गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो ।
पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बन्नुभएको छ । चारैजना मन्त्री विना विभागीय हुनुहन्छ ।
मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ समेत ग्रहण गर्नुभएको छ ।