राजनीति

विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।  काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए। मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो । उपचारकै क्रममा उनको मंगलबार निधन भएको छ । उअन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको भए… पुरा पढौ

नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच सहमति

काठमाडौं । नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ । सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली प्रमुख लीलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली प्रमुख रुकमिणी चौधरीको हस्ताक्षर छ । वार्ता टोलीमा सरकारको तर्फबाट राजन भट्टराई र भगवती चौधरी… पुरा पढौ

ठाकुरसहित चार जनालाई कारवाही, पार्टीबाट निष्कासित

काठमाडौं/ जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले सेतोपाटीलाई जानकारी दिए। काठमाडौंमा उपलब्ध सदस्यको बैठकले उनीहरूलाई कारबाही गरेको हो। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र… पुरा पढौ

गिरिजा, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायकः वामदेव

एमाले नेता वामदेव गौतमले गिरिजाप्रसाद कोइराला, पुपष्कमल दाहाल प्रचण्ड र माधव नेपाल गणतन्त्र स्थापनाका महानायक भएको घोषणा गरेका छन् । १४ औं गणतन्त्र दिवसका अवसरमा शनिबार एक सन्देश जारी गर्दै गौतमले कोइराला, प्रचण्ड र नेपाल गणतन्त्रको नायक भएको घोषणा गरेका हुन् । ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो’, गौतमले लेखेका छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न… पुरा पढौ

विदेशीको प्रिय बन्न ओली कम्युनिस्ट पार्टीलाई बर्बाद बनाउन लागे

माधव नेपाल पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ? केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला ? जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको… पुरा पढौ

नागरिकतामा सत्ताको सौदाबाजी

नेपालीसँग बिहे गरेकी विदेशी महिलाले निरन्तर सात वर्ष नेपालमा बसेपछि मात्र अंगीकृत नागरिकता पाउनेलगायतका प्रावधान राखेर सत्तारुढ दलको जोडबलमा संसदीय समितिले विधेयक संशोधन गरेको थियो, अधिकारकर्मी र मधेसी दलको चर्को विरोधबीच ओली टसमस थिएनन्, तर सत्ता संकटमा परेपछि यस्ता प्रावधान हटाएर नागरिकता अध्यादेश जारी गराएका छन् ...... नागरिकता अध्यादेशले के फरक पर्यो ? ६ मुख्य बुँदा १. २०६५ अघि नै निवेदन दिएको हुनुपर्ने प्रावधान हट्यो राज्यव्यवस्था समिति हुँदै संसद्मा पुगेको विधेयकमा भनिएको छ, ‘मंसिर ०६५ अघि निवेदन दिएर ०७२ सम्म नागरिकता पाएका नेपाली… पुरा पढौ

माओवादी पार्टी पुनर्गठन / पुनर्निर्माणका आयामहरु!

हिजो स्वार्थवस र इर्स्यावस अराजनीतिक कारण पार्टी छोड्नेहरूको केन्द्रिकरण भन्दा पार्टी भित्रका र समाजका असल र योग्यको केन्द्रिकरण अनि उचित भूमिका प्रदान गरेर जनताको सेवामा समर्पित हुन सकेमात्र ०६४ को माअोवादी बन्न सकिन्छ। प्रचण्ड र माओवादी पार्टीलाई प्रयोग गरेर केहि सिमित ब्यक्ति र परिवारले पालो गरि गरि पटकपटक श्रीमान श्रीमती नाता गोता स -परिवार माननीय मन्त्री राजनैतिक नियुक्ति मन्त्री जस्ता सेवा सुबिधा लाभका पद लिने नै प्रचण्ड र पार्टीलाई सत्तो सराप गर्दै बाहिरिने प्रचण्ड पार्टीको साथमा नहुने एक्लो जस्तो कमजोर… पुरा पढौ

सर्वोच्चको फैसला नपढी फेरि विघटन ? अदालतको अवहेलना भएन र श्रीमान ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि अघिल्लो विघटनमा सर्वोच्च अदालतले गरेको फैसलाको मर्मबारे चासो शुरु भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर गर्दै प्रधानन्यायाधीशसहित ५ जनाको संवैधानिक इजलासले फागुन ११ गते सरकार गठनसम्बन्धी संविधानको धारा ७६ को सम्पूर्ण प्रक्रिया पूरा नगरी विघटन गर्न नमिल्ने फैसला सुनाएको थियो ।  अहिले ७६ को उपधारा ४ को प्रक्रिया स्केप गरिएको र ५ को प्रक्रिया पूरा नहुँदै विघटन… पुरा पढौ

बागलुङ काँग्रेसले गर्यो सरकारको ध्यानाकर्षण

बागलुङनेपाली काँग्रेस बागलुङले कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवारी बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ ।नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा सरकार भ्रष्टचार, कमिशन, मतियार बनेर नागरिकको रोकथाम तथा उपचार गर्न नसक्दा आम नागरिकमा भयावह अवस्थाबाट मुक्त भई ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न समेत जोडदार माग गरेको छ ।जिल्ला समेत अति जोखिम अवस्था सिर्जना भएकोले नेपाली… पुरा पढौ

संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्। विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सडकबाट… पुरा पढौ