
फुकुओका – दक्षिणपश्चिम जापानको एक शताब्दी पुरानो रियोकान परम्परागत ओनसेन अर्थात सावनाले त्यहा प्रयोग हुने आफ्नो तातो नुहाउने पानीलाई वर्षमा दुई पटक मात्र परिवर्तन गरिरहेको कारण लेगोनेला ब्याक्टेरियाको स्तर मानक सीमा भन्दा ३७०० गुणा बढेको स्थानीय अधिकारीहरूले बताएका छन ।
चिकुशिनो, फुकुओका प्रिफेक्चरको दाइमारु बेसो स्टिम बाथ अर्थात अफुरोले विगतका सम्राट हिरोहितो(मरणोपरान्त सम्राट शोवा भनेर चिनिने) लगायतका प्रतिष्ठित व्यक्तित्वहरू आफ्नो आफ्नोमा नुहाउने आउने गरेको वेबसाइटमा उल्लेख गर्दै यसका साप्ताहिक रूपमा नियमित पानी परिवर्तन गर्ने गरेको झुठो जानकारी प्रदान गरेको समेत अधिकारीहरूले बताएका छन । यस खालका ओनसेन अर्थात सावना संचालन गर्नेले पानी हप्तामा कम्तिमा एक पटक फेर्नुपर्ने स्थानीय कानूनमा उल्लेख रहेको छ ।
ओनसेन अर्थात सावनाले सरसफाइको मापदण्डहरू पूरा गरेपछि गत डिसेम्बरको अन्त्यदेखि आफ्नो मुख्य साझा स्नान सञ्चालन पुनः सुरु गरेको उल्लेख गर्दै चिन्ताहरू उत्पन्न गरेकोमा आफ्नो वेबसाइटमा माफी समेत मागेको छ।
फुकुओका प्रिफेक्चुरल सरकारका अनुसार लिगोनेला ब्याक्टेरियाका कारण डायमारु बेसोलगायत धेरै ठाउँमा गएका व्यक्ति बिरामी परेको पाइएको थियो।
स्थानीय स्वास्थ्य कार्यालयले अगस्टमा डायमारु बेसोको निरीक्षण गरेको थियो । नुहाउने क्षेत्रमा लिगोनेला ब्याक्टेरियाको स्तर प्रिफेक्चुरल सरकारको कानूनले तोके भन्दा दोब्बर रहेको पत्ता लगाएका थिए ।
त्यस समयमा ओनसेन अर्थात सावनाले उचित रूपमा पानी प्रतिस्थापन गर्दै कीटाणुशोधनका लागि क्लोरीन प्रयोग गरिरहेको बताएको थियो।यसले अक्टोबरमा प्रिफेक्चरल सरकारलाई पनि ब्याक्टेरियाको स्तर आफ्नै परीक्षणमा आधारित मापदण्डभन्दा तल रहेको रिपोर्ट बुझाएको थियो ।
तर नोभेम्बरमा प्रिफेक्चुरल सरकारले गरेको निरीक्षणमा ब्याक्टेरियाको स्तर स्वीकार्य सीमाभन्दा ३,७०० गुणा बढी रहेको भेटिएको थियो।
ओनसेन अर्थात सावनाले जनवरीमा वर्षको दुई गैर-व्यवसायिक दिनमा मात्र आफ्नो पानी परिवर्तन गरिरहेको थियो र यसले राम्ररी क्लोरिन नथपेको स्वीकार गरेको थियो सो को बारेमा स्थानीय सरकारले मुद्दाको अनुसन्धान गरिरहेको छ।
डायमारु बेसोको मुख्य नुहाउने तातो पानी परिचालित गरेर सञ्चालन गरिन्छ।स्थानीय कानून अन्तर्गत नुहाउने पानी हप्तामा कम्तिमा एक पटक पुरा प्रतिस्थापन गर्न आवश्यक छ र तोकिएको क्लोरिन प्रति लिटर ०.४ मिलिग्राम वा बढी राखिएको हुनुपर्छ भन्ने उल्लेख गरिएको छ ।



