राष्ट्रिय समाचार

बागलुङमा धान उत्पादन बढ्यो

गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन् । रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।  गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ । बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ । सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन् । कृषि ज्ञान… पुरा पढौ

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुनसकेको छैन । दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । यहाँबाट पालिकाको केन्द्र गलकोट हटिया आउन दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम आइपुग्न गाडीमा… पुरा पढौ

राष्ट्रपति पौडेलविरुद्ध अदालत जाने सभामुखको चेतावनी

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध अदालतमा जाने धम्की दिएका छन् । संघीय संसदको महासचिवको सिफारिस कार्यान्वयनबारे बुधबार राष्ट्रपतिसँगको फोन वार्तामा सभामुख घिमिरेले यस्तो चेतावनी दिएका हुन् ।  मंसिर २४ गते आइतबार संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत नहुँदै सोमबार सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पद्मप्रसाद पाण्डेयलाई नयाँ महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।  घिमिरे र तिमिल्सना आफैँ राष्ट्रपति भवन शीतल निवास पुगेर सो सिफारिस राष्ट्रपतिलाई बुझाएका थिए । राष्ट्रपति कार्यालयले भने… पुरा पढौ

खाँणलाई धरौटीमा छाड्न उच्चले टेकेको नौ आधार : जाहेरी र टेकनारायण पाण्डेले लेखेको चिटमा नाम छैन

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदलको आदेश बेरितको देखिएको भन्दै उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा यस अगाडि आदेश आउँदा दुई न्यायाधीशबिच राय बाझिएपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो। मंसिर १५ गते न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा पुगेको थियो। न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने आदेश गरेका थिए भने… पुरा पढौ

१५ बैंकले हारेको सरकारविरुद्धको मुद्दाका कारण २६ अर्ब राज्य कोषमा थपिँदै

एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका १५ वाणिज्य बैङ्कको रिट खारेज भएको छ। सरकारको निर्णयविरुद्ध बैङ्क र बिमा कम्पनीहरूले सामूहिक रूपमा दायर गरेको रिटबारे दुई दिनसम्म सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार रिट खारेज गर्ने फैसला गरेको हो। अब वाणिज्य बैङ्क र बिमाहरूबाट सरकारले २६ अर्ब रकम कमर बापत पाउनेछ। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले सरकारको पक्षमा फैसला सुनाएको… पुरा पढौ

थमन बिक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई सफाइ, सात जनालाई जन्मकैदको सजाय

धनुषा । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । बिहीबार न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने अदालतले जन्मकैदको सजाय सुनाएको छ । त्यसैगरी अदालतले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान… पुरा पढौ

पर्यटकको रोजाइमा गाजा दह, सडक बिग्रिँदा भने पुग्नै मुस्किल

बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौं पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर, यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।   बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । यस सडकलाई… पुरा पढौ

नेपाल मगर संघ जापानले माघे सक्रान्तिमा २६ औ लांङ्घाली साँझ-२०२४ गर्ने

टोकियोमा नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ गर्न लागेको सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए। मगरहरुको एतिहासिकता र मौलिक परम्परालाई निरन्तरता दिनका लागि जापानको प्रवासमा रहेका मगरहरूले संघ जापानले आउदो जनवरि १३ तारिख शनिबारका दिन टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) को हलमा… पुरा पढौ

नवराज विक घटनामा २३ जनालाई जन्मकैद, प्रेमीका र आमा छुवाछुतमा दोषी

रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको उक्त घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।  आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।  त्यस्तै नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ । नवराजकी प्रेमीका उनकी आमा र… पुरा पढौ

बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् ।  युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर… पुरा पढौ