सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको हो ।
ठाकुर र महतोले माओवादी केन्द्रका मन्त्रीहरूले छोडेका मन्त्रालयमा दाबी गरिरहेका छन् भने ओलीले ठूला मन्त्रालय दिन नसकिने बताएको स्रोतको दाबी छ। यद्यपि, छलफल जारी छ ।
आजै साँझ वा भोलिसम्म जसपा सरकारमा सहभागी हुने गरी वार्ता चलिरहेको छ । जसपाबाट राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्दा चौधरी, एकवाल मियाँ र प्रमोद साहलगायत नेतामध्ये आठ मन्त्री र दुई राज्यमन्त्री सरकारमा सहभागी हुँदै छन्।