तस्विर समाचार

घाइरन समाज जापानको गठन, अध्यक्षमा पम खत्री

बागलुङको गलकोट नगरपालिका वार्ड नम्बर ३ घाईरन बाट जापान आइ विभिन्न पेशा व्यवसायमा क्रियाशील रहेकाहरूलाई संगठित गर्दै सामाजिक सेवाका कार्य गर्ने उदेश्यले पमबहादुर खत्रीको अध्यक्षता १५ सदस्यीय घाईरन समाज जापान गठन गरिएको छ । बिहिबार सम्पन्न पहिलो अधिवेशनबाट समाजको बरिष्ठ उपाध्यक्षमा चित्र बहादुर खत्री ( मुकुन्द) उपाध्यक्षमा नविन गौतम सचिवमा लक्ष्मण खत्री उप-सचिवमा छम बहादुर खत्री कोषाध्यक्ष खगिन खत्री उप-कोषाध्यक्ष रामजु खत्रीलाई चयन गरिएको अध्यक्ष पम खत्रीले जानकारी दिए । २ वर्षे कार्यकाल रहने गरि गठन गरिएको सो समाजको सदस्यहरूमा… पुरा पढौ

जापानले साढे दुई वर्षपछि पहिलो पटक व्यक्तिगत यात्रुहरूका लागि भिसा-मुक्त प्रवेश पुनः सुरु गर्ने 

टोकियो - जापानले अक्टोबर ११ देखि व्यक्तिगत यात्रुहरूका लागि भिसा-मुक्त प्रवेश पुनः सुरु गर्ने भएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार न्यूयोर्कको एक कार्यक्रममा लगभग साढे दुई वर्षपछि पहिलो पटक पूर्व-महामारी मापदण्डको नजिक ल्याउँदै जापान प्रवेशको लागि आफ्नो सीमामा लगाईएका नियमहरूमा फुक़ुवा गर्ने घोषणा गरेका छन ।"हामी देशमा प्रवेश गर्ने व्यक्तिको संख्यामा रहेको सिमितता हटाउनेछौं, र व्यक्तिगत यात्रा र भिसा-मुक्त यात्रा स्वीकार गर्न पुनः सुरु गर्नेछौं," किशिदाले भने।हाल जापानले कोभिड-१९ को फैलावटलाई नियन्त्रण गर्नका लागि प्याकेज टुरहरूको मात्र अनुमति दिने गरेको… पुरा पढौ

जापानको कान्साईमा ‘द श्याडोज नेपाल, भि-टेन र डिजे नानी’ को प्रस्तुतिमा दशैं विशेष लाईभ म्युजिक कार्यक्रम गरिने

जापानको ओसाकामा ‘द श्याडोज नेपाल, भि-टेन र डिजे नानी’ को प्रस्तुतिमा ‘दशैं विशेष लाईभ म्युजिक कार्यक्रम’ गरिने भएको छ ।२०१५ मा स्थापना भएको ओएनएस ग्रुप र एनआरएनए कान्साईका संयोजक समेत रहेका दिलिप शर्मा गैरेद्वारा संचालित गणेशा डाइनिङ्गको संयुक्त आयोजनामा ओसाकामा हालसम्म कै वृहत लाइभ म्युजिक कार्यक्रम आयोजना गरिन लागेको आयोजक टिमका तेज गुरुङले जानकारी दिए ।आगामी अक्टोबर ६ तारिख बेलुका ६ बजेदेखि राती १० बजेसम्म संचालन हुने सो लाइभ म्युजिक कार्यक्रमको लागि अग्रिम टिकट लिएमा ३५०० येन र सोहि दिन… पुरा पढौ

मेक्सिकोमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ ।  ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजिक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।  अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस)ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ ।  मिचोआकानमा सोमबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।  मेक्सिको सिटीमा सयौँ किलोमिटर टाढा हजारौँ भवनमा क्षति पुर्‍याएको थियो । यस भूकम्प आतङ्क फैलाएको थियो ।   स्थानीय समयानुसार बिहीबार बिहान १ः१६ प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्नो… पुरा पढौ

