तस्विर समाचार

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।” घरमा सुरक्षा… पुरा पढौ

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले मनायो ‘२१ औं एनआरएन डे’(फोटो फिचर)

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्यू (पिकनिक) सहितको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख हरिहरकान्त पौडेल, एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, जापान भ्रमणका क्रममा रहेका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली लगायतले एनआरएन… पुरा पढौ

गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुति सेवा

बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसुति गराइएको छ । नगर अस्पतालका डाक्टर राजेश पौडेलसहित सात जनाको टोलीले ताराखोला गाउँपालिका–४ को कुशुम विकको शल्यक्रिया गरि प्रसुति गराइएको हो । गत मंगलबार राति सुत्केरी ब्यथा लागेर नगर अस्पताल आउनु भएकी विकको गर्भमा रहेको बच्चाको धडकनमा समस्या (फिटल डिस्ट्रेस) भएको कारण शल्यक्रिया गरि बच्चा निकालिएको गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले जानकारी दिनुभयो । मंगलबार राति अस्पताल आउनु भएकी विकलाई भर्ना गरेर राखेकोमा विहान बच्चाको धडकनमा समस्या आएपछि स्वास्थ्यकर्मी तत्काल… पुरा पढौ

अब टविटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौं, २४ असोज । सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ । वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ। प्रयोगकर्ताले तिनीहरूको सामग्रीबाट कमाउन सक्नेछन् ।  एक्सका प्रिमियम प्रयोगकर्ताहरूबाट प्राप्त अन्तरक्रियाहरूको आधारमा भुक्तानी गरिने भएको छ । एक्सबाट परिवर्तन यस्तो समयमा आएको हो, जब कम्पनीले विज्ञापनदाताहरूसँग बढ्दो तनावको सामना गरिरहेको छ। यसमा एक समूह विरुद्ध कानुनी कारबाही पनि समावेश छ। यो समूहले मञ्च बहिष्कार गरेको थियो।… पुरा पढौ

सहमति, सहकार्य र एकता गरौं, गैरआवासीय नेपाली संघलाई बचाऔं

२०२१ अक्टोबरमा सम्पन्न दशौं महाधिवेशन पश्चात गैरआवासीय नेपाली संघ (एनआरएनए) कानूनी दलदलमा फसेको छ । एघारौं महाधिवेशनमा अनलाइन भेरो भोटिङमा अनियमितता भएको विषयले विवाद चर्किंदा अदालती प्रक्रियाबाट पनि अहिलेसम्म निकास निस्किएको छैन । सर्वोच्चको एकपछि अर्को आदेश, परराष्ट्र मन्त्रालयको पत्र र फेरि रिटको श्रृङ्खला चलिरहेको छ । यो सन्दर्भमा सर्वोच्च अदालतका पहिलो र दोस्रो फैसलाका निचोडहरु केके थिए र हाल आरके समूहद्वारा पेश गरिएको सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको दावी के छ लगायतका विषयमा सबैभन्दा पहिले चर्चा गरौं । संघको १०औं… पुरा पढौ

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ ।… पुरा पढौ

म्याग्दी प्रवासी नेपाली संघ (मोना)द्वारा आयोजित आँखा शिविरबाट ८७१ जना लाभान्वित

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा सम्पन्न तीनदिने आँखा शिविरमा ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा शुक्रबार सम्पन्न भएको शिविरमा ८७१ लाभान्वित भएका छन् । शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोलीले उपचार गरेको शिविर संयोजक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले बताए । ‘शिविर उत्साहजनक रुपमा सम्पन्न भयो, बृद्धबृद्धाको आँखाको उपचारपछि धेरै खुसी देखिनुहुन्थ्यो,… पुरा पढौ

अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको विमानको यात्रुको अगाडिको स्क्रिनमा एक्कासी अश्लील फिल्म चल्न थालेपछि

अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको क्यूएफ ५९ उडानमा यात्रुको अगाडिको स्क्रिनमा एक्कासि अश्लील फिल्म चल्न थाल्यो । प्राविधिक गडबडीका कारण सो फिल्म चलेको थियो । तर यसका कारण विमानमा सवार सबै यात्रुहरू विशेषगरी बालबालिकासहित यात्रा गर्ने परिवारले असहज अवस्थाको सामना गर्नु पर्‍यो । उडानको क्रममा देखाइएको फिल्ममा अश्लील यौन सामग्री र नग्न दृश्यहरू थिए । फिल्म रोक्न वा स्क्रिनको चमक घटाउन वा यसलाई बन्द गर्न सम्भव नभएको एक यात्रीले रेडिटमा लेखेका छन् यसलाई फेर्न करिब एक घण्टा… पुरा पढौ

बागलुङमा अकबरे खुर्सानी बेचेर ६ महिनामा १० लाख कमाइ

ढोरपाटन। बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लारेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका थिए । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् ।… पुरा पढौ

च्यांग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

पोहोरभन्दा यसपालि १० हजार भन्दा ब‍ढी सस्तोमा पाइन्छ च्यांग्रा उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले बताए। मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आएका उनको साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले पुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ। लामाले दसैँमा च्यांग्रा बेच्न यो मार्गमा… पुरा पढौ