिय जनमोर्चा गण्डकी सरकारमा सहभागी नहुने

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । गण्डकीको सरकार फेरवदलको कसरतमा एउटा साँसद समेत गुमाउन पछि नपरेको जनमोर्चालाई सरकारको वास्ता छैन । प्रदेश सरकारलाई समर्थन दिएको राजमोले आगामी दिनमा सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने जनाएको छ ।अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक वक्तव्य प्रकाशित गरी प्रतिगमनको मतियार बनेको गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा प्रशन्नता व्यक्त गर्नुभएको छ । लामो संघर्षपछि प्रतिगमनकारी षडयन्त्र परास्त गर्दै नयाँ सरकार गठन गर्न सफल भएकोमा सबैलाई बधाई दिनुभएको… पुरा पढौ

गण्डकीमा मन्त्रिपरिषद् बिस्तार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो । पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बन्नुभएको छ । चारैजना मन्त्री विना विभागीय हुनुहन्छ । मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ समेत ग्रहण गर्नुभएको छ । पुरा पढौ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिनुभयो। मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो। नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको थियो ।। गुरुङले जनता समाजवादी पार्टीको प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसक्नुभएका… पुरा पढौ

गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् ।   बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५८ सांसदमध्ये २७ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे भने खेलकुदमन्त्री दीपक मनाङे (राजिव गुरुङ) अनुपस्थित रहे ।   मुख्यमन्त्री गुरुङलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका… पुरा पढौ

नागरिकता अध्यादेशमा सरकारलाई झट‍्का, कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता अध्यादेश जारी गरेको सरकारलाई झट्‍का लागेको छ। सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो। पुरा पढौ

खनाल–नेपाल समूहको जवाफ : ओलीले गलत बाटो परित्याग गरेमात्र एकता (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असन्तुष्ट समूह (खनाल-नेपाल पक्ष)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्ताव, शर्त अस्वीकार गर्ने बताएको छ । सोमबार स्थायी कमिटीको बैठक बसेर ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् बताइएको छ । “अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यही बुँदामा,… पुरा पढौ