
बागलुङको गलकोट नगरपालिका वार्ड नम्बर ३ घाईरन बाट जापान आइ विभिन्न पेशा व्यवसायमा क्रियाशील रहेकाहरूलाई संगठित गर्दै सामाजिक सेवाका कार्य गर्ने उदेश्यले पमबहादुर खत्रीको अध्यक्षता १५ सदस्यीय घाईरन समाज जापान गठन गरिएको छ ।

बिहिबार सम्पन्न पहिलो अधिवेशनबाट समाजको बरिष्ठ उपाध्यक्षमा चित्र बहादुर खत्री ( मुकुन्द) उपाध्यक्षमा नविन गौतम सचिवमा लक्ष्मण खत्री उप-सचिवमा छम बहादुर खत्री कोषाध्यक्ष खगिन खत्री उप-कोषाध्यक्ष रामजु खत्रीलाई चयन गरिएको अध्यक्ष पम खत्रीले जानकारी दिए ।

२ वर्षे कार्यकाल रहने गरि गठन गरिएको सो समाजको सदस्यहरूमा शंकर गौतम, तुल बहादुर खत्री, राजु खत्री
कमल खत्री, दुर्गा बहादुर खत्री, किसोर खत्री र किसान खत्रीलाई चयन गरिएको छ ।
समाजमार्फत युवाहरूलाई सक्रिय र क्रियाशील बनाई राख्नको लागि खेलकूदको माध्यमबाट निकटता ल्याउन र खेलकूदलाई प्रवर्द्धन गर्ने गरि काम गर्नका लागि धुर्ब गौतमको समयोजकत्वमा रबिन खत्री र कमल गौतम सदस्य रहने गरि खेलकूद विभाग पनि गठन गरिएको छ ।

आगामी दिनहरुमा सबैको साथ सहयोगमा जापान भरि नै समाज विस्तार गरेर जाने नीति पनि सो अधिवेशनले पारित गरेको छ ।
अधिवेशनले सन्त बहादुर खत्री र झम खत्रीलाई संरक्षक र अम्मर बहादुर खत्री, रिम बहादुर खत्री, मिन बहादुर खत्री र
गजेन्द्र बहादुर खत्रीलाई सल्लाहकारमा चयन गरेको सचिव लक्ष्मण खत्रीले जानकारी दिए ।