दाम्पत्य सम्बन्ध बिगार्ने ‘टूल’ बन्दैछ सामाजिक सञ्जाल

तपाईंले कत्तिको सामाजिक सञ्जाल चलाउनु हुन्छ ? चलाउनु हुन्छ भने के–के उपलब्धि हासिल गर्नु भएको छ ? होइन भने तपाईंले सामाजिक सञ्जालमा खेर फालेको समय के फिर्ता पाउनु भएको छ ? अर्थात् यो समयमा तपाईंका लागि उपयोगी छ कि खराबी छ ? यी प्रश्नले तपाईले बारम्बार घोच्न सक्छ । किनकि सामाजिक सञ्जाल चलाउने धेरैको समय बर्बादी मात्रै भइरहेको छ । अहिले अधिकांश मानिसहरू फेसबुक, ट्वीटर, इन्टाग्राम तपाईं हाम्रै पहुँचमा छन् । यी माध्यमहरू आफैमा खराब छैनन् । डरलाग्दा होइनन् ।… पुरा पढौ

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान गठबन्धनलाई कानुन व्यवसायीहरुको सुझाव

काठमाडौं । कानुन व्यवसायीहरुले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनले कानुन व्यवसायीहरुलाई बोलाएको थियो । बैठकमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण कुमार श्रेष्ठ लगायतले राष्ट्रपतिको कमद असंवैधानिक भएको भन्दै त्यसविरुद्ध सर्वोच्च जान नेताहरुलाई सुझाव दिएका हुन् ।  राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारी पूरा नगरेको उनीहरुको भनाइ थियो ।  छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता पदमबहादुर रोकायाले दोस्रो पटक शीतल… पुरा पढौ

जापानका पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टिको विरोधमा प्रधानमन्त्रीको कार्यालय नजिकै आत्मदाहको प्रयास, किशिदा प्रशासनको लोकप्रियता निकै घटेर २३ प्रतिशतमा पुग्यो

वर्षको सुरुमा हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने सरकारी निर्णयको विरोधमा बुधबार जापानी प्रधानमन्त्रीको कार्यालय नजिकै एक व्यक्तिले आफूलाई आगोमा जलाएर आत्मदाहको प्रयास गरेका छन ।पूरै शरीर जलेको घाइते अवस्थामा रहेका ७० वर्षका ती व्यक्तिले पूर्व प्रधानमन्त्री आबेको राज्यद्वारा राजकीय रूपमा गरिन लागेको अन्त्येष्टिको पूर्ण रुपमा विरोध गर्दै "म यसको कडा विरोध गर्दछु" भन्ने लेखेको पत्र फेला परेको र ती व्यक्तिलाई अस्पताल लगिएको एक प्रहरी अधिकारी बताएका छन । आबेको ६८ औं जन्मदिनमा सो घटना भएको भनिएपनि… पुरा पढौ

कपनको आगलागीमा ३ जनाको मृत्यु

काठमाडौँ – काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो। कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी… पुरा पढौ

‘निःशुल्क शिक्षा भ्रम मात्र’ कानूनमा निःशुल्क, सहयोगको नाममा शूल्क

काठमाडौं । संविधान र कानूनले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा निःशुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र निःशुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा सरोकारवालाहरुको जोड थियो ।बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा आयोजिच निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद् डा विष्णु कार्कीले निःशुल्क शिक्षा सम्भव नै नभएको ठोकुवा गर्दै निःशुल्कका… पुरा पढौ

अर्लाङ्कोट सेवा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल सापकोटा चयन

अर्लाङ्कोट सेवा समाज जापानको मंगलबार सम्पन्न तेस्रो अधिवेशनले गोपाल सापकोटाको अध्यक्षतामा २३ सदस्यीय नया कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ ।गुल्मीको अर्लाङ्कोट क्षेत्रबाट जापान आइ विभिन्न पेशा व्यावसाय अध्ययन लगायतमा संलग्न रहेका अर्लाङ्कोटेहरूको साझा संस्थाको रूपमा रहेको सो समाजको अधिवेशनले उपाध्यक्षमा रिसीराम घिमिरे, राम प्रसाद खरेल, केशब खरेल , गणेश के.सी. र मुकेश शर्मा सापकोटालाई चयन गरेको संस्थापक अध्यक्षएवं निर्वाचन संयोजक टिकाराम खरेलले जानकारी दिए । एनआरएनए जापानका अध्यक्ष श्री शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट महासचिवमा सागर खराल। सचिवमा भुवन… पुरा पढौ