राष्ट्रिय समाचार

एनआरएनए निर्वाचनको निष्पक्षतामाथि प्रश्न : सीआईबीले दिएन ‘क्लिन चिट’

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्न उठाएको छ । गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको एक पक्षले आरोप लगाउँदै आएको बेला सीआईबीले समेत निष्पक्षतामाथि प्रश्न उठाएको हो ।  चुनावसम्बन्धी विवादमा संस्थापन समूहले धाँधली नभएको बरु पराजित समूहले अनावश्यक बखेडा मात्रै झिकेको जिकिर गर्दै आएको छ।  तर, सीआईबीले झन्डै एक महिना लगाएर गरेको अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ… पुरा पढौ

उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार, लगनशीलताले उनको जीवनमा ल्याएको परिवर्तन

म कृष्णराज तिमिल्सिना, नेपालको वाग्मती प्रदेशको रामेछापमा हुर्किए। मैले विद्यालय तहको प्रमाणपत्र (एसएलसी) परीक्षा दिनको निमित्त मेरो गाउँबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थली पुग्न १२ घण्टा हिँड्नु पर्दथ्यो । त्यसबेला माओवादी जनयुद्धकालभएकाले गाउँमा बस्न निकै खतरनाक थियो। आफ्नो ज्यान जोखिममा राखेर अध्ययन पूरा गर्न हामीले धेरै चुनौतीहरू पार गर्नुपर्यो। मेरो ब्याचका १०६ जना विद्यार्थीमध्ये हामी १० जना मात्र एसएलसी परीक्षामा उत्तीर्ण भयौं। म उच्च शिक्षाको लागि नेपालको राजधानी काठमाडौं गएँ र मलाई सार्वजनिक बसको छतमा चढेर त्यहाँ गएको सम्झना छ। मलाई सहरमा पढाउने… पुरा पढौ

विप्लवको पार्टीका नेता रुसी सेनामा भर्ना

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका एक व्यक्ति यतिबेला रुसी सेनामा भर्ना भएका छन् । माओवादी हुँदै पछिल्लो समय विप्लवको पार्टीमा आबद्ध डायमण्ड सी म्याग्देली भ्लादिमिर पुटिन राष्ट्रपति रहेको रुसी सेनामा भर्ना भएका हुन् ।रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी भएपनि कैयन नेपालीहरु भर्ती भइसकेको बताइएकै बेला उनी समेत सेनामा भर्ती भएको पाइएको हो । आफू रुसी सेनामा भर्ती भएको डायमण्डले नै सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।चार दिन अघि सामाजिक सञ्जालमा ‘लेनिनको देशबाट… पुरा पढौ

दोस्रो युद्धका ‘कम्फर्ट वोमन’ लाई जापानद्वारा क्षतिपूर्ति तिर्न दक्षिण कोरियाली अदालतको आदेश, आदेश पालना नगर्ने जापानी विदेशमन्त्रीको भनाइ

दक्षिण कोरियाली एक उच्च अदालतले दोस्रो विश्वयुद्ध ताका यौनका लागि दास बनाइएका युद्धकालीन 'कम्फर्ट वोमन' र उनीहरूका आफन्तहरू भनेर चिनिने व्यक्तिहरूको समूहले दायर गरेको मुद्दालाई तल्लो अदालतले खारेज गरेपछि जापानी सरकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ।सियोल उच्च अदालतले १६ प्रतिवादीहरूको दाबी खारेज गर्दै अघिल्लो निर्णयको समीक्षा गरेपछि बिहीबार यो निर्णय सुनाएको हो। मुद्दामा भाग लिने प्रत्येकले मानसिक र शारीरिक पीडाको क्षतिपूर्तिमा २०० मिलियन वोन अर्थात लगभग १ लाख ५० हजार डलर माग गरिएको थियो ।२०२१ मा तल्लो अदालतले सार्वभौम उन्मुक्ति… पुरा पढौ

भेरी नदी किनारमा खस्यो खलंगा हिँडेको जिप, २२ जना घाइते

काठमाडौं : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। गम्भीर घाइते दुई जना नेपालगन्ज रेफर गरिएको छ भने थप अन्य गम्भीर घाइतेलाई पनि रेफर गर्ने तयारी भइरहेको छ। चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले उकेरालाई जानकारी दिए। ‘बिहान खलंगा जाँदै गरेको जिप दुर्घटना भएर भेरी किनारमा खस्यो,’ उनले… पुरा पढौ

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने  रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट… पुरा पढौ

महिला टी-२० आई सिरिजमा जापानविरुद्ध नेपाल ६७ रनले विजयी

नेपालको घातक बलिङमा हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा पहिलो जित हासिल गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।  जापानका लागि मेग ओगावाले बनाएको १७ रन नै सर्वाधिक रह्यो। सेइका सुमीले बनाएको १३ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।  जापानलाई कम स्कोरमा रोक्न अस्मिना कर्माचार्य एक्लैले चार विकेट लिइन्। घातक बलिङ… पुरा पढौ

जापानी अर्थतन्त्र सङ्कुचन,बढ्दो महँगीले उपभोक्ता त्रसित

जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको  सहमति प्रक्षेपणभन्दा खराब हो ।  लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो ।  समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको… पुरा पढौ

जापानमा ६० प्रतिशत व्यक्तिले एन्टिबायोटिकले रुघाखोकीको उपचार गर्छ भन्नु गलतः सर्वेक्षण

जापानमा करिब ६० प्रतिशत मानिसले रुघाखोकीको उपचारमा एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने गलत धारणा राख्ने गरेको पाइएको छ । हालै गरिएको एक सर्वेक्षणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सम्प्रेषित समाचार अनुसार ५०० जनामा गरिएको एक अनलाइन सर्वेक्षणमा करिब ५६ प्रतिशतले एन्टिबायोटिकले रुघाखोकी निको पार्न सक्ने बताएका थिए । विद्यालय जानु पहिलेका बच्चाका करिब ६७ प्रतिशत अभिभावकले यो औषधिले भाइरससँग लड्न सक्ने विश्वास व्यक्त गरेका थिए । सामान्य रुघाखोकी र इन्फ्लुएन्जा दुवै भाइरल संक्रमण हुन्, जसको अर्थ एन्टिबायोटिक्स अप्रभावी उपचार हो ।अर्को… पुरा पढौ

शनिबार र आइतबार जेआर यामानोते लाइनका ओसाकी स्टेशनदेखि इकेबुकुरो स्टेशनसम्म नियमित रेल सेवा सञ्चालन नहुने

यस सप्ताहन्त अर्थात आगामी शनिबार र आइतबार जेआर यामानोते लाइनका केही खण्डहरू निर्माणका कारण निलम्बित हुँदा नियमित रेल सेवा सञ्चालन नहुने भएको छ।जेआर यामानोते लाइन अन्तर्गत शिबुया स्टेशनमा भइरहेको निर्माण कार्यका कारण नियमित रेल सेवा सञ्चालन नहुँदा लगभग ६ लाख ४० हजार मानिसहरूलाई असर गर्ने अपेक्षा गरिएको छ।जेआर पूर्वी सेवाका अनुसार १८ तारिख अर्थात शनिबार ओसाकी स्टेशनदेखि इकेबुकुरो स्टेशनको लागि सिन्जुकु स्टेशनको बाहिरी भागमा मात्र यामानोते लाइनको सेवा सञ्चालन हुनेछ भने १९ तारिख अर्थात आइतबार विपरित दिशामा दक्षिणतर्फ जाने भित्री… पुरा पढौ