राजनीति

नेपाल समूहले भन्यो : तल्लो गह्राको पानी माथिल्लोमा उक्लन सम्भव हुन्‍न

काठमाडौँ : एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान असम्भव हुने जवाफ फर्काएको छ ।ओलीले आइतबार राति पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार  रहेको भन्दै पार्टीमा पुनर्मिलनका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यो प्रस्तावबारे छलफल गर्न बसेको नेपाल–खनाल समूहका नेताहरूको बैठकले ओलीले अल्मल्याउनलाई आफूहरूको प्रस्तावविपरीत पासा फ्याकेको निकष्र्ष निकालेको हो । नेपाल समूहले २ जेठ २०७५ को एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित समितिमा फर्किए एकता सम्भव… पुरा पढौ

राष्ट्रिय जनमोर्चाले सांसदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो । जुन मितिमा ह्वीप जारी गरेको र थापाले उल्लंघन गरेको भनेर कारवाही गरिएको हो त्यसबेला मतदानको कुनै प्रयोजन नरहेको ठहर समेत अदालतले… पुरा पढौ

रिसाउदै प्रधानन्यायाधीश राणाले प्रधानमन्त्रीका वकिललाई मानहानीको मुद्दा चलाउने दिए चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जंगिएर प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहित यज्ञमणि न्यौपाने र दीपक मिश्रले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए… पुरा पढौ

घातक र अस्वीकृत अभिव्यक्ति

१. जसपाका नेताका रुपमा आफ्ना गलत विचारहरु बोक्न राजेन्द्र महतो स्वतन्त्र वा बाध्य भए पनि त्यस्ता खोटा विचारहरुको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन मिल्दैन । नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्यिता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौँ ।२. यस्तै उट्पट्याङ विषयले प्राथमिकता पाएका कारण पहिलो संविधानसभाको असफलता र… पुरा पढौ

१७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । स्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन : प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थराजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकासरघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्रशेरबहादुर तामाङ : स्वास्थ्यमन्त्रीकृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षाबसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायातलीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिलाशरतसिंह… पुरा पढौ

एमालेका चारबाहेक सबै मन्त्री फेरिने, पाैडेल र महासेठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । त्यसैगरि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ । पोखरेल सरकारमा… पुरा पढौ

जसपा सरकारमा सहभागी हुँदै, महतो उपप्रधानमन्त्री

चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथ लिदँदैछन् । जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । उनीहरुले कुन कुन मन्त्रालय पाए त्यसको जानकारी सपथग्रहणको… पुरा पढौ

मन्त्रालय बाडफाडमा बिबाद, ओली र जसपाबीच वार्ता भाँडिने सम्भावना

सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको हो । ठाकुर र महतोले माओवादी केन्द्रका मन्त्रीहरूले छोडेका मन्त्रालयमा दाबी गरिरहेका छन् भने ओलीले ठूला मन्त्रालय दिन नसकिने बताएको स्रोतको दाबी छ। यद्यपि, छलफल जारी छ । आजै साँझ वा भोलिसम्म जसपा सरकारमा सहभागी हुने गरी वार्ता चलिरहेको छ । जसपाबाट राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल… पुरा पढौ

एमालेलाई समर्थन गर्ने सांसद थापालाई गण्डकीमा जनमोर्चाले निकाल्यो

पोखरा/ गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए । थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न… पुरा पढौ

सांसद खिमविक्रमको प्रश्न : प्रदेशसभा विघटन गर्ने हो ?

गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले प्रदेशसभा पनि विघटन हुनसक्ने संकेत गर्नुभएको छ ।बुधबारको संसद् बैठकमा बोल्दै उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएको भन्दै त्यस्तो आशंका व्यक्त गर्नुभएको हो ।केन्द्र सरकारले बजेट भाषणमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेजको घोषणा गरेको थियो । प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकतामा पनि त्यस्तै खालको कार्यक्रम समावेश गरिएको छैन । ‘केन्द्रको भाषणमा जसरी निर्वाचन क्षेत्र प्रदेशमा पनि त्यो कार्यक्रम देखिएन । कि यहाँ पनि संसद विघटन गर्ने सोचमा… पुरा पढौ