राष्ट्रिय समाचार

बागलुङमा गाई मारेको आरोपमा चार जना पक्राउ

काठमाडौं । बागलुङमा गाई मारेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ… पुरा पढौ

डोटी जिल्लाका भुकम्प प्रभावित विद्यार्थीलाई एनआरएनए जापान क्षेत्रीय समिति तोचिगीले गर्यो शैक्षिक सामाग्री वितरण

गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति तोचिगीले डोटी जिल्लाका बिभिन्न विद्यालयका ५० जना विद्यार्थीहरूलाई शैक्षिक साम्रागी बितरण गरेको छ। "भुकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण" कार्यक्रममा एनआरएनए जापान तोचिगीका उप संयोजक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष घिमिरेले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकाका ७ वटा विद्यालयका ५० जना विद्यार्थीहरूलाई छात्रवृति स्वरूप शैक्षिक सामग्री प्रदान गरेका गरेका थिए ।  श्री पवित्र आवासीय विद्यालय,श्री चैकोट आधारभुत बिद्यालय,श्री दुर्गा माध्यामिक बिद्यालय,श्री पदम मुक्तिनारायण बिद्यालय,श्री काडामाण्डौ माध्यामिक बिद्यालय ,श्री तेडी प्राथमिक… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठानबाट बाहिरिएको विष्णु खत्रीको घोषणा

गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् । ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको अध्यक्षमा : विरबहादुर चोखाल 

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा विर वहादुर चोखाल चयन भएका छन ।  एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको आठौं जिल्ला अधिवेशनले विर बहादुर चोखालको अध्यक्षतामा २१ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गठन गरिएको हो ।  समितिको उपाध्यक्षमा हरिराम रेग्मी, सचिवमा प्रकाश रोका र कोषाध्यक्षमा प्रेम बहादुर छन्त्याल थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कुमार पुन, भिम बहादुर कायत, देवी रसाइली, जमुना बुढाथोकी, गोविन्द चालिसे, काशीराम विक, माया पाण्डे रेग्मी, तारामाया वि.क., नन्द बहादुर… पुरा पढौ

रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ । नेपालका लागि कप्तान रोहित पौडेल १०१ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे… पुरा पढौ

जापानमा दोहोरो नागरिकता प्राप्त गर्न प्रभावकारी रूपमा प्रतिबन्ध रहेको अदालतको फैसला

जापानको उच्च अदालतले दोहोरो नागरिकतामाथि जापानको प्रतिबन्धको पक्षमा फैसलालाई गरेको छ ।उच्च अदालतले मङ्गलबार आफ्ना नागरिकलाई विदेशी नागरिकता धारण गर्न देशले लगाएको प्रतिबन्धले संविधानको उल्लङ्घन गरेको दाबी गर्ने वादीहरूले गरेको अपील खारेज गर्दै उक्त फैसला गरेको हो। टोकियो उच्च अदालतको निर्णयले जनवरी २०२१ मा दोहोरो नागरिकताको विपक्षमा गरेको जिल्ला अदालतको निर्णयलाई समर्थन सदर गर्दै "देशहरू बीच र व्यक्ति र राज्य बीचको अधिकार र दायित्वहरूमा दोहोरो नागारिकताले द्वन्द्व निम्त्याउन सक्छ।" भन्ने फैसला गरेको छ । जापानमा जन्मेका तर अहिले युरोपमा बसोबास… पुरा पढौ

जीवन र भारी, भारी र लोर्के दाइ

सबैले माया गरेर बोलाए पनि, गाली गरेर बोलाए पनि एउटै नाम हो “लोर्के” । लोर्के दाइ गल्कोटको जिउँदो ईतिहास हो । कसका भारी बोकेनन् होला र लोर्के दाइले गल्कोटमा ।सायदै मान्छे पाईदैन होला लोर्के दाइले सेवा नगरेको ।उनको अर्को बिशेषता हो नरिसाउनु । उनी कहिल्यै कसैसंग रिसाउन जानेनन् ।मान्छेमा रिश ,ईर्श्या र हाँसो जन्म जात गुण हुन् तर यी लोर्के दाइमा सँधै खिस्स हास्ने हाँसो बाहेक अरू कसैले भेटेन होला । उनी अहिले पनि उस्तै स्वभावका छन् ।उमेरले ८० बसन्त… पुरा पढौ

जापानमा कम्पनीको पार्टीमा महिला सहकर्मीको पाइन्ट तानेको तानेर घुँड़ासम्म पुर्याइदिएको आरोपमा एक व्यक्ति पक्राउ

फुकुओका प्रिफेक्चरका एक पुरुषलाई कम्पनीको नयाँ वर्षको पार्टीमा महिला सहकर्मीको पाइन्ट तानेर घुँड़ासम्म पुर्याइदिएर यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ। फुकुओका प्रिफेक्चरल प्रहरीको चिकुगो पुलिस स्टेशनले फेब्रुअरी २० मा यामे शहरबाट एक ३६ वर्षीय अस्थायी एजेन्सी कर्मचारीलाई यौन दुर्व्यवहार र आक्रमणको आशंकामा गिरफ्तार गरिएको हो। आरोपित व्यक्तिले आरोप अस्वीकार गर्दै आफूले मातेको अवस्थामा के गरेको याद नभएको बताएको प्रहरीले जनाएको छ । फेब्रुअरी ४ को साँझ फुकुओका प्रिफेक्चरको चिकुगोमा रहेको इजाकाया पबमा पार्टी आयोजना गरिएको थियो।… पुरा पढौ

टर्कीमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प, तीन जनाको मृत्यु

टर्कीमा फेरि ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपतकालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गए राति ८ बजेर ४ मिनेट जाँदा भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्‍याएको छ । टर्कीए र सिरियामा गरी ६८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरू भग्नावशेषमा फसेका छन् । उनीहरूको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको… पुरा पढौ

हजारौं नक्कली एयरब्याग र अटो पार्ट्स विदेशमा निर्यात गराउने पाकिस्तानी इसरार मियाँ अलीसहित ४ जना पक्राउ

टोकियो प्रहरीले विगत केही वर्षहरूमा हजारौं नक्कली एयरब्याग र सम्बन्धित अटो पार्ट्स विदेशमा निर्यात गर्ने प्रमुख गिरोहको पर्दाफास गरेको गरेको छ।महानगरीय प्रहरी विभागले गत वर्षको अन्त्यतिर नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ वटा नक्कली एयरब्याग संयुक्त राज्य अमेरिकामा निर्यात गर्ने प्रयास गरी भन्सार कानून उल्लङ्घन गरेको अभियोगमा चार जनालाई फेब्रुअरी १६ मा पुनः पक्राउ गरेको घोषणा गरेको छ ।एयरब्यागहरूमा होन्डा र सुबारु जस्ता प्रमुख अटोमोबाइल निर्माताहरूबाट प्रतिलिपि गरिएको ट्रेडमार्क प्रयोग गरिएको थियो। ट्रेडमार्क अधिकार जस्ता बौद्धिक सम्पत्तिको उल्लङ्घन गर्ने उत्पादनको संदिग्ध निर्यातमा… पुरा पढौ