काठमाडौ-नेकपा एमालेको असार २ गते बोलाईएको स्थायी समितिको बैठकलाई नेपाल खनाल समूहले बालुवाटारवाला गुटको बैठकको संज्ञा दिएको छ।
मंगलबार राती अबेर आफ़नो फेसबुकमार्फ़त सो समूहकी नेत्री रामकुमारी झाक्रीले आफ़नो समूहले उठाएका विषयहरुको सम्बोधन नभएकोले सो बैठकलाई बालुवाटारवाला गुटको मात्र बैठक हुन लागेको बताएकी हुन ।
“हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन’’ झाक्रीले स्पष्ट परेकी छन। एमालेमा एकताको पहल तिव्र रूपमा भएको केपी शर्मा ओली पक्षले दाबी गरेपनि त्यस्तो सार्थक पहल नभएको उल्लेख गर्दै झाक्री अगाडी लेख्छिन यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथीहरु भ्रम नपर्न अनुरोध गर्दछु।