गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेबाट धोका पाएको बताउनुभएको छ । उहाँले आइतबार आयोजित पत्रकार सम्मेलनमा मनाङ्ेले गम्भीर धोका दिएको बताउनुभएको हो ।
राजनीतिमा रत्नाकर डाँकु पनि वाल्मीकी बन्न सक्छ भने, एउटा समाजमा हिजो डाँकुको सरदार थियो, हाम्रो दीपक मनाङे हामीजस्तै एउटा राजनीतिज्ञ किन बन्न सक्दैन, म सुध्रिन्छु, समाजसेवामा आउँछ भने किन सक्दैन, भन्ने सोचका साथ मैले सघाएको हो गुरुङले भन्नुभयो, कहिले कहिले के हुन्छ भने सबै डाँकुहरु वाल्मिकी त हुँदो रहेछन् ।’मनाङेलाई आफुले चुनावमा सघाएकोमा पश्चाताप लागेको समेत बताउनुभयो ।
मनाङेले सबैभन्दा ठूलो धोका दिएको जिकिर गदैं भन्नुभयो ‘उहाँलाई चुनाव जिताउने मै हो ,अब म यस्तो गर्दिन, चुनाव लड्छु, समाजसेवा गर्छु भनेर एमाले प्रवेश गरेको हैन र, उहाँलाई सभासदको रुपमा सपथ गर्न सभामुख नै मान्नु भएको थिएन, यहाँका सांसद मानेका थिए र, अवसर दिने मै हो । म त हिजोदेखि ल्याएको मान्छे हो नि ।
पृथ्वीसुब्बाले आफ्नो सत्ता जोगाउन मनाङेलाई मन्त्री बनाउनुभएको थियो । तर, अन्तिम समयमा मनाङेले आफू स्वतन्त्र रहेको बताउँदै पृथ्वीसुब्बाको साथ छोड्नुभएको थियो । मनाङे अहिले गण्डकीको विपक्षी गठबन्धनबाट विना विभागीय मन्त्री बन्नुभएको छ ।
निवर्तमान मुख्यमन्त्री गुरुङले मनाङे एमाले प्रवेश गरिसकेको र पार्टीलाई लेबी पनि तिरेको जिकिर गर्दै आफूले चाहेको भए सांसद पद नै गुम्ने अवस्था आउने ठोकुवा पनि गरे । राजनीति सिक्दै छ भन्ने ठानेर आफूले त्यो कदम नचालेको गुरुङको भनाई छ ।
नेकपा एमाले गण्डकी प्रदेश ईञ्चार्जसमेत रहनुभएका गुरुङले देश महामारीसँग जुधिरहँदा नेताहरु जनतालाई कसरी बचाउने भन्दा कुर्सीका लागि लडिरहेको आरोप लगाउनुभयो । ‘राजनीति भनेको एउटा निष्ठा हो, आदर्श हो, तर प्रदेशमा मात्र होईन केन्द्रमा पनि राजनीतिक निष्ठा, आदर्शबाट टाढा भागेको देख्छु,’ उहाँले भन्नुभयो ‘यस्तो महामारीमा जनताको उपचार कसरी गर्ने भन्दापनि सबलाई प्रधानमन्त्री कसरी बन्ने, मन्त्री कसरी बन्ने भन्ने मात्र छ ।’
उहाँले एमाले भित्र देखिएको समस्याकै कारण आफ्नो सरकार पनि गुमेको बताउनुभयो । पार्टी भित्रको समस्या कारण अहिले फरक गठबन्धन बनिरहेको बताउदैंपार्टीमा त्यस्तो समस्या हुन्थेन भने यसरी फरक गठबन्धन बन्ने पनि थिएन र अस्थिरता निम्तिने पनि दावी गर्नुभयो ।