राष्ट्रिय समाचार

नेपाली जनप्रगतिशील मन्च जापान कान्तो क्षेत्रीय समितिले जापान भ्रमणमा रहेको जनप्रतिनिधि मण्डललाई गर्यो भेटघाट

नेपाली जनप्रगतिशील मन्च कान्तो क्षेत्रीय समिति जापानले जापान इण्टरनेशनल कोअप्रेशन एजेन्सी जाइकाको (japan international cooperation agency (JICA)को विपत् व्यवस्थापन ट्रेनिङ प्रोजेक्टको क्रममा जापान भ्रमणमा रहेका स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टी नेतृत्वसंगभेटघाट तथा डिनर कार्यक्रम सम्पन्न गरेको छ ।टोकियो शिनओकुबो स्थित भेटघाट रेस्टुरेन्टमा शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय पोलिटब्युरो सदस्य, बाग्मति प्रदेश सह-ईन्चार्ज, नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको उपाध्याक्ष तथा चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्र वैकल्पिक केन्द्रीय सदस्य, गोरखा जिल्ला बारपाक सुलिकोट… पुरा पढौ

जापानी श्रमबजारमा साढे छ प्रतिशत आप्रवासी कामदारको रुपमा नेपाली कार्यरत

जापानको श्रमबजारमा आप्रवासी कामदारको रुपमा नेपालीहरुले साढे छ प्रतिशत हिस्सा ओगटेको तथ्यांक सार्वजनिक भएको छ । जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ एक लाख १८ हजार १९६ जना नेपाली कामदार रहेको तथ्यांकमा उल्लेख छ ।यो समग्र आप्रवासी कामदारको ६.५ प्रतिशत हो । जापानमा कूल १८ लाख २२ हजार ७२५ आप्रवासी कामदार रहेको तथ्यांक छ ।जापानलाई आप्रवासी कामदार उपलब्ध गराउने देशहरुमध्ये नेपाल चौथो स्थानमा रहेको त्यहाँको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी कामदार उपलब्ध गराउने मुलुक… पुरा पढौ

पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै , मुसामा गरिएको परीक्षण सफल

वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन पर्याप्त समय हो । तर, मान्छेमा भने औषधि परीक्षण गरिएको छैन । मान्छेमा परीक्षण गर्नुअघि धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । परीक्षण सफल भए पुरुषहरूले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि चक्की सेवन गर्नुपर्ने हुन्छ । मुसामा गरिएको परीक्षणमा यो औषधिले तीन घण्टासम्म पूर्ण… पुरा पढौ

नेपालले स्कटल्याण्डलाई हरायो

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाएर भेट्टायो । नेपालको कीर्तिमानी जितमा… पुरा पढौ

राष्ट्रपतिले गरिन १ लाख २३ हजार ६ सय ५० जनाको जरिवाना माफी मिनाहा

स्थानीय तहका उम्मेदवारले अब जरिवाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिवाना माफी मिनाहा गर्ने निर्णय गरेकी हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपति भण्डारीले जरिवानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  वैशाख  ३० गतेको  स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिवानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए ।  यस्तै प्रधानमन्त्रीसहित… पुरा पढौ

जापानमा यौन दुव्र्यवहारको कानून थप कड़ा बनाइदै, सहमतिमा यौन गतिविधिको उमेर १६ वर्ष तोक्दै बलात्कार तथा अभद्रताका मुद्दामा ५ वर्षको हदबन्दी कायम गरिने

जापानमा यौन दुव्र्यवहार सम्बन्धी कानुनहरू समीक्षामा गर्दै मौजुदा कानून भन्दा कडा सजायसहित एउटै उमेर वर्गका किशोरहरू बीच हुने यौन गतिविधिको लागि सहमतिको उमेर १३ बाट १६ बनाउने र १६ वर्ष भन्दा कम उमेरका जो कोहीसँग गरिने यौन गतिविधिलाई अपराधीकरण करार गर्न प्रस्ताव गरिने भएको छ ।जापानको सरकारी प्यानलले राष्ट्रिय दण्ड संहितामा संशोधनको लागि गरिएको प्रस्तावमा वास्तविकता कदम भन्दा बाहिर रही यौन उत्पीडन पीडितहरूलाई न्याय पाउन सजिलो बनाउनका लागि त्यसो गरिन लागिएको बताइएको छ । प्रस्तावित मस्यौदामा बलात्कार तथा अभद्रताका मुद्दामा… पुरा पढौ

खाना पकाउने ग्यासको संभावित दुर्घटनाबाट बच्न तपाईँले अपनाउनै पर्ने सावधानी

खाना पकाउनका लागि विशेषगरी सहर तथा बजार क्षेत्रका धेरै नेपालीले प्रयोग गर्ने एलपी ग्यास लीक भएर वा सिलिन्डर पड्केर दुर्घटनाहरू निम्तिएपछि त्यसको सुरक्षित प्रयोगबारे चर्चा हुने गरेको छ। यसै साता बुधवार राति काठमाण्डूको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास लीक हुँदा गम्भीर घाइते भएकी कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएपछि फेरि एक पटक ग्यासको सुरक्षित प्रयोगबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ।  त्यस घटनामा घाइते भएका सांसद भण्डारीको नेपालमा सम्भव नभएपछि मुम्बईमा लगेर अहिले उपचार जारी छ। यस्ता घटनापछि नेपालमा बिक्री… पुरा पढौ

जापानले विदेशी दक्ष जनशक्तिलाई सहज रूपमा भिसा उपलब्ध गराउने, तोकिएका सर्त पालना गरेमा स्थायी बसोबास अनुमतिमा समेत सरलिकृत बनाइने

जापानी सरकारले विदेशी विशेष क्षमता भएका दक्ष जनशक्ति आकर्षित गर्ने उदेश्यले नयाँ भिसा प्रकियामा सरलीकृत गर्दै फास्ट ट्र्याकबाट भिसा प्रदान गर्ने भएको छ । उन्नत व्यापार र व्यवस्थापन गतिविधिहरूको लागि आवेदन गर्नेहरूका लागि पाँच वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा पाँच वर्षको भिसा दिइनेछ। मन्त्रीस्तरीय बैठकले युवा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन यस्तो निर्णय गरिएको हो ।जापानको अध्यागमन सेवा एजेन्सी द्वारा तोकिएको विश्व वरीयता सूचीमा शीर्ष १०० मा परेको विश्वविद्यालयबाट… पुरा पढौ

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने… पुरा पढौ

जापानमा कास्की घान्द्रुकका हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको निधन

जापानमा दुईजना नेपालीको असामयिक निधन भएको छ ।कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । जापानको साईतामाको एक पार्कमा नेपाली मृत फेला परेका गुरुङको फेब्रुअरी ४ तारिक मृत्यु भएको र सोमबारमात्र उनको मृत्युको बारेमा जानकारी प्राप्त भएको बताइएको छ । भनेबिगत लामो समयदेखि आईचि केन तोयोकावा बस्दै आएका पुनको अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको भएको हो ।गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव हाल… पुरा पढौ