जसपा सरकारमा सहभागी हुँदै, महतो उपप्रधानमन्त्री

-


     जनहित न्युज    
     जेठ २१ गते २०७८


चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथ लिदँदैछन् ।

जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । उनीहरुले कुन कुन मन्त्रालय पाए त्यसको जानकारी सपथग्रहणको समयमा गराउने कर्णले बताए ।

यस्ताे छ सरकारमा सहभागी जसपा नेताहरुकाे सूची

राजेन्द्र महतो– उपप्रधानसहित सहरी विकास
शरतसिंह भण्डारी– ऊर्जा जलस्रोत तथा सिँचाइ
अनिलकुमार झा– खानेपानी 
लक्ष्मणलाल कर्ण– भूमिसुधार तथा व्यवस्था
विमल श्रीवास्तव – श्रम तथा रोजगार सामाजिक सुरक्षा 
उमाशंकर अरगरिया– युवा तथा खेलकुद
एकवाल मियाँ– वन तथा वातावरण
चन्दा चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक
चन्द्रकान्त चौधरी– ऊर्जा राज्यमन्त्री 
रेनुका गुरुङ – महिला बालबालिका राज्य मन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?